Finding ways of solution for teaching learning issues.

स्ववियु निर्वाचन तालिका सार्वजनिक


त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव गरेको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठनहरुसँगको वैठकमा सो प्रस्ताव राखेको हो ।
त्रिभुवन विश्वविद्यालयको विश्वको बैठकमा सहभागी अनेरास्ववियू , समाजवादी विद्यार्थी युनियन, अखिल (छैठौं), नेक्राबिसंघ लगायतका संगठनले प्रस्तावित स्वबियु निर्वाचन तालिकाको स्वागत गरेको बैठकमा सहभागी अनेरास्ववियूका नेता विजय गौतमले बताए ।
बैठकमा नेविसंघले एक दुई दिनमा आफ्नो प्रतिनिधि पठाउने खबर आएको विद्यार्थी कल्याण तथा खेलकुद महाशाखाका प्रमुख गंगा बहादुर थापाले जानकारी दिएका थिए। अदालतको आदेशको आधारमा पनि निर्वाचनको विकल्प नरहेकोले एक दुई दिनमा बाँकी संगठनसँग समेत छलफल गरी निर्वाचन तालिका सार्वजनिक गरिने निमित्त रेक्टर शिवलाल भुसालले बताए।
त्रिविका निमित्त रेक्टर भुसालको अध्यक्षतामा बसेको बैठकमा नेविसंघ र विप्लव निकट क्रान्तिकारी बाहेक सबै संगठनको सहभागिता रहेको थियोे।
बैठकमा अनेरास्ववियूका संयोजक ऐन महर, सहसंयोजक रञ्जित तामाङ , अखिल छैठौंका अध्यक्ष विमल पोखरेल लगायतको सहभागिता रहेको थियोे ।


Source: merostudy.com

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget