१७ चैत्र २०७६ बालबालिकाहरुले कुनै समस्याकाे समाधनका लागि आफू असमर्थ हुँदा उत्पन्न भएकाे त्रास र डर लुकाउने एकमात्र विकल्प उनीहरुका बाबुआमा भए जस्तै नागरिककाे विकल्प राज्य नै हाे जसले विपदकाे समयमा उपयुक्त संयन्त्रकाे प्रयाेग गरेर अभिभावकत्व प्रदान गर्न हरसंभव प्रयत्नशील हुनु पर्दछ । विपद एक्कासी आउने भएकाे हुँदा यसमा खासै पूर्व तयारी त भएकाे हुँदैन । तथापी केहि दिन तयारीमा लागे पनि दिनहरु वित्दै जाँदा सरकारकाे पूर्ण तयारी भइसक्नु पर्दछ ताकि जाेखिमलाई न्यूनीकरण गर्न सकियाेस् ।
काेराेना भाइरसका कारण विश्व आक्रान्त भइ रहेका बेला हामी नेपालीहरु उच्च जाेखिममा छाैं । अहिले सम्ममा ५ जनामा संक्रमण देखिइ सकिएकाे छ भने दर्जनबढि मानिसहरु आइसाेलेसनमा उपचाररत छन् । उपचारका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरु सबैतिर अझै पनि पुगि सकेकाे अवस्था छैन । चीनबाट ल्याइएका सामग्री केहि दिनमा पक्कै पनि अस्पतालहरुमा पुर्याइएला । यसमा कुनै शंका रहेन । तर अहिले सम्म आयात गरिएका सामग्रीले पक्कै पनि पुग्दैन । काेराेना संक्रमणकाे परीक्षणका लागि विरामीकाे स्वाव परीक्षण गर्ने ल्यावहरु हामीसँग अत्यान्तै न्यून छन् । यसकाे विस्तार तत्काल गरिनु पर्ने कुरामा कुनै दुईमत छैन । आइतबारबाट वि.पि. काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि स्वाब परीक्षण शुरु भएकाे छ । याे सुखद पक्ष हाे । आशा गराैं अब छिटै नै सातै वटा प्रदेशमा कम्तिमा एक एक ओटा ल्यावकाे व्यवस्था हाेला र हुनु पर्छ ।
सरकारले काेराेनाकाे संक्रमणबाट बच्नका लागि यसलाई फैलिन नदिनका लागि गरेकाे लकडाउन एक उपयुक्त उपाय हाे र नागरिकहरुले यसकाे पालना गर्नु पर्दछ र गरेका पनि छन् । याे अवस्था आफूलाई रक्षात्मक अवस्थामा राख्ने एक उपाय हाे । तर यसले मात्र काेराेना काे प्रकाेप बाट बच्नका लागि पुग्दैन भन्ने कुरामा हामी सचेत हुनु पर्दछ र आवश्यक तयारी गर्नु पर्दछ ।
सेल्फ क्वारेन्टिन तथा हाेम क्वारेन्टिनलाई प्रभावकारी बनाउनु आवश्यक छ । सरकारले केन्द्रबाट मात्र सबै कार्यहरु गर्न कठिनाई हुने हुँदा प्रदेश सरकार तथा स्थानीय सरकारुले क्वारेन्टिनकाे व्यवस्था मिलाउनु पर्दछ । अहिले पनि धेरै स्थानीय सरकारहरुले यसमा खास ध्यान दिएकाे पाइएकाे छैन । कतिपय ठाउँमा त झनै काेराेनाकाे प्रकाेप हुन्छ भन्ने कुरामा नै आशंका गरेर कुनै पनि तयारी गरिएकाे छैन । यसकाे प्रतक्ष उदाहरण आज भारतका विभिन्न स्थानमा राेजगारी गरी काेराेना भाइरसकाे संक्रमण बढे पछि आफ्नै मुलुक फर्कन लागेका दार्चुला जिल्लाका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुकाे आजकाे भारतकाे धार्चुला जिल्लामा देखिएकाे कारुणिक अवस्थाले स्पष्ट पार्दछ । के ती नेपाली नागरिकहरुकाे सुरक्षा नेपाल सरकारले गर्नु पर्दैन ? उनीहरुलाई आफ्नाे देश फर्कन पाउने अधिकार छैन त ?
स्थानीय तहहरुले क्वारेन्टिन मिलाइ नसकेकाले उनीहरुलाई नेपाल भित्र्याउन सकिएन भनेर दिइने सरकारी स्तरकाे जवाफ साँच्ची नै जिम्मेवार अभिव्यक्ति हाे त ? देश ८ ओैं दिनमा लकडाउनमा गइरहेका बेला किन स्थानीय स्तरमा क्वारेन्टिन बनाउन सकिएन ? यसकाे तयारीका लागि कति समय लाग्ने हाे ? के काे अभाभ भएकाे हाे ? कि जनशक्तिकाे अभाव भएर हाे ? यदि जनशक्ति अभाव भएकाे भए सरकारी शिक्षक तथा कर्मचारीहरुकाे सहयाेग लिन सकिदैन र ? यस तर्फ राज्यकाे ध्यान जानु आवश्यक छ ।
डक्टरहरुकाे आन्दाेलनकाे कुरा सुनिन थालेकाे छ । विरामी भएर अस्पताल पुगेका विरामीहरुले उपचार नपाएका समाचारहरु आउन थालेका छन् । आखिर याे विपदका समयमा के भएर यस्ताे भएकाे हाे ? किन डक्टरहरु आन्दाेलनमा जान बाध्य भएका छन् ? याे विषयकाे समाधान तत्काल नभएमा समस्या अझ गम्भिर हुने खतरा बढेकाे छ ।
विरामी भएकाे बेला मानिसलाई आफन्तकाे सामिप्यता आवश्यक हुन्छ । काेराेना संक्रमणबाट बच्नका लागि Social Distancing कायम गर्नु परेकाे हुँदा सामान्य किसिमकाे समस्या हुँदा पनि नागरिकमा आइसाेलेटेड हुनु परेकाे परिस्थिति छ । तसर्थ काेराेना परीक्षणलाई द्रुततर बनाइनु पर्दछ ।
केहि दिन अगाडी काठमाण्डाै उपत्यका बाहिर क्वारेन्टिनमा बसेर उपचार गराइ रहेका एक जनाकाे ज्यान गएकाे खवर आयाे । अनि थाहा भयाे कि काेराेना परीक्षणका लागि पठाइएकाे तर रिपाेर्ट आइ नसकेकाे । रिपाेर्ट आए पछि मात्र थाहा भयाे कि नीजलाई काेराेना नेगेटिभ थियाे भनेर । त्यस्तै आज काठमाण्डाैकाे वीर हस्पिटलमा काेराेनाका आशंकामा उपचाररत दुई जनाकाे मृत्युकाे खवर बाहिरिएकाे छ । तर के कारणले हाे अझ खुलेकाे छैन । काेराेनाकाे आशंकामा वीर हस्पिटलमा उपचार गराउँदै गरेकाकाे नजिकैकाे टेकू बाट त रिपाेर्ट नआउँदै मृत्यु हुँदाे रहेछ भने उपत्यका बाहिर दूर दराजमा बसेका काे के हाेला ? यसले आशंका जन्माएकाे छ । त्पस्तै पाटनमा पनि एकको ज्यान गएको छ। रिपोर्ट आउनु भन्दा पहिले नै व्यक्तिकाे मृत्यु हुनु अत्यान्तै दुखःद घटना हाे । यस्ता किसिमका घटना भविश्यमा नघटुन् ,म कामना गर्छु।
डक्टरले प्रयाेग गर्ने PPE (Personal Protective Equipment) काे अभाव एकातर्फ छँदै छ अर्काे तर्फ यसकाे गुणस्तरकाे बारेमा पनि प्रश्न उठेकाे छ । यदि कमसल खालकाे भयाे भने यसले डक्टरहरुलाई नै संक्रमित बनाउने छ र अवस्था अहिलेकाे इटाली तथा स्पेन जस्ताे नहाेला भन्न सकिँदैन । तसर्थ यस्ता किसिमका संवेदनशील विषयमा गम्भिरतापूर्वक साेचिनु पर्दछ । सायद यहि समस्याका कारण डक्टरहरुले आन्दाेलन गरेका हाेलान् , विरामीलाई चेकअफ नगरेका हाेलान् । तसर्थ यसकाे बलियाे तथा भरपर्दाे तयारी गर्नु काे कुनै विकल्प छैन ।
नागरिक सुरक्षाका लागि अहाेरात्र खटिएका सुरक्षाकर्मीहरुकाे हालत पनि विग्रदै गएकाे देखिन्छ । टन्टलापुर घाममा विना भाेक तिर्खा खटिएका सुरक्षाकर्मीहरुलाई समेत प्रकाेपबाट बच्नका लागि Protective Equipment उपलब्ध गराइनु पर्दछ । ड्युटिकै समयमा उच्च ज्वराे आएर उपचारका लागि केहि सुरक्षाकर्मी अस्पलात भर्ना भएका खवरहरु आइ सकेका छन् । यदि सुरक्षार्थ खटिने सुरक्षाकर्मीमा नै संक्रमण बढ्याे भने भाेलीकाे अवस्था कस्ताे हाेला ।
त्यसैले याे विपदका समयमा देखिएका समस्या समाधानका लागि हामी तमाम नागरिकहरुकाे ऐक्यबद्धताकाे खाँचाे छ । साेच्नाेस् त तपाई आफूलाई आज आठाैं दिन आफूलाई घरभित्र राख्नु पर्दा तपाईंलाई कति असहज भएकाे छ ? कति छटपटाइ रहनु भएकाे छ ? अनि अहाेरात्र सडकमा खट्ने सुरक्षाकर्मीहरु लाई कस्ताे भएकाे हाेला ?तसर्थ हामीले सरकारकाे आदेशलाई पूर्णरुपमा पालना गर्नु पर्दछ । सुरक्षाकर्मीहरुलाई उनीहरुकाे कार्यमा सहजता कायम गराउन सहयाेग गर्नु पर्दछ । यसका लागि हामी घर भित्रै बस्नु पर्दछ ।
केहि छिटफुट लकडाउनकाे उल्लङ्घनका घटना बाहेक अवस्था धेरै नै सुध्रेकाे छ र नागरिकले सरकारी आदेशकाे पालना पक्कै गर्नु पर्छ र गर्नेछन् । तर नागरिकमा भएकाे अन्याेललाई चिर्ने ढंगबाट सरकारी निकायहरुले तत्काल कार्य गर्नु आवश्यक देखिन्छ । नागरिकहरु रक्षात्मकबनी घरमा बसेर सहयाेग गरिरहेका बेला सरकारले प्रतिरक्षा गर्दै काेराेनामाथि प्रत्याक्रमण गर्दै प्रारम्भ मै निमिट्यान्न नपारे अवस्था जटिल बन्न सक्दछ । यसका लागि हामी नागरिक दायित्व बहन गर्न जिम्मेवार बनाैं र सबै तहका सरकार कर्तव्यनिष्ठ बनुन् ।
गाेविन्द भट्टराई
शिक्षक
हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु २ तनहुँ
Post a Comment