Finding ways of solution for teaching learning issues.

काेराेनाकाे कहरले निम्त्याएकाे कम्पन र सामाजिक एकताकाे खाँचाे


१८ चैत्र २०७६
नेपालमा काेराेनाकाे संक्रमण बढ्दै गएकाे र यसले जीवनस्तर दिनदिनै कष्टकर हुँदै गएकाे परिवेशमा यसलाई परास्त गर्ने राज्यकाे नीतिलाई सार्थक बनाइ देशलाई संकटबाट बचाउनका लागि नागरिकले खेल्नु पर्ने भूमिकाका  बारेमा यस आलेखमा चर्चा गर्ने जमर्काे गरेकाे छु ।
सामाजिक सञ्जालका भित्ताहरुमा अहिले विभिन्न किसिमका अन्याैलता सृजना गर्ने किसिमका हाैवाहरु फिँजिन थालेका छन् । नागरिकहरु विभिन्न पक्ष र विपक्षमा विभक्त भइ एकले गुणगान र अर्काेले चर्काे आलाेचना गरेका दृष्यहरु विपदकाे समयमा देखिनु एक दुर्भाग्यपूर्ण कुरा हाे । जाेखिम न्यूनीकरणका लागि एकता अपरिहार्य छ । यसका लागि सकारात्मक साेच हुनु पर्दछ । कुनै एक पक्षकाे अन्धभक्त भई झाेले प्रवृत्ति देखाउने समय याे हाेइन, न त याे  नकारात्मक धारणा राखि चर्काे आलाेचना गरी हरकुरामा उछिल्याईं गर्ने समय हाे । याे त व्यक्तिगत, समुहगत र दलगत स्वार्थ र फाइदा भन्दा माथि उठेर सच्चा हृदयले मानवता प्रकट गर्ने समय हाे ताकि लागेका र लाग्न सक्ने घाउहरुमा मलम पट्टी लगाउन सकियाेस् ।
 अहिले हामी लकडाउनमा छाैं । घरमै रहेर आफू र आफ्नाे समुदायमा काेराेनाकाे संक्रमण बढ्न नदिनु नागरिककाे पहिलाे कर्तव्य हाे । तर यतिले मात्र पक्कै पनि जाेखिमलाई परास्त पार्न नसकिएला । देशमा आइपरेकाे संकटकाे समाधानमा सरकारकाे प्रमुख जिम्मेवारी भए पनि उक्त जिम्मेवारी पूरा गराउने वातावरणकाे निर्माण नागरिककाे साथ र सहयाेग विना संभव छैन । एकातर्फ हरेक नागरिकबाट प्राप्त हुन सक्ने सम्भावित सहयाेगका लागि अपिल गर्न राज्य संयन्त्र हिच्किचाउनु हुन्न भने अर्काे तर्फ नागरिकले हर सम्भव आफूले सकेकाे याेगदान गर्ने इच्छाशक्ति देखाउनु पर्दछ । लकडाउन भएकाे आज नवाैं दिनमा आईपुग्दा काेराेनाकाे त्रास सँगै अन्य विभिन्न किसिमका समस्याहरु हरसमाजमा समुदायमा देखा पर्न थालेका छन् । दैनिक गुजारा चलाउनका लागि धेरै नागरिकहरुलाई असहज हुन थालेकाे धेरै दिन भइसकेकाे छ । दैनिक ज्यालादारी र मजदुरी गरेर जीविकाेपार्जन गर्ने वर्ग अहिले दुई हात मुख जाेड्ने समस्याबाट ग्रस्त छ । समाजमा धेरै नागरिकहरु सम्भावित खतरा काे त्रासका कारण मनाेवैज्ञानिक रुपमा ग्रसित छन् । सामान्य किसिमकाे  फ्लूबाट ग्रसित हुँदा समेत नागरिक हतासिएका छन् । धेरै ठाउँमा स्वस्थ्यकर्मीहरुले विरामीहरुलाई व्लड प्रेसर नाप्ने या ज्वराे नाप्ने जस्ताे सामान्य चेकजाँचमा पनि असहयाेग गरेका घटनाहरु बढ्दै गएका छन् । दैनिक जीवन धान्नका लागि आवश्यक खाद्यान्न काे अभाव हुँदै जाने अवस्था सृजना हुँदै छ । कतिपय पहुँचवाला मानिसहरुले संकट हुन्छ कि भनेर आफूलाई चाहिने भन्दा वढी भण्डारण गरेर राख्ने प्रवृत्ति हावी हुँदै छ । यदि यहि अवस्था गुज्रिरहने हाे भने समाजमा काेराेनाकाे भन्दा पनि भाेकमारीकाे महासंकट हुने प्रायः निश्चित छ ।
सामान्यतयाः समस्याकाे समाधानका लागि सबैकाे आँखा सरकार तर्फ नै हुने गर्दछ । तर महामारीकाे समयमा सरकारीस्तरबाट मात्र सबै किसिममा समस्याकाे समाधान गर्न सम्भव नहुन पनि सक्दछ । यस्ताे अवस्थामा नागरिकहरुले नागरिकस्तरबाटै संकटकाे न्यूनीकरण गरी जनजीवनलाई सहज बनाउन आफूले सकेकाे सहयाेग गर्नु पर्दछ । राज्यले गर्ने काम गर्ला । राज्यका विभिन्न निकायहरु केन्द्रबाट स्थानीय तह सम्म अहाेरात्र खट्लान् । समस्यामा परेकाहरुकाे उद्दार हाेला । त्याे आफ्नाे ठाउँमा छ । यसकाे अलावा हामीले याे विपदकाे घडीमा आफू सुरक्षित हुँदै के गर्न सक्छाैं भनेर साेच्ने बेला आएकाे छ ।
हाम्राे हरसमाजमा विपदका बेला सहयाेग गर्ने हेतु स्थापना भएका विभिन्न NGO's तथा INGO"s हरु कृयाशील छन् । यसकाे सञ्चालन तपाईं हामीले नै गर्ने हाे । सरकारी निकायहरुसँग समन्वय गरि याे विपदकाे घडीमा यी संघ संस्थाहरुकाे माध्यमबाट तत्काल सहयाेगकाे कार्यलाई अगाडी बढाउनुकाे विकल्प छैन ।  नेपाल रेडक्रस साेसाइटी, स्थानीय यूथ क्लव,आमा समूह, टाेल विकास सँस्था, आदि जस्ता सँस्थाहरुलाई हामीले तत्काल चलायमान बनाएर केहि हद सम्म भए पनि राज्यमा आएकाे संकटकाे सामना गर्न सक्छाैं । 
राज्यले विपद व्यवस्थापनका लागि केन्द्रिय स्तरमा काेषकाे व्यवस्था गरेकाे छ । तर केन्द्रकाे मुख ताकेर बस्नु भन्दा पनि हरेक स्थानीय तहमा विपद काेष काे स्थापना गरी स्थानीय सँघ संस्था पेसागत सँघ संगठन तथा नागरिक अगुवा र सरकारी शिक्षक तथा कर्मचारीकाे सहयाेग लिइ स्थानीय स्तरका समस्या समाधान गर्न हरेक स्थानीय सरकारले तदारुकता देखाउनु जरुरी छ । 
हाम्राे उपचार पद्दती र सुविधाहरु सिमित छन् । याे हामी सबैलाई थाहा छ । सरकारले यसकाे सवलीकरणका लागि तत्काल पहल गरी हर ठाउँमा सुविधा पुर्याउने कार्य गर्नु पर्दछ । सरकारकाे कार्यमा सघाउनु नागरिक कर्तव्य हाे । यसमा सकारात्मक आलाेचना हुनु भनेकाे अवस्थाकाे सुदृढिकरणमा टेवा पुग्नु नै हाे । यस्ताे किसिमकाे आलाेचनालाई नकारात्मक रुपमा काेहि कसैले लिनु हुँदैन । तर याे कटु आलाेचनाकाे भने समय हाेइन । काम गर्नेले पनि संवेदनशील भएर देश र जनताका लागि पारदर्शी ढंगबाट कार्य गराैं र असन्तुष्टि हुने हरुले पनि रचनात्मक आलाेचना गराैं ।  हामी सबैले अभिव्यक्ति प्रकट गर्दा यसकाे संवेदनशीलतालाई शीराेधार्य गराैं ।
अहिलेकाे याे समयमा समाजका बुज्रुक वर्गबाट नै एकले अर्काकाे खिसिटिउरी गरेकाे देख्दा, एकले अर्काकाे अस्तित्व नै स्वीकार गर्न नसकेकाे स्ट्याटसहरु पाेष्ट गरेकाे देख्दा, उनीहरुले आम नागरिकलाई समानताकाे दृष्टिकाेणले नहेरी याे मेराे समूहकाे र त्याे उसकाे समूहकाे भनेर कटु आलाेचना गरेकाे देख्दा दुखः लागेकाे छ । याे संकटकाे घडीमा याे वा त्याे नाममा विभक्त नभइ हामी एकजुट भएर काेराेना सँग लड्नुकाे विकल्प छैन ।
सुरक्षित बसाैं अरुकाे सुरक्षामा सहयाेग हरसम्भव प्रयास गराैं ।
गाेविन्द भट्टराई
शिक्षक हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु २ तनहुँ

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget