Finding ways of solution for teaching learning issues.

भानु नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता होरालोको अग्रता कायमै

 नारेश्वरटार भानु, ५ चैत्र, २०७७

भानु नगरपालिकाको आयोजना तथा होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयको व्यवस्थापनमा भानु २ स्थित होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक  विद्यालयको खेलमैदानमा जारी भानु नगर स्तरीय तेस्रो रनिङ्ग शिल्ड प्रतियोगिताको दोस्रो दिन आज विहान ७ बजे बाट नै प्रतियोगिताहरु सञ्चालन भइरहेका छन् । होरालो विद्यालय परिसरमा छात्र तर्फको भलिवल प्रतियोगिता सञ्चालन भइरहेको छ भने ब्राइछ फ्युचर यूवा क्लव तथा श्री सुन्दर प्राथमिक विद्यालयको खेल मैदानमा एथलेटिक्स अन्तरगतका खेलहरु सञ्चालन भइरहेका छन् ।

आज सञ्चालन भएको १५०० मिटर  छात्र तर्फको प्रतियोगितामा श्री मनोहर माध्यमिक विद्यालयका छात्र पर्वत तामाङ्गले प्रथम स्थान हासिल गर्दा राष्ट्रिय माध्यमिक विद्यालयका भाई प्रदीप मिश्र ले द्वितीय र श्री हिमालय माध्यमिक विद्यालयका भाई सुजन वि.क. ले तृतीय स्थान हासिल गरेका छन् । त्यस्तै गरेर १५०० मिटर दौड छात्रा अन्तरगत होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयकी छात्र सुनमायाँ गुरुङ्गले प्रथम स्थान हासिल गर्न सफल भएकी छन् । उक्त प्रतियोगितामा श्री आदर्श सरस्वती माध्यमिक विद्यालयकी छात्रा सोविता लम्साल दितीय हुँदा श्री भानु संस्कृत माध्यमिक विद्यालयकी छात्रा निकिता पराजुली तृतीय भएकी छन् ।

छात्र तर्फको ४०० मिटर दौड प्रतियोगितामा श्री हिमालय माध्यमिक विद्यालयका छात्र सुजन वि.क. प्रथम हुँदा श्री भानु संस्कृत माध्यमिक विद्यालयका छात्र दिपेन्द्र श्रेष्ठ द्वितीय र श्री फिष्टेल बोर्डिङ्ग स्कूलका छात्र शिशीन्त उपरकोटी तृतीय भएका छन् । छात्र २०० मिटर दौड अन्तरगत श्री हिमालय माध्यमिक विद्यालयका छात्र नवराज थापाले आफूलाई सर्वोत्कृष्ट सावित गरिरहँदा श्री जयबुद्ध माध्यमिक विद्यालयका शशित तामाङ्ग दोस्रो र होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयका ओमकुमार कुमाल तेस्रो हुन सफल भएका छन् ।

सटपट थ्रो छात्र तर्फको प्रतियोगितामा श्री त्रिभुवन माध्यमिक विद्यालयका छात्र अमुल कार्की प्रथम, श्री हिमालय माध्यमिक विद्यालयका विकास गुरुङ्ग द्वितीय र श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयका मिलन लामा तृतीय भएका छन् ।

ज्यभलिन थ्रो छात्र अन्तरगत होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयका मिलन लामा प्रथम भएका छन् भने सोहि प्रतियोगितामा श्री हिमालय माध्यमिक विद्यालय विकास गुरुङ्ग द्वितीय र श्री मनोहर माध्यमिक विद्यालयका विश्वास गुरुङ्ग तृतीय भएका छन् ।

४ १०० रिले दौड छात्र तर्फको प्रतियोगितमा  श्री फिष्टेल माध्यमिक विद्यालय प्रथम हुँदा श्री मनोहर माध्यमिक विद्यालय द्वितीय र श्री होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय तृतीय भएका छन् । अहिले सम्मको नतिजामा होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयले अग्रता कायम गरिरहेको छ । 

खेल अहिले पनि जारी छ ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget