Finding ways of solution for teaching learning issues.

शिक्षक लाइसेन्सको नतिजा लगतै स्थायी शिक्षकको विज्ञापन

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाईसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरे लगतै स्थायी शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ ।
खोज्नुहोस् 

Home
समाचार
शिक्षक लाइसेन्सको नतिजा लगतै स्थायी शिक्षकको विज्ञापन
प्रकाशित मिति : बिहि, माघ ९, २०७६

9.4K
SHARES


काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाईसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरे लगतै स्थायी शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ ।


गत असोजमा लिएको शिक्षक अध्यापन अनुमतिपत्र (लाईसेन्स) को नतिजा सार्वजनिक गरेको केहि महिनाभित्रै आयोगले शिक्षकको खुला तर्फको विज्ञापन गर्ने तयारी गरेको आयोगका उप–सचिव एवम् सूचना अधिकारी दामोदर आचार्यले जनाकारी दिए । उनका अनुसार फागुनभित्र शिक्षक लाईसेन्सको माध्यामिक, निम्नमाध्यामि र प्राथमिक गरि तीनै तहको नतिजा सार्वजनिक भईसकेपछि आयोगले तत्काल खुला प्रतियोगितात्मक परिक्षा तर्फको विज्ञापन गर्ने तयारी गरेको छ ।

उनले अहिले आयोग शिक्षकको संशोधित नयाँ पाठ्यक्रम निमार्णको तयारीमा जुटेकाले कम्तिमा आगामी बैशाखभित्रमा विज्ञापन गरिने बताए । ‘मिति नै तोक्न अलि गाह्रो नै हुन्छ जे होस् आगामी बैशाखभित्र विज्ञापन गर्ने तयारीमा आयोग लागि रहेको छ’, उनले भने, ‘अहिले संशोधित नयाँ पाठ्यक्रम अनुसार आयोग पाठ्यक्रम निमार्णको प्रक्रिया लागेको छ ।’ जतिसक्दो छिटो लाइसेन्सको नतिजा सार्वजनिक गर्ने तयारी आयोग रहेको बताउँदै उनले लाइसेन्सको नतिजा सार्वजनिक हुने बित्तिकै विज्ञापन गरिने बताए।
सूचना अधिकारी आचार्यका अनुसार आयोगले पहिलो चरणमा माध्यामिक त्यसपछि क्रमस निम्न माध्यामिक र प्राथमिक तहको विज्ञापन गर्नसक्नेछ । आयोगले पनि आफ्नो सहजतालाई हेरेर सबै तहको विज्ञापन विभिन्न चरणमा गर्ने सम्भावना रहेको उनले बताए । ‘हामीले तहगतरुपमा पहिले माध्यामि त्यसपछि क्रमसः निम्नमाध्यामि र प्राथमिक तहको विज्ञापन गर्ने अवस्था पनि हुनसक्ला तर, अब यो लाइसेन्सको नतिजा आईसकेपछि नयाँ उम्मेदवार पनि थपिन्छन्’, सूचना अधिकारी आचार्यले एस काठमाडुसँग भने, ‘अहिले आयोगको पनि त्यहि सबैलाई समेटने योजना नै रहेको छ, लाईसेन्सको नतिजा लगतै जतिसक्दो छिटो विज्ञापन गर्छौ।’
सूचना अधिकारी आचार्यका अनुसार शिक्षक लाईसेन्सको माध्यामिक, निम्नमाध्यामिक र प्राथमिक तीनै तहको नतिजा आगामी फागुनभित्र गर्ने आयोगको तयारी रहेको छ । त्यस लगतै जतिसक्दो छिटो आयोगले तीनै तहको शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ ।



Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget