कोरोना कुरीकुरी
गोविन्द भट्टराई
२० चैत्र २०७६
कोरोना भाइरस कोभिड १९ का कारण सृजित
विषम परिस्थितिमा सबैको ध्याउन्न यसलाई परास्त गर्ने उपायको खोजीमा भइ रहेका बेला
संक्रमणको उच्च जोखिममा रहेको र प्रारम्भमा नै रोकथाम गर्न नसके नियन्त्रण भन्दा
बाहिर जान सक्ने प्रायः निश्चित भएको हाम्रो देश नेपालमा भने राज्य संयत्रको नियमन
र नियन्त्रण गर्ने पक्षबाट नै चरम लापरबाहि भएका घटनाहरु एक पछि अर्को बाहिरिनु र यसले
नागरिकको स्वास्थ्यमा जोखिम बढि अवस्था थप जटिल बन्दै जानु दुर्भाग्यपूर्ण छ ।
चीनको बुहान शहरबाट गत डिसेम्बर
महिनाबाट शुरु भएको कोरोना भाइरस कोभिड १९ विश्वभर फैलिँदै जाँदा नेपालमा भने यसको
खासै सतर्कता अपनाइएको थिएन । सरकारी
तहबाट पनि खासै तयारी नभएको र अधिकांश नागरिकहरुले यसले नेपालमा खासै असर नगर्ला
भन्ठानेर सामान्यरुपमा लिइएको थियो । तर जब संक्रमण चीन बाहिर क्रमशः युरोप हुँदै
विश्वभर फैलिँदै गर्दा र नेपाल पनि यसको उच्च जोखिममा पर्यो । खुल्ला सिमा भएको
भारतमा संक्रमण फैलिँरहँदा यसको प्रतक्ष प्रभाव हामीमा परे सँगै सरकारले लकडाउन
घोषणा गरी कोरोना संक्रमण फैलिन नदिनका लागि तयारी शुरु गर्दा सम्म अवस्था खासै
चिन्ताजनक थिएन । सरकारले तयारी स्वरुप उपचारका लागि आवश्यक पर्ने किट, मास्क, पञ्जा, ग्लोब, परीक्षण मेसिन, पि.पि.इ. लगायतका अत्यावस्यकिय सामानको खरिदका लागि विना
टेण्डर ओम्नी विजनेश कर्पोरेट इन्टरनेशनललाई अनुमति दिने कार्यले अवस्था केहि
विवादित भइरहँदा र नीजले बजार भाउ भन्दा महङ्गो मूल्यमा खरिद गरेर सामान
भत्र्याउँदा पक्कै पनि प्रश्न त उठ्ने नै हो । तैपनि सामाग्रि प्राप्ति पश्चात
उपचार सहज भन्ने आशा राखेर आलोचना भन्दा पनि संकटको बेला सबैको साथ र सहयोग
चाहिन्छ भनेर सरकारको साथ दिइरहेका आम नेपाली नागरिकमा गुणस्तरहिन र अपुरो
सामाग्री आएको खवर र सरकारले ठेक्का दिएको कम्पनी सँग ठेक्का भङ्ग गरेको समाचार
ब्रेकिङ्ग न्यूज बन्दा थप सन्त्रास थपिएको मात्र हैन यसले सरकारको लापरबाहि
संवेदनहिनता र अकर्मण्यता लाई छताछुल्ल बनाएको छ । अस्पतालहरुले विरामीको उपचार गर्न
अस्विकार गरेर विरामीले ज्यान गुमाउनु परेका घटनाहरु घट्न थालेका छन् । यसले जनजीवनमा
नैराश्यता मात्र हैन थप मनोवैज्ञानिक सन्त्रास समेत छाएको छ ।
सरकारको विश्वसनियता माथि मात्र नभएर
संवेदनशीलता माथि पनि शंका उत्पन्न भएको छ । कारुणिक अवस्थामा उच्च मानविय संवेदना
सहित जनहितमा कार्य गर्ने गरिन्छ ताकि जनमानसमा विद्यमान भय कम होस् । तर यसको ठिक
उल्टो सम्पूर्ण जगत माहामरीको चपेटामा फसिरहँदा सरकार माफियाको चंगुलबाट बाहिर
निस्किन सकिरहेको छैन ।
माहामारी तथा उच्च जोखिमका समयमा देशमा
सर्वपक्षिय एकता हुनु जरुरी छ र अहिले त्यो देखिएको पनि छ । विपदकोषमा दिनहुँ रकम
जम्मा हुन थालेको छ । प्रमुख प्रतिपक्षि पाटीले समेत कोषमा ठूलो रकम जम्मा गरी साथ
र सहयोग गरिरहेको अवस्थामा, सामाजिक सँघसंस्थाहरु राहत वितरण तथा उद्दारका लागि
अहोरात्र खटिरहँदा र नागरिकहरु सरकारको आदेशको पूर्ण पालना गरी जोखिमलाई परास्त गर्ने
अभियानमा सहयोगमा लाग्दै गर्दा उच्च पदस्तहरुबाट नै हेलचेक्र्याई हुनु विडम्वना हो
।
यस विपदको घडिमा सबैले संवेदनशील भएर
आआफ्नो ठाउँबाट अहोरात्र काम गर्नै पर्दछ । यो नागरिक जिम्मेबारी हो । माहामारीको
विषयमा सचेतना फैलाउँदै यसबाट बच्नका लागि आवश्यक सावधानीका विषयमा कार्य गर्नु
सबैको जिम्मेवारी हो । यसमा अर्को एक जिम्मेवारी पनि थपिएको छ । त्यो हो खवरदारी ।
Post a Comment