Finding ways of solution for teaching learning issues.

आत्मियता भित्रकाे तुस


सँगै सुते पछि गाेडा लाग्छ । याे स्वभाविक हाे । यसलाई मैले अन्यथा लिएकाे छैन र लिन्न पनि । गाेडा लाग्ने कुरा ठूलाे कुरा हाेइन तर खुट्टामा लामा लामा नङ पालियाे भने यसले पक्कै पनि पीडा दिन्छ । लामाे नङले च्वास्स घाेच्दा त आङ नै सिरिङ्ग हुने ।
तिमी र मैले एउटै विस्तारा प्रयाेग गर्दा हामी दुवैले समान रुपमा न्यूनतम मापदण्ड पूरा गर्नु पर्दछ भन्ने कुरा अहिले निकै खड्केकाे छ । तिमीले  लामा लामा नङ पाल्नु हुँदैन र  मैले जस्तै नियमित काट्नु पर्छ । तिम्राे नङले मलाई च्वास्स च्वास्स घाेचेकाे धेरै भयाे । मैले तिमीले नङ काटाैला र सहजरुपमा तिमीसँग सहयात्रा गराैला भनेर आशा गरेकाे पनि बर्षाै भइसक्याे । तर तिम्रा नङ छाेटा हुने त के झन् झन् लामा लामा हुँदै छन् । अनि तिमी तिम्रा नङहरुमा नेलपाेलिस दलेर अझ मजबुद बनाउँदै छाै आरनमा खुकुरीमा सान लगाए जस्ताे ।
तिमीलाई चटक्कै छाेडेर जान सक्ने पनि त अवस्था छैन मेराे । सायद तिमी पनि मलाई छाेड्न सक्दैनाै । किनकि हामी एउटै मालाका भिन्न भिन्न थुँङ्गाहरु हाैं । तिमी र मलाई सँगै नजाेडी मालाले पूर्णता पाउँदैन । त्यसैले तिम्राे र मेराे सहयात्रा रहर मात्र हाेइन वाध्यता पनि हाे । न तिमी मेराे सहयाेग विना पूर्ण हुन्छाै न म तिमी विना ।
मलाई लाग्दैन मैले तिम्राे पिँडालु (कर्कलाे) बारी फाँडेकाे छु । बरु जसाे तसाे तिम्राे व्यवहारकाे पर्वाह नगरी तिमीलाई परेकाे बेला प्रतक्ष अप्रतक्ष रुपमा तिम्राे साथ दिएकै छु । हुनत तिमीलाई मेराे साथ र सहयाेग त्यति मन पर्दैन । तथापि तिमीलाई विपद परेकाे बेला म हेरेर बस्न सक्दिन । 
तिमी तिम्राे सफलता चाहन्छाै र म पनि । तिमी खुशी र समुन्नती चाहन्छाै त्याे मलाई थाहा छ । व्यक्ति व्यक्तिगत फाइदा र काइदाका लागि लागि पर्छ । तर व्यक्तिगत लाभ र फाइदा पाइरहँदा आफ्नाे परिवारलाई कसैले पनि भुल्न मिल्दैन । आफूलाई हुर्काइ बढाइ पालन पाेषण गरी जीविकाेपार्जन गर्नका लागि काविल बनाउने संरक्षक प्रति तिम्राे सकारात्मक साेच मात्र हाेइन समर्पण र सहानुभूति पनि हुनु पर्दछ । 
आज कता कता तिमी तिम्राे कर्तव्यमा चुक्याै कि जस्ताे भान हुन थालेकाे छ । तिमीले तिम्राे दायित्व र जिम्मेवारी विर्षदै छाै । परिवारमा एकता भयाे भने जस्ताे सुकै जटिलता र विषमताकाे सामना गर्न सकिन्छ । आज त्याे एकता एकादेशकाे कथा जस्ताे भएकाे छ । तिमीलाई याद छ हामीले हाम्राे  गैह्री खेत कसरी गुमायाै भनेर । तिम्राे र मेराे वीचकाे टकराव कै कारण हाेइन अहिले हामी सकुम्बासी भएकाे ।
कुरा धेरै छन् । तर खै के गरुँ र तिमीसँग धेरै । तिमी र म हाम्राे सुरक्षा र समृद्धिका लागि एक हुनै पर्दछ । त्यसैले तिमीले तिम्रा खुट्टाका नङ काटेर सँगै विछ्याैनामा आउनु पर्दछ । 
अन्त्यमा तिमी आउँछाै र  त्याे दिन चाँडै आउँदैछ भन्ने कुरामा म आशावादी छु ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget