Finding ways of solution for teaching learning issues.

पब्लिक क्याम्पस सँघ गण्डकीको प्रदेश सभा सम्पन्न

 


दमौली, तनहुँ

२६ चैत्र, २०७७

add here

https://govin2725.blogspot.com/2021/04/blog-post_64.html

नेपाल पब्लिक क्याम्पस सँघ गण्डकी प्रदेशको प्रदेश सभा आज तनहुँको दमौली स्थित आदिकवि भानुभक्त क्याम्पसमा सम्पन्न भएको छ । प्रदेशका संयोजक आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाँप्रसाद हड्खलेको सभापतित्वमा सञ्चालित कार्यक्रमको सञ्चालन द्रब्य शाह बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख तथा नेपाल पब्लिक क्याम्पस सँघ गण्डकी प्रदेशका सचिव रामचन्द्र दवाडीले गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल पब्लिक क्याम्पस सँघका पूर्व केन्द्रिय अध्यक्ष तथा पोखरा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर प्रेम नारायण अर्यालले आफ्नो कार्यकालमा भएका उपलब्धीहरुको स्मरण गर्दै पब्लिक क्याम्पसका हक, हितका लागि राजनिति भन्दा माथि उठेर सबैले सहकार्य गर्नु पर्ने र आफूले पोखरा विश्वविद्यालय अन्तरगत पब्लिक क्याम्पसहरुलाई कसरी समेट्न सकिन्छ भनेर गृहकार्य गरिरहेको र स्थानीय निकायहरुसँगको साझेदारीमा विश्वविद्यालयहरुले पब्लिक क्याम्पसहरुलाई समेट्दै जानुपर्ने कुरामा जोड दिनु भएको थियो ।

विशिष्ट अतिथि नेपाल पब्लिक क्याम्पस सँघका केन्द्रिय अध्यक्ष जनभावना क्याम्पस ललितपुरका क्याम्पस प्रमुख शिवराज सञ्जेलले पब्लिक क्याम्पस सबैको साझा भएको र यसको समुन्नतीका लागि सबैसँग सहकार्य गरेर यसका समस्याहरुलाई बुलन्द पार्दै राज्यलाई पब्लिक क्याम्पसहरु प्रति थप जिम्मेवार बनाउँदै लैजाने कुरामा सभाको ध्यानाकर्षण गर्नु भएको थियो । वहाँले पब्लिक क्याम्पस सँघको अबको कार्यनीति स्पष्ट हुनु पर्ने कुरामा जोड दिँदै आगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने बारेमा सभाबाट ठोस रणनीति पारित हुनेमा आशावादी रहेको कुरा व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमका विशिष्ट अतिथि बालकुमारी कलेजका पूर्व क्याम्पस प्रमुख नेपाल पब्लिक क्याम्पस सँघका पूर्व केन्द्रिय अध्यक्ष तथा शिक्षाविद् चिरञ्जिविलाल श्रेष्ठले नेपाल पब्लिक क्याम्पस सँघको काभ्रेको बनेपामा भएको पहिलो सम्मेलनको स्मरण गर्दै पब्लिक क्याम्पस सँघमा योगदान पुर्‍याउनु हुने सम्पूर्णमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि यसको समुन्नती र विकासका लागि सबैको सहकार्य आवश्यक रहेको बारे सभाको ध्यानाकर्षण गराउनु भएको थियो ।

नेपाल पब्लिक क्याम्पस सँघका पूर्व केन्द्रिय अध्यक्ष, आदिकवि भानुभक्त क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा व्यास नगरपालिकाका मेयर वैकुण्ठनाथ न्यौपानेले नेपालका पब्लिक क्याम्पसहरुले निर्माण गरेको पुँजीको चर्चा गर्दै यसको उचित संरक्षण र सदुपयोगका सबैले ध्यान पुर्‍याउनु पर्ने कुरामा जोड दिनुभएको थियो । दूरदराजका ग्रामिण क्षेत्रमा उच्च शिक्षाको अवसर सृजना गरेका पब्लिक क्याम्पसहरु आत्मनिर्भर हुने दिशा तर्फ जानुको विकल्प नभएको र यसका लागि सबैको साथ र सहयोगको आवश्यकता रहेको वहाँको भनाई थियो ।

कार्यक्रमका अर्का वक्ता नेपाल पब्लिक क्याम्पस सँघका पूर्व अध्यक्ष तथा जनमैत्री क्याम्पसका क्याम्पस प्रमुख भोला ओझाले सँघको गत सम्मेलनको स्मरण गर्दै मतभिन्नताका विच मनमिलाएर अगाडी बढेमा मात्र सँघका मुद्दाहरुले सार्थकता पाउने कुरामा जोड दिनु भएको थियो । विश्वविद्यालय पब्लिक क्याम्पसहरु प्रति त्यति जिम्मेवार नभएको यथार्थ हृदयङ्गमगरी सबै पक्षविच सहकार्य गरेर पब्लिक क्याम्पसका साझा समस्याहरुलाई परास्त गर्नु पर्ने कुरामा वहाँले सभाको ध्यानाकर्षण गराउनु भएको थियो ।

नेपाल पब्लिक क्याम्पस सँघका पूर्व उपाध्यक्ष तथा वर्तमान सल्लाहकार काठमाण्डौ शिक्षा क्याम्पसका क्याम्पस प्रमुख सत्रुघ्न प्रसाद गुप्ताले पब्लिक क्याम्पसहरुको वृत्ति विकासमा जोड दिँदै पब्लिक विश्वविद्यालय स्थापनाका लागि सँघले तदारुकता देखाउनु पर्ने र यसका लागि आफूहरु सदैव सँघको साथमा रहने प्रतिवद्‍धता जाहेर गर्नु भएको थियो ।

केन्द्रिय महासचिव मुक्ति पाण्डेले निर्वाचनमा भएका तीता अनुभवहरुलाई विर्सेर एकताबद्ध हुनु पर्ने र जिम्मेवारीबाट भागेको विश्वविद्यालयलाई पब्लिक कलेजहरु प्रति जिम्मेवार बनाउन दवाब दिनु पर्ने कुरामा जोड दिनुभएको थियो ।

जनप्रिय बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख, नेपाल पब्लिक क्याम्पस सँघ गण्डकी प्रदेशका पूर्व संयोजक तथा वर्तमान केन्द्रिय सदस्य विरेञ्जी गौतमले कलेजहरुका लागि QAA आवश्यक रहेको कुरामा जोड दिँदै यसका लागि हातेमालो गरेर अगाडी बढ्नु पर्ने कुरामा सभाको ध्यानाकर्षण गर्नु भएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सहसंयोजक ऋषि वुढाथोकीले अतिथिहरुलाई स्वगत मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो । कार्यक्रममा व्यास नगरपालिकाका प्रथम मेयर ताराप्रसाद श्रेष्ठले संक्षिप्त मन्तव्य राख्दै दमौलीमा स्थापित गाउँ सेवा कोष मार्फत आदिकवि भानुभक्त क्याम्पसमा मास्टर्स डिग्री अध्ययनरत विद्यार्थीहरु शोभा वढु र अर्जुन पौडेललाई जनहि रु ५००० का दरले छात्रवृत्ति प्रदान गर्नु भएको थियो ।

यसैविच पब्लिक क्याम्पसहरुका समस्याहरुलाई मिडिया मार्फत बुलन्द गर्ने जिल्लाका पत्रकारहरुलाई सभाले सम्मान गरेको छ । सम्मानित हुनुहने हरुमा नेपाल पत्रकार महासँघ तनहुँका सभापति ओमकार आचार्य, पत्रकार अमरराज नहर्की, नारायण खड्का, प्रदिप काफ्ले, पवन निरौला हुनुहुन्छ । साथै लाइन्स क्लब अफ तनहुँ र व्यास नगरका प्रथम मेयर तारा प्रसाद श्रेष्ठलाई पनि वहाँहरुको योगदानको कदर गर्दै सम्मान गरिएको छ ।

प्रदेश सभाले कोभिडको समयमा भर्चुअल माध्यमबाट गठन गरिएको आदिकवि भानुभक्त क्याम्पसका क्याम्पस प्रमुख महाप्रसाद हड्खलेको संयोजकत्वमा गठित तदर्थ समितिलाई वैधानिकता प्रदान गर्दै १३ बुँदै प्रस्ताव पारित गरेर सम्पन्न भएको छ ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget