Finding ways of solution for teaching learning issues.

तनहुँ शारदा कलेजको आठौं साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न

 

भानु, तनहुँ, ९ चैत्र २०७७


भानु नगरपालिका वडा नं २ स्थित तनहुँ शारदा कलेजको आठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन भानु नगरपालिकाका उप प्रमुख श्री आशा थापाको प्रमुख आतिथ्यतामा आज सम्पन्न भएको छ । कलेज सञ्चालन समितिका अध्यक्ष श्री आनन्दराज त्रिपाठीको सभापतित्वमा सञ्चालित कार्यक्रममा कलेजका संस्थापक अध्यक्ष, संस्थापक सदस्यहरु, आजीवन सल्लाहकार सदस्यहरु, आजीवन सदस्यहरु, स्थानीय जनप्रतिनिधिहरु, कलेजका प्राध्यापक तथा विद्यार्थीहरुका साथै छिमेकी क्याम्पसका क्याम्पस प्रमुखहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम सञ्चालन क्याम्पसका प्राध्यापक द्वय गोविन्द भट्टराई र कृष्ण सुनारले गरेका थिए । कार्यक्रममा क्याम्पस सञ्चालन समितिका सदस्य श्री कृष्ण कुमार श्रेष्ठ र प्राध्यापकहरुका तर्फकाट प्राध्यापक श्री ज्ञानेन्द्र पंडितले सम्पूर्ण अतिथिलाई स्वागत मन्तव्य मार्फत स्वागत गर्नुभएको थिए । क्याम्पस भानु नगरपालिकाको केन्द्रमा अवस्थित भए पनि सञ्चालनमा कठिनाई रहेको र सबै आजीवन सदस्यहरुले यसलाई मननगरी क्याम्पसमा गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि हातेमालो गर्नु पर्ने अवस्था आएको जानकारी गराउँदै क्याम्पसका क्याम्पस प्रमुख तिलक अधिकारीले सबैको ध्यानाकर्षण गराउँदै आफ्नो वार्षिक प्रतिवेदन पेस गर्नुभएको थिए ।


वक्ताहरुले कार्यक्रममा क्याम्पसको विकासका लागि ठोस पहल गर्नु पर्ने कुरामा जोड दिएका थिए । उपाध्याय परिवार जसले क्याम्पसका लागि लाखौंको दान सहयोग गरेको थियो, को प्रतिनिधित्व गर्दै प्रकाशराज उपाध्यायले क्याम्पसको दीर्घकालीन विकासका लागि सबैले सहयोग गर्नु पर्ने कुरामा जोड दिनुभएको थिए । क्याम्पसलाई विशुध्द शैक्षिक थलोका रुपमा विकास गरी गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने वहाँको तर्क थियो । मझुवा ओख्ले सामुदायिक वनका अध्यक्ष तोरण बहादुर अधिकारीले क्याम्पसका लागि २ ओटा टि टेवल उपलब्ध गराउने प्रतिवद्धता जाहेर गर्दै आगामी दिनमा पनि सामुदायिक वन कलेजको सहयोगमा जुट्ने कुरा जाहेर गर्नु भयो ।


पुर्कोट कालिका क्याम्पसका क्याम्पस प्रमुख ओजराज बगालेले क्यम्पसको उत्तरोत्तर प्रगतिको कामना गर्दै सामुदायिक क्याम्पसले भोग्दै आएका समस्या र यसको समाधानका लागि स्थानीय निकायहरुले देखाउँदै आएको उदासिनताका बारेमा स्पष्ट पार्दै सामुदायिक कलेजहरुको उत्थानको दायित्व स्थानीय निकायले जिम्मेवारपूर्वक लिनुको विकल्प नभएको कुरामा जोड दिनु भएको थिए । सामुदायिक कलेजहरुलाई प्रदेश मातहत राखेको र प्रदेशसँग खासै यसको विकासका लागि योजनानै नभएको वहाँको तर्क थियो ।


त्रिभुवन क्याम्पसका क्याम्पस प्रमुख रविन्द्रराज जोशीले तनहँ शारदा कलेजको उत्तरोत्तर प्रगतिको कामना गर्दै गर्दा सामुदायिक विद्यालयले भोग्नु परेको समस्याका बारेमा चर्चा गर्नु भएको थियो । ग्रामिण क्षेत्रमा सञ्चालित सामुदायिक कलेजहरु दिनदिनै धारासाही बन्दै जाँदा विश्वविद्यालय कठोर बन्दै गएको र यहि अवस्थाले निरन्तरता पाए सामुदायिक विद्यालयहरु बन्द हुनु पर्ने अवस्थामा पुग्न सक्ने खतरालाई संकेत गर्दै वहाँले सबै सरोकारवालाले एक अर्कामा समन्वयकारी भूमिका निर्वाह गर्नु पर्ने कुरामा जोड दिनु भएको थियो ।  


कार्यक्रमका अर्का वक्ता कलेजका सँस्थापक सञ्चालन समितिका सदस्य बलराम पौडेलले कार्यक्रमको सफलताको कामना गर्दै कलेज सञ्चालनमा सबै पक्षसँग समन्वय हुनु पर्ने कुरामा जोड दिनु भएको थियो । अर्का सँस्थापक सदस्य गोविन्द बहादुर अधिकारीले क्याम्पसले स्थानीय स्तरमा पुर्‍याएको योगदानको चर्चा गर्दै यसलाई अझ सवल र सुदृढ बनाउनका लागि सहकार्य गरेर अगाडी बढ्नु पर्ने कुरा नै तत्कालीन आवश्यकता भएको कुरा उल्लेख गर्न भएको थियो ।


सँस्थापक सल्लाहकार गणेशभक्त घिमिरेले कलेज सञ्चालनको कार्य राजनिति भन्दा माथि उठेर गर्नु पर्ने कुरामा जोड दिँदै क्याम्पसलाई सहयोगका लागि वाचा गरेका दाताहरुबाट अझ सम्म पनि आफ्नो वाचा पुरा नहुनु आफैंमा लज्जास्पद भएको कुरा उठान गर्नु भएको थियो । सँस्थापक सल्लाहकार श्रीभक्त आचार्यले कलेजका लागि सबै मिल्नु पर्ने र आगामी दिनहरुमा सामूहिक योजना निर्माण गरेर अगाडी वढ्नु पर्ने कुरा उठान गर्नु भएको थियो । कलेजका सँस्थापक अध्यक्ष नवीनराज दाहालले क्याम्पसले स्थापनाकाल देखि हाल सम्म गरेका कार्यहरुको स्मरण गर्दै सबै आजीवन सदस्यहरु यसको समुन्नतिका लागि एकजुट भएर लाग्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।


२ नं. वडाध्यक्ष अर्जुन बहादुर केसीले कलेजका लागि आफूले नगरपालिकाबाट प्राप्त गरेको मोटरसाइकलको सुविधा पनि उपयोग नगरी कलेजलाई सहयोग गरेको स्मरण गर्दै आफू सँधैभरी कलेजका लागि समर्पित रहेको र आवश्यकता बमोजिम सकेको आर्थिक सहयोगका लागि तत्पर रहेको जानकारी गराउनु भएको थियो ।


कार्यक्रमका प्रमुख अतिथि भानु नगरपालिकाका उपमेयर आशा थापाले विगतमा नगरपालिकाले नगरका सामुदायिक कलेजहरुलाई गरेको सहयोगको स्मरण गर्दै आगामी दिनहरुमा पनि नगरपालिका कलेजहरु प्रति संवेदनशील रहने प्रतिवध्दता जाहेर गर्नु भएको थियो । कार्यक्रमका सभापति आनन्दराज त्रिपाठीले दाताहरुप्रति विशेष कृतज्ञता प्रकट गर्दै प्रतक्ष तथा अप्रतक्ष रुपमा कलेजलाई सहयोग पुर्‍याउनुहने प्रति धन्यवाद ज्ञापन गरी पहिलो सत्रको समापन गर्नु भएको थियो ।


दोस्रो सत्र बन्द सत्रको रुपमा नयाँ क्याम्पस सञ्चालन समितिको गठन प्रयोजनका लागि भएको थियो । उक्त भेलाबाट आजीवन सदस्य शम्भु  अधिकारीको अध्यक्षतामा सर्वसहमतिमा समिति गठन भएको छ । समितिमा गोविन्द बहादुर अधिकारी, इश्वरी प्रसाद अधिकारी, केशव अधिकारी, सुदेश पौडेल र कृष्ण बहादुर घिमिरे चयन हुनु भएको छ ।


क्याम्पस प्रमुख तिलक अधिकारीका अनुसार अब पदेन तथा मनोनित सदस्यहरु सिफारिस भए सँगै समितिले पूर्णता प्राप्त गर्नेछ ।

गोविन्द भट्टराई

 

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget