Finding ways of solution for teaching learning issues.

कोरोना संक्रमण फैलिन नदिने उपाय


कोरोना संक्रमण फैलिन नदिने उपाय
२२ चैत्र २०७६
कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्दै गएको छ । विदेशबाट आएकोमा मात्र संक्रमण देखिँदै आएकोमा स्थानीयहरुमा पनि संक्रमण हुन शुरु भएको छ । सुदुर पश्चिमकी एक महिलामा आज संक्रमण देखिए सँगै अवस्था थप जटिल बनेको छ । हाल सम्म संक्रमण तेस्रो देशबाट आएका हरुमा मात्र देखिएको थियो भने आज छिमेकी मुलुक भारतबाट आएका व्यक्तिमा देखिएको हो । हाल नेपालका विभिन्न भूभागमा भारतका विभिन्न भागमा बसोबास गरी लाखौं नेपाली सुदुर पश्चिम प्रदेश लगायत विभिन्न भागहरुमा आइसकेका छन् भने कति पय त अझै पनि आउने क्रममा छन् । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तीब्र गतिमा फैलिरहँदा नेपालमा थप त्रास सृजना भएको छ ।

अब के गर्ने ?
अनिवार्य सतर्कताः
कोरोना माहामारी हामी नेपालीको मात्र संकट होइन र यो हामीबाट पनि सृजित होइन । अहिले समग्र विश्व नै यसको चपेटामा नराम्ररी फँसेको छ । हामीले सवधानी अवलम्बन गरी यसलाई फैलन दिन हुँदैन । हामीले नागरिकको तर्फबाट जो कोहिले पनि सजिलै गर्न सक्ने सावधानी भनेको लकडाउनलाई पूर्णरुपमा पालना गर्नु हो । सबै नागरिकहरुले आफू आफ्नो परिवार समुदाय र राष्ट्रका लागि अनिवार्य सावधानी अपनाउनु पर्दछ ।
आवश्यक सामग्रीहरुको उपलब्धताः
अहिले धेरै ठाउँमा सावधानी  लागि प्रयोग हुने सामग्रीहरुको अभाव छ । नागरिकहरुले आवश्यक मात्रामा हातधुनका लागि साबुन मुखमा लगाउने मुखारी (masks) पञ्जा लगायतका सामग्रीहरु सहजरुपमा प्राप्त गर्न सकेका छैनन । अझ सेनेटाइजर त झनै परको कुरा भयो र धेरैलाई यो के हो थाहा छैन र  ग्रामिण क्षेत्रमा यसको उपलब्धता नै छैन । यस्तो अवस्थामा यी सामग्रीहरु उपलब्ध गराएर वितरण गर्ने कुराले प्राथमिकता पाउनु पर्दछ ।
सचेतना कार्यक्रम सञ्चालनः
विशेष गरि ग्रामिण क्षेत्रमा कोरोना के हो र कति सम्म खतरा निम्तिन सक्छ अनि यसबाट बच्नका लागि के गर्ने भन्ने विषयमा अझ पनि त्यति धेरै चासो भएको पाईंदैन । नेपालीहरु जडिवटीहरु खाएका विश्वमै कहलाएका बहादुरहरु हुन् र उनीहरुलाई यो संक्रमणले खासै भेट्न सक्दैन भनेर भन्ने गरिएको पनि सुनिन्छ । यदि यस्तो अवस्थालाई गम्मिररुपमा नलिने हो भने यसबाट थप जटिलता उत्पन्न हुन सक्ने खतरा त्यतिकै छ । त्यसैले तुरुन्त सरोकारवाला स्थानीय सरकारहरुले मातहतका होम क्वारेन्टाइनमा रहेका आफ्ना राष्ट्रसेवक कर्मचारीहरुलाई प्रत्येक पालिकाहरुमा सचेतना अभियान चलाउनका लागि पहल गर्नु पर्दछ ।
अनिवार्य क्वारेन्टिनको व्यवस्थाः
प्रत्येक पालिकाहरुले अनिवार्य क्वारेन्टाइनको व्यवस्था गर्नु पर्दछ । बाहिरबाट आएका मानिसहरु धेरै पालिकाहरुमा अहिले पनि डुलघुम गरिरहेको पाइएको छ । उनीहरुलाई तत्काल क्वारेन्टिनमा ल्याएर राख्ने व्यवस्था गर्नु पर्दछ । कतिपय पालिकाहरुले घरमै क्वरेन्टिन मा राखे पनि उनीहरुले लापरबाहि गरेका दृष्यहरु देखिन थालेका छन् । तसर्थ प्रत्येक स्थानीय तहले अनिवार्य आफ्नै क्वारेन्टाइन बनाएर आशंका भएकाहरुलाई राख्ने व्यवस्था गर्नु पर्दछ ।
अलपत्र परेका र भारतको सीमावर्ती इलाकामा क्वारेन्टिनमा भएका लाई आफ्नै क्वरेन्टिनमा ल्याउनेः
अहिले भारतमा जोखिम बढे सँगै भारतको विभिन्न भूभागमा श्रम गरेर बस्ने गरेका नेपाली नागरिकहरु नेपाल भारतको सिमामा अलपत्र अवस्थामा रहेका छन् । महाकाली नदिमा जोखिम मोलेर नेपाल आउने क्रम पनि घटेको छैन । भारतबाट रातीको समयमा भागेर आउने क्रम पनि रोकिएको छेन । त्यस्तै भारतको क्वारेन्टिनमा दुर्व्यवहार भएको र बस्नलाई सहज पनि नभएको भन्ने कराहरुपनि आइरहेका छन् । यहि अवस्था रहिरहे भोली भागेर मात्र होइन भगाएर पनि नेपाल आउनु पर्ने वाध्यता हुन सक्ने कुरालाई मननगरी तत्काल उक्त नागरिकहरुलाई नेपालको क्वारेन्टाइनमा ल्याइनु पर्दछ । यो कार्यले उनीहरु लगायत हाम्रो सुरक्षा मात्र नभइ एउटा नागरिकले आफ्नो देश आउन पाउने उसको अधिकारको पनि रक्षा हुन्छ ।
भारतबाट आएका सबैलाई अनिवार्य क्वारेन्टाइनः
कोरोनाको प्रकोप बढिरहँदा भारतको विभिन्न शहरहरुबाट लाखौं नेपाली नागरिकहरु नेपालका विभिन्न भूभागमा आइपुगेका छन् । भारतमा कोरोना संक्रमण भुसको आगो जस्तै गरि फैलिँदै छ । त्यसैले उनीहरु सबैलाई क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न सके यो महामारीलाई थप फैलिन दिन बाट रोक्न सकिन्छ । तसर्थ सबैको निगरानी हुनु पर्दछ ।
स्वस्थ्यकर्मीलाई तत्काल सुरक्षाका सामग्रीको उपलब्धताः
केहि ठूला अस्पतालमा केहि थान सुरक्षाका सामग्रीहरु भए पनि ग्रामिण क्षेत्रका अधिकांश अस्पताल तथा स्वस्थ्य केन्द्रमा खटिएका स्वस्थ्य कर्मीमा यसको पहुँच छैन । यहि कारणले कोरोना संक्रमणको सन्त्रासका कारण सहज उपचार हुन सकेको छैन । सामान्य किसिमके फ्लू आए पनि यसको उचित उपचार हुन सकेको छैन । तसर्थ सबै स्वस्थ्य कर्मीहरुलाई सुरक्षाका सामग्री तत्काल उपलब्ध गराउनु पर्दछ ।
चेक जाँचका लागि उपकरणको व्यवस्थाः
धेरै जसो ठाउँमा सामान्य ज्वरो नाप्नका लागि प्रयोग हुने थर्मल गन को पनि व्यवस्था नहुँदा नागरिकले अड्कलेर उपचार पद्दति अवलम्बन गर्नु परेको छ । तसर्थ यसको अनिवार्य व्यवस्था हुनु पर्दछ ।
सुरक्षाकर्मीको सुरक्षाका लागि सामग्रीको उपलब्धताः
फिल्डमा खटिने सुरक्षाकर्मीका लागि आवश्यक पर्ने सम्पूर्ण किसिमका सामग्रीहरु पर्याप्त हुनु पर्दछ । उनीहरुलाई हौसला र प्रोत्साहन दिनु पर्दछ । नागरिकहरुले उनीहरुको आदेशको पालना गरि सुरक्षा अवस्थालाई चुस्त र दुरुस्त बनाउनका लागि सहयोग गर्नु पर्दछ ।

संक्रमण आशंका भएकाको द्रुततर परीक्षणः
जति पनि संक्रमणको आशंका भएकाको स्वाव परीक्षणलाई तीब्र बनाउनु पर्दछ ताकि संक्रामक सहजरुपमा पत्ता लागुन् र संक्रमण नफैलियोस् । 
 प्रत्येक स्थानीयस्तरमा विपदकोष स्थापनाः

स्थानीयस्तरमा समस्यामा परेका नागरिकहरुलाई तत्कालिन समस्या समाधानका लागि कोष स्थापनागरी राहतको कार्यलाई तीब्र बनाउनु पर्दछ । राहत वितरण वास्तविकताका आधारमा पारदर्शी ढंगले हुनु पर्दछ ।
नागरिकले वास्तविक आवश्कतामा मात्र राहतको अपेक्षा गर्नेः
यो एक विपदको समय हो । विपदमा केहि पिडा पनि हुन्छ । यसलाई नागरिकले केहि हदसम्म आफैं समाधान गर्नु पर्दछ । दुई हात मुख जोर्न नसक्नेका लागि चुलोमा आगो बाल्ने प्रयोजनका लागि राहत उपलब्ध गराउनका लागि नागरिकले साथ दिनु पर्दछ ।
समाजसेवी स्थानीय सँघसंस्थाहरुको सकृयताः
विपद व्यवस्थापन एक आफैंमा जटिल कार्य भएकोले यसलाई परास्त गर्नका लागि सबैले आआफ्नो ठाउँबाट कर्तव्य र जिम्मेवारीका साथ सहयोग गर्नु पर्दछ । स्थानीय स्तरका सँघसंस्थाहरुले तत्काल सहयोग संकलन अभियानमा जुटेर आइपर्न सक्ने विपदलाई परास्त गर्नका लागि तयारी शुरुगर्नु पर्दछ ।
अन्त्यमा सचेत हौं, हेलचेक्र्याई नगरौं अनि साबधानी अपनाओं । यो एक विपदको घडिमा संयम भएर हरेक नागरिकले आ-आफ्नो ठाउँबाट आफूले सकेको सहयोग गर्ने बेला आएको छ । हामी प्रण गरौं, हामी कोरोनालाई परास्त गर्न सक्छौं ।
गोविन्द भट्टराई
  तनहुँ









Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget