Finding ways of solution for teaching learning issues.

भानु नगर स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

 नारेश्वरटार , भानु ४ चैत्र २०७७

भानु नगरपालिकाको आयोजनामा तथा होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयको व्यवस्थापनमा भानु नगर स्तरीय तेस्रो रनिङ्ग शिल्ड प्रतियोगिता आज शुरु भएको छ । तीन दिन सम्म सञ्चालन हुने उक्त प्रतियोगिताको उद्घाटन भानु नगरपालिका का प्रमुख उदयराज गौलीले दिनको ११ बजे भानु २ स्थित ब्राइट फ्युचर यूवा क्लवको खेल मैदानमा सहभागी विद्यालयका प्रधानाध्यापक, शिक्षक, खेलाडी, विद्यार्थी तथा अन्य आमन्त्रित स्थानीय खेलप्रेमीहरुका विच गर्नु भएको छ । 

कार्यक्रममा नगरकी उपप्रमुख आशा थापा, निमित्त प्रमुख प्रशासकिय अधिकृत ध्रुवराज पौडेल, वडाध्यक्षहरु, स्थानीय शिक्षक पेसागत सँघ संस्थाका प्रतिनिधिहरुले शुभकामना व्यक्त गर्नु भएको छ । स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद नाराका साथ प्रतियोगिता सञ्चालन भई रहेको छ । प्रतियोगितामा हालसम्म छात्र तर्फको ३००० मिटर दौड प्रतियोगिता, छात्रा तर्फको ३००० मिटर दौड प्रतियोगिता, १०० मिटर दौड प्रतियोगिता छात्र र छात्रा सम्पन्न भएका छन् । अहिले छात्रा तर्फको सटपट र ज्यावलीन थ्रो प्रतियोगिता  तथा छात्र तर्फ भलिवल प्रतियोगिता सञ्चालन भइरहेको छ ।



प्रतियोगितामा छात्र र छात्रा तर्फका विभिन्न २८ ओटा प्रतियोगिता सञ्चालन हुने छन् । 

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget