Finding ways of solution for teaching learning issues.

अभिभावक ज्यूहरुमा अनुराेध


Covid 19 काेराेना भाइरसकाे विश्वव्यापीरुपमा महामारी बढ्दै गइरहेकाे अवस्थामा सतर्कता स्वरुप सम्पूर्ण शिक्षण सँस्थाहरु बन्द भएकाे व्यहाेरा सवैमा विधितै छ । नेपालमा अहिले सम्म काेराेना सङ्क्रमणका विरामीहरु भेटिएका छैनन् र नभेटिउन् पनि हाम्राे अपेक्षा छ । तथापि हामी सुरक्षित बस्तु अपरिहार्य छ ।
काेभिड १९ बाट बच्नका लागि सावधानी अपनाउनु हाम्राे पहिलाे कार्य हाे भन्ने कुरामा हामी सचेत रहनु पर्दछ । संसारभरका १७३ देशमा काेराेनाकाे महामारी बढ्दै जाँदा नेपाल उच्च जाेखिममा छ । ' Prevention is better than cure.' भन्ने कुरा मनन गरी सावधानी अपनाउनु जाेखिम न्यूनीकरणकाे प्रमुख कार्य हाे । याे विषयलाई गम्भीरतापूर्वक लिएर आफूलाई आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा राख्न हुन अनुराेध छ ।
याे एक राष्ट्रिय संकटकाे बेला हाे । तर हामीले धैर्यता भने गुमाउनु हुन्न । 
विद्यालयहरु बन्द हुँदा नानीबाबुहरुकाे पढाइमा असर परेकाे छ । चरित्र निर्माणकाे एकमात्र आधार पढाइ नै हाे । उनीहरुलाई याे समयमा सहानुभूति देखाइ पढाइका लागि घरमै बसेर अध्ययन गर्ने कुरामा वातावरण निर्माण गरिदिनु पर्दछ । एस.ई.ई. परीक्षा स्थगित भएकाे छ । विशेष गरी एस.ई.ई. परीक्षार्थीहरुलाई परिस्थितसँग सामान्यीकरण गराई तयारीलाई निरन्तरता दिन हुन अनुराेध छ ।
विद्यालयमा गएर सिकाइलाई निरन्तरता दिन नसकिरहेकाे याे अवधिमा हामीले हाम्र नानीबाबुहरुलाई अनुशासित बनाइ जीवनाेपयाेगी ज्ञान तथा सीपहरु सिकाउनु पर्दछ । उनीहरुमा सुसंस्कृत व्यवहार सिकाइ राम्राे सँस्कारकाे विकास गर्ने समयकाे रुपमा याे विपदकाे घडीलाई उपयाेग गर्न सकिन्छ । तसर्थ तल उल्लेख गरिएका विषयमा ध्यान दिनु हुन हार्दिक अनुराेध छ ।
१) समयको पालना गर्न सिकाउने ।
२) समयमै सुत्ने र समयमै उठ्ने कियाकलापमा जोड दिने।
३) बिहान उठेपछि आफ्नो bed आफै मिलाउन सिकाउने।
४) आफ्ना कपड़ा आफै लगाउन र ब्यबस्थापन गर्न सिकाउने।
५) टाँक लगाउन र सानो सानो उद्रेको सिलाउन सिकाउने।
६) जुत्तामा पालिस लगाउन सिकाउने ।
७) दैनिक सरसफाइ हात, मुख ,खुट्टा धुने आफ्ना कपड़ा आफै धुन सिकाउने।
८) सरसफाइमा ध्यान दिन लगाउने र नियमित नुहाउनका लागि प्राेत्साहित गर्ने ।
९) खान हुने र खान नहुने बस्तुहरुको भिन्नता छुट्टाइ खाना खाइ सके पछि भाडा धुन सिकाउने।
१०) नुहाए पछि आफ्ना underwear हरु धुनुपर्ने कुरामा सिकाइ प्रदान गर्ने ।
११) तरकारी काट्न र खाना पकाउन सिकाउने।
१२) घर वरिपरि फुल बगैँचा वा तरकारी बारीको निर्माण गर्न र स्याहार गर्न सिकाउने।
१३) आफ्नो कोठा, बाथरूम, kitchen लगाएत कोठाहरु सफाइ गर्न सिकाउने।
१४) बिजुली, पानी, टेलीफोन, wifi ,dish home लगाएतको बिल तिर्न सिकाउने ।
१५) विभिन्न कार्यालयमा पेश गर्नुपर्ने निवेदन लेख्न सिकाउने।
१६) आफू भन्दा सानालाई माया गर्ने र ठुलालाइ आदर सत्कार तथा सम्मान गर्न सिकाउने।
१७) गाउँ समाजमा आफू सुरक्षित हुदै सामाजिक क्रियाकलापमा सहभागी बन्न सिकाउने।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget