Finding ways of solution for teaching learning issues.

२ नं वडा भानु न.पा. बाट आदिकवि भानुभक्तको सालिक अनावरण

 नारेश्वरटार, भानु तनहुँ

२९ आसाढ, २०७८

भानु नगरपालिका २ नं वडा कार्यालयले आदिकवि भानुभक्त आचार्यको २०८ ‍औं जन्मजयन्तीका अवसरमा भानु नगरपालिका २ नारेश्वरटार चौकमा नवनिर्मित अर्धकदको भानुभक्त आचार्यको सालिक अनावरण कार्यक्रम सुसम्पन्न गरेको छ ।



नगरको २ नं वडाको लगानीमा निर्मित सालिक अनावरण कार्यक्रमको सभापतित्व वडाका वडाध्यक्ष अर्जुन बहादुर के.सी. ले गर्नु भएको थियो भने अनावरण २ नं. वडाका सँस्थापक वडाध्यक्ष श्री सूर्य प्रसाद बढुले गर्नु भएको थियो ।

कार्यक्रममा आगन्तुक सबैमा सालिक निर्माण समितिका संयोजक स्थानीय समाजसेवी मेघ बहादुर थापाले स्वागत गर्दै राष्ट्रिय विभूति भानुभक्त आचार्यको योगदानको चर्चा गर्नु भएको थियो । वहाँले अब अर्धकदको मात्र होइन भानुभक्तको पूर्णकदको सालिक भानु नगरका सबै वडाहरुमा स्थापित हुनु पर्ने कुरामो जोड दिनु भएको थियो ।

कार्यक्रमका वक्ता भानु जन्मस्थल विकास समिति चुँदि रम्घा तनहुँका पूर्व डाइरेक्टर तथा भानु शहरी स्वास्थ्य संस्था र होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीनराज दाहाले भानुभक्त आचार्यका श्लोकहरुको स्मरण गर्दै हामीले भानुभक्तलाई कहिल्यै पनि भुल्न नहुने र नियमितरुपमा उहाँको सम्मानका लागि तयार हुनु पर्ने कुरामा जोड दिनुभएको थियो । वहाँले भानुभक्त आचार्यले एक साझा कविका रुपमा नेपाली साहित्यमा पुर्‍याउनु भएको अतुलनीय योगदानको प्रसंशा गर्नु भएको थियो ।

कार्यक्रममा वडा सदस्य गणेश ढकालले वडाले भानुको आदिकविको सम्मानका लागि कार्य गर्ने वचनवद्धता प्रकट गर्नु भएको थियो ।

कार्यक्रममा विपदका समयमा खासगरी गत बर्ष चितुवा आक्रमणबाट मानवीय क्षति भइरहँदा परम्परागत पासो निर्माण गरी चितुवा नियन्त्रण गर्नका लागि योगदान पुर्‍याउनुहुने भानु नगरपालिका वडा नं. २ निवाशी हरिभक्त ढकाल, कुमार बहादुर खड्का, लस बहादुर कुमाल र इश्वर बहादुर अधिकारीलाई वडाले वहाँहरुको योगदानको उच्च कदर गर्दै प्रशंसा पत्र प्रदान गरेको थियो ।

कोभिड महामारी नियन्त्रणका लागि भानु २ स्थित तनहुँ शारदा कलेजमा वडाले स्थापना गरेको क्यारेन्टिनमा बस्ने मानिसहरुलाई खाना नास्ता लगायत अन्य सुरक्षा सम्बन्धी कार्यमा विशेष सहयोग गरे वापद भानु २ निवाशी विष्णुमायाँ आले मगरलाई वहाँको कार्यको उच्च मूल्याङ्कन गर्दै प्रशंसा पत्र प्रदान गरिएको थियो ।

स्थानीय समाजसेवी तथा नागरिकहरुको बाक्लो उपस्थितिमा सञ्चालन भएको कार्यक्रमको सञ्चालन होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयका शिक्षक गोविन्द भट्टराईले गरेका थिए ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget