Finding ways of solution for teaching learning issues.

पालिका स्तरीय परीक्षाकाे आवश्यकता


तनहुँ जिल्ला स्थित भानु नगरपालिकाले आफ्नाे नगर भित्रका विद्यालयहरुकाे आधारभूत तह उत्तीर्ण परीक्षा सञ्चालनका लागि परीक्षा समितिकाे गठन गरी विभिन्न विद्यालयमा २६ ओटा परीक्षा केन्द्र र केन्द्राध्क्षकाे व्यवस्था गरी परीक्षा सञ्चालन गर्ने निर्णय गरे बमाेजिम परीक्षा समितिले परीक्षा तालिका समेत प्रकाशित गरिसक्दा अन्य कक्षाकाे वार्षिक परीक्षाका लागि भने पालिकाले चासाे देखाएकाे छैन । कक्षा ८ काे परीक्षा सञ्चालनकाे कार्यक्रमले परीक्षाकाे स्तरीयतालाई बढवा दिने र एउटा प्रणालीकाे स्थापना गर्ने भए पनि अन्य कक्षालाई वेवास्ता गरिनुले पालिकाका राम्रा प्रयासहरु पनि ओझेलमा पर्ने सम्भावना रहन्छ । आखिर किन अन्य कक्षाहरुमा कक्षा ८ मा जस्तै परीक्षा सञ्चालन संभव भएन ? के कारणले गर्दा गरिएन ? प्रश्न अवश्य उब्जिएकाे छ ।
श्री विश्वज्याेति प्राथमिक विद्यालयका प्रधानाध्यापक नारायण वसेल सरले आज कक्षा १ देखि ५ सम्मकाे लागि भनेर वार्षिक परीक्षाकाे तालिका सामाजिक सञ्जाल मार्फत प्रकाशन गर्नु भएकाे छ । याे एकदमै राम्राे कार्य हाे । प्रश्नपत्र सम्वन्धी व्यवस्था के कसाे हाे उल्लेख भएकाे छैन । यदि प्रश्नपत्र पनि नगर स्तरीय नै हाे भने याे सुखद खवर हनेछ । 
नगर स्तरीय परीक्षा सञ्चालन ले विद्यालयकाे शैक्षिक वातावरणलाई स्वस्थ बनाउन मद्दत गर्दछ । यसले शैक्षणिक अनुशासन कायम गरी  सिकाइ वातावरण सबल बन्दछ । तसर्थ कुनै एक दुई कक्षाकाे मात्र नभइ सबै कक्षाकाे लागि परीक्षालाई पालिका स्तरीय बनाउनु आवश्यक छ । कुनै एक परीक्षा मात्र नभइ विद्यालयहरुले एक शैक्षिक वर्षमा सञ्चलन गर्ने सम्पूर्ण परीक्षाहरु नगरले सञ्चालन गर्ने हिम्मत राख्नु पर्दछ ।
परीक्षा सञ्चालन विद्यालयहरुकाे सहयाेग बाट नै हुने हाे । यसमा विद्यालयहरुले सकारात्मक भुमिका निर्वाह गर्नु पर्दछ । नगर स्तरीय परीक्षा सञ्चालनमा ल्याउँदा विद्यालयका प्रधानाध्यापकहरुलाई नै विद्यालयमा नियमित शैक्षिक कार्यक्रम सञ्चालनमा सहयाेग पुग्ने हाे । यसले शिक्षण पेसाकर्मीलाई नियमित गराई शिक्षणमा थप निखार ल्याई आफ्नाे पेसागत विकास गर्नका लागि अवसर पनि प्रदान गर्दछ । तसर्थ याे विषयमा सबै विद्यालयका प्रधानाध्यापक ज्यूहरु सचेत हुनु जरुरी देखिन्छ । 
आदिकारीक रुपमा विद्यालयीय कृयाकलापकाे जिम्मा प्रधानाध्यापक ज्यूहरुकाे हाे । वहाँहरुलाई जसरी विद्यालयका शिक्षकहरुकाे साथ र सहयाेग विद्यालयीय कार्यमा हुन्छ ठीक त्यसरी नै शिक्षकहरुलाई नगरपालिका स्तरीय कार्यक्रमकाे तर्जुमा तथा कार्यान्वयनमा सहयाेगी गराउन सकिन्छ यदि प्रधानाध्यापक ज्यूहरुबाट मात्र संभव नहुने भए । तसर्थ याे विषयमा नगरकाे शिक्षा विभाग संवेदनशील हुन आवश्यक छ । 
गत शैक्षिक वर्षकाे सम्पूर्ण कक्षाकाे वार्षिक परीक्षा नगरकाे शिक्षा विभाग मातहत गठन भएकाे नगर स्तरीय परीक्षा समितिबाट प्रश्नपत्र निर्माण गरी सञ्चालन भएकाे थियाे । र याे वर्ष सबै परीक्षाहरु नगर स्तरीय नै हुने धेरैकाे अपेक्षा थियाे । तर याे हुन सकेन । याे विषयमा आत्मआलाेचना गरी आगामी वर्षहरुबाट सबै परीक्षाहरु नगर मातहत राखी विद्यालयहरुकाे शैक्षणिक कार्यलाई नियमित र मर्यादित बनाउनका लागि सम्वन्धित पक्षकाे ध्यान जाओस् ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget