Finding ways of solution for teaching learning issues.

नेपाल शिक्षक सँघ अधिवेशन (२०७९) दौरान हाम्रो अपेक्षा

आदरणीय अग्रज तथा साथीहरु

नेपाल शिक्षक सँघ, तनहुँ ।

सर्वप्रथम, म शिक्षक सँघको एक कर्मठ सदस्य, को तर्फबाट स्वीकर्नोस् जय नेपालको न्यानो अभिवादन ।

गर्व गर्छु म नेपाल शिक्षक सँघको सदस्य हुनुमा, यहाँले जस्तै । किनकि मलाई पूर्ण विश्वास र भरोसा छ मेरो पेसागत सँस्था प्रति जसले मेरा र यहाँका अर्थात् हामीहरुका मात्र नभई सम्पूर्ण शिक्षकको पेशागत हक, हित, वृत्तिविकास र समुन्नतीका लागि पथप्रदर्शन गर्दै आएको छ ।

हाम्रो संगठनले तपाईं हामी सबैका सबै मुद्दाहरु समाधान गर्न सकेको छैन होला । सोचे जति उपलब्धि प्राप्त भएन होला । तर मुद्दा केन्द्रित गतिविधि भए या भएनन् भन्ने कुरा मुख्य कुरा हो । उपलब्धि नियमित संघर्षको प्रतिफल हो । यसका लागि सँघले निरन्तर शिक्षकका हक र अधिकार प्रति आवाज बुलन्द गर्नु पर्दछ । स्थानीय, क्षेत्रिय तथा राष्ट्रिय सबै तह र तप्काबाट सामुहिक रुपमा गरिने निरन्तर खवरदारी ले नै हाम्रा अभिष्ट पूरा हुन सक्दछन् ।

लोकतान्त्रिक शाशन व्यवस्था, मानवअधिकार र समानताको मूल मर्ममा आधारित विचार र त्यहि सुविचारित मार्गबाट सामाजिक रुपान्तरण र समृद्धिको सपना साकार पार्नका लागि मर्यादित पेसागत व्यवहारको सुनिश्चितताका लागि स्थापित हाम्रो पेसागत सँस्था नेपाल शिक्षक सँघ स्थापनाकाल देखि नै शिक्षकका हक, हित, सुरक्षण र पेसागत वृत्तिविकासका लागि संघर्षशील सँस्था हो । पेसागत रुपमा देखा परेका मुद्दाहरुको निदान गर्दै भविश्यमा समेत देखापर्न सक्ने बाधा व्यवधानको न्यूनीकरणका खातिर लड्दै आएको यो सँस्थाको मुल ध्येय पेसागत वृत्तिविकास नै हो जसले शिक्षा क्षेत्रमा आमूल परिवर्तन अझ भनौं समयसापेक्ष परिवर्तन गरी परिवर्तित परिवेशमा जनजीवनसँग सामिप्यता कायम गर्नु हो, जसले सामाजिक रुपान्तरणको सपना साकार बनाउन मद्दत पुर्‍याउँदछ ।


यी र यस्ता पवित्र भावना र चाहनालाई आत्मसात गरी कृयाशील रहेको सँघलाई चुस्त दुरुस्त राखि अपेक्षाकृत उपलब्धि परिपुर्तीका लागि सँघ मातहतका सम्पूर्ण निकायहरु अर्थात सँघको विधानले निर्धारण गरेका विभिन्न समितिहरुलाई नियमसंङ्गत चलायमान गराउनु आवश्यक छ ।

सँघको मूल्य, मान्यता र आदर्शलाई आत्मसात गरी समग्र शिक्षक जगतको हित, संरक्षण र सुरक्षणका लागि पहरेदार भूमिका निर्वाहको जिम्मेवारीलाई थप कृयाशील बनाउनका लागि सबै तह र तप्कामा सवल नेतृत्व अपरिहार्य छ । यस्तै सवल, सक्षम र उर्जाशील नेतृत्वको अपेक्षा हरेक अधिवेशनमा गर्ने गरिन्छ ।

विधानतः हरेक पाँच वर्षमा नेपाल शिक्षक सँघको सबै तह र तप्कामा रहेका समितिहरुको नयाँ नेतृत्वका लागि अधिवेशनको आयोजना गर्ने गरिन्छ जसको उद्येश्य सँघले निर्धारण गरेको कार्यदिशाको अनुशरण गरी लक्ष प्राप्तिका लागि एक अर्को समितिहरु विच समन्वय सद्भाव, सहयोग र सहकार्यको माध्यमबाट शिक्षण पेसालाई थप मर्यादित र आदरयोग्य बनाई हरेक शिक्षकलाई पेसाप्रति समर्पित गराउनु हो । मर्यादित पेसागत जिम्मेवारी बहनले मात्र शिक्षकको पेसागत हक र हितको संरक्षण गर्न सकिन्छ ।

हरेक अधिवेशनमा नयाँ नेतृत्व चयन गरिन्छ । तर अपेक्षाकृत कार्यसम्पादन हुन नसक्दा अपेक्षाकृत परिणाम प्राप्त हुने गरेको छैन । यसले शिक्षक सँघमा आवद्ध भएर पेसागत सुरक्षण र वृत्तिविकासको तीब्र अभिलाशा लिएर शिक्षणमा आवद्ध धेरै शिक्षक साथीहरुको आशा निराशामा परिणत हुने गरेको हकिगत हामी सामु छ । यसको प्रमुख कारण अधिवेशनमा नीतिगत कुराहरु भन्दा पद प्राप्तिको विषयले बढि प्राथमिकता पाउनु हो ।

विधानतः व्यवस्था भएका पदपुर्तिका क्रममा नीतिगत विचार तथा योजनाहरुको विषयमा गहन विचार विमर्षको अभावका कारण धेरैजसो नेतृत्वबाट अपेक्षाकृत उपलब्धि प्राप्त हुन सकेको छैन । तसर्थ शिक्षकका मुद्दा, त्यसको समाधान र वृत्तिविकासको अवसरका विषयमा गहन छलफल गरेर स्पष्ट कार्यदिशा निर्धारण नगरे सम्म सँघले नयाँ नेतृत्व त पाउला तर त्यस्तो नेतृत्वबाट धेरै अपेक्षा भने पक्कै गर्न सकिन्न ।

नेतृत्व सँघप्रति निष्ठावान हुनु पर्छ भनेर भनि रहनु नपर्ला । सँघको आदर्श का विरुद्धमा या आँच आउने गरी गतिविधि सञ्चालन गर्ने व्यक्ति नेतृत्वका लागि अयोग्य हुनु पर्दछ । तर यो र यस्ता किसिमका प्रवृत्ति हुँदा हुँदै पनि आफूलाई नेतृत्वदायी भूमिकामा प्रस्तुत गर्नु सामान्य बन्दै गएको छ । यो विषयमा हरेक सदस्यहरुले गम्भीर भएर सोच्न ढिला भइसकेको छ ।  

तोकिएको नियमित कार्यसम्पादन विना कुनै आग्रह पूर्वाग्रह सञ्चालन गर्न नहिच्किचाउने, पेसागत हक, हित सुरक्षण र वृत्तिविकासका लागि नवीनतम् योजना निर्माण र कार्यान्वयनका लागि तीब्र इच्छाशक्ति भएका, भिन्न पृष्ठभूमी र मुद्दाहरु भएका शिक्षकहरुलाई एकाकार गरी संगठनको विस्तार गर्ने र पूर्णरुपमा सँघको समुन्तती र विकासमा प्रतिबद्ध नेतृत्व आजको आवश्यकता हो । यसका लागि म, तपाईं र हामी आ-आफ्नो तह र तप्काबाट आ-आफ्नो गच्छे अनुसारको अस्तित्वलाई आत्मसात गरी निष्ठापूर्वक लाग्नु पर्दछ ।

आसन्न शिक्षक सँघको अधिवेशन २०७९ तनहुँ ले सवल, सक्षम र समन्वयकारी नेतृत्व प्राप्त गरोस् । शुभकामना ।

गोविन्द प्रसाद भट्टराई

कर्मठ सदस्य,

नेपाल शिक्षक सँघ, तनहुँ ।

 

 

   

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget