Finding ways of solution for teaching learning issues.

पेसागत सँघ संगठनकाे सवलीकरणकाे आवश्यकता


पेसागत सँघ संगठनमा आवद्ध भएर आफ्नाे पेसाकाे हक हित र उत्थानका लागि सकृय रुपमा कार्य गर्नु प्रत्येक पेसाकर्मीकाे दायित्व हाे । पेसाकर्मीहरुका आ आफ्नाे विचार र आदर्श बमाेजिमका पेसागत सँघ संगठनहरु हुन्छन् र यसमा आवद्धता जनाउनु उनीहरुकाे अधिकार पनि हाे । भलै समाजमा पेसागत आवद्धतालाई राजनिति सँग जाेडेर हेर्ने गरेकाे पाइन्छ । याे कदापि राजनिति हाेइन र हुनु पनि हुँदैन । यस्ता सँघ संगठनमा राजनिति हावी हुनु हुँदैन र कुनै किसिमकाे हस्तक्षेप स्वीकार्य हुँदैन ।
कुनै पनि सँघ संगठनमा आवद्धता वैयक्तिक स्वतन्त्रता हाे । प्रजातान्त्रिक पद्दतिमा पेसागत हक र हितका लागि खाेलिएका सँघ संगठनकाे निर्वाध पेसामुखि  क्रियाकलापमा राेक लगाइनु वा अवराेध सृजना गर्नु हुँदैन । पेसामा देखा परेका र देखापर्ने संभावना बाेकेका समस्याहरुकाे समाधान गर्दै पेसालाई मर्यादित बनाउने कार्य पेसागत सँघ संगठनकाे प्रमुख कार्य हाे । आवद्ध भएका सम्पूर्ण पेसाकर्मीलाई समानताकाे चस्माले हेरी विना कुनै भेदभाव एउटा साझा छाता मुनी भएकाे प्रत्याभूति दिलाई नियमवद्ध भइ स्वतन्त्रता पूर्वक कार्य गर्ने वातावरण सृजना गर्नु पेसागत सँघ संगठनहरुकाे अर्काे महत्वपूर्ण कार्य हाे जसका लागि नेतृत्व नैतिकवान् चरित्रवान् सहयाेगी र पेसाप्रति प्रतिवद्ध र कटिवद्ध हुनुपर्दछ । 
पेसागत सँघ संगठनहरुलाई आफ्नाे अस्तित्व कायम राख्दै हरेक अधिकारकाे सुनिश्चितताका सवालमा आवाज बुलन्द गरी थप सेवा सुविधाकाे प्रत्याभूति दिलाउने वातावरण निर्माण गर्ने मुख्य आधार या शक्ति नै उसकाे संगठन हाे । जव संगठन बलियाे हुन्छ आवाज पनि बलियाे हुन्छ र पिडक पक्षलाई शाेषण गर्नबाट वञ्चित गराउन सक्दछ । तर यदि संगठन नै कमजाेर भयाे भने मुद्दाहरु कमजाेर बन्न पुग्दछन् र पुरा गराउन असहज जस्तै बन्दछ । तसर्थ पेसागत हक र अधिकारकाे सुनिश्चितताका लागि संगठनलाई मजबुद बनाउन जरुरी छ । 
संगठनमा पुर्याएकाे याेगदान र संगठनप्रतिकाे निष्ठाका आधारमा संगठनकाे नेतृत्व गर्ने अवसर सृजना गर्न सकेमा संगठन प्रति वफादार व्यक्तिहरुले अझ संगठनलाई सवल र प्रभावकारी बनाउनका लागि निष्ठापूर्वक काम गर्दछन् र संगठनकाे सवलीकरणकाे कार्यले चुस्तता प्राप्त गर्दछ । यदि नातावाद र कृपावाद संगठनमा हावी भएमा वास्तविक रुपमा संगठनलाई माया गर्ने तन मन वचन र कर्मले संगठनकाे उत्थानका लागि लागिपर्ने संगठनकाे चिन्तन गर्ने तमाम संगठनमा आवद्ध पेसाकर्मीहरुलाई आघात पर्दछ र यसले उनीहरुलाई निष्कृय बस्न बाध्य बनाउन सक्छ भन्ने कुरामा नेतृत्व सचेत र सजग हुुनु पर्दछ ।
संगठनकाे सवलीकरण नगरी हक र अधिकारका लागि लड्न सम्भव छैन । तसर्थ संगठनकाे जगेर्ना गर्दै पेसाकर्मीहरुलाई आड र भराेसा दिलाउँदै यसकाे विस्तर गर्न नेतृत्व सदैव तत्पर रहनु पर्दछ । पछिल्लाे समय सँघमा आवद्ध पेसाकर्मीहरुविच निरासा छाइरहेकाे प्रत्याभूति हुन थालेकाे छ । सांगठनिक विकास विस्तार र सुदृधिकरणका लागि खासै कामहरु भइरहेका छैनन् । नेतृत्व र कार्यकर्ता विचकाे दूरी दिनदिनै बढ्दै गइरहेकाे आभास हुन थालेकाे छ । कार्यकर्ताविच नेतृत्व उपस्थित नै हुन सक्दैन भने कसरी दुरी कुम हुन्छ । यसकाे बेलैमा संवाेधन नहुने हाे भने संगठनकै अस्तित्व संकटमा पुग्न सक्छ भन्ने कुरामा तत्काल नेतृत्व सजग भइ आपसी भेटघाट छलफल र अन्तरक्रियाकाे कार्यक्रमलाई अगाडी बढाउनु पर्दछ ।
लाेकतन्त्रमा विश्वास गर्ने पेसाकर्मीहरुले आफूमा गुज्रिरहेकाे असन्तुष्टि पाेख्नु स्वभाविकै हाे । नेतृत्वकाे आलाेचना गर्ने फरक मत प्रकट गर्ने मागहरु राख्ने सुझाव दिने सचेत गराउने आदि कार्यहरुले नेतृत्वमा नै निखारता ल्याउने हाे । यी र यस्ता प्रकारका कार्यले नेतृत्वलाई थप सँस्थाप्रति चिन्तनशिल बनाइ कुशलतापूर्वक ढंगबाट संगठन हाँक्नका लागि मद्दत पुग्दछ । त्यसैले तल्लाे तहमा भएका असन्तुष्टिहरुकाे अध्ययन गरी समाधानकाे दिशातर्फ हाम्रा पाइलाहरु बढ्नु पर्दछ । पेसाकर्मीबाट उठान गरिएका विषयमा नेतृत्व गम्मिर हुनु पर्ने वेला आएकाे छ । 
असन्तुष्टिकाे चाङ लागि रहँदा विरलै हुने कार्यक्रमहरुमा प्रायजसाे नेतृत्वले आफ्नाे फेस सेभिङ गर्ने हेतु आफूलाई प्रस्तुत गर्ने गरेकाे पाइएकाे छ । नेतृत्वले गरेका सकारात्मक कार्य सह्रानिय छन् र हुनेछन् यसमा कुनै शंका छैन । नेतृत्वले गरेन भनेर आराेप लगाउन पनि खाेजेकाे हाेइन । तर मुद्दामा केन्द्रित भएर हरेक असन्तुष्टिलाइ सकारात्मक ढंगबाट लिएर त्यसकाे समाधान गरी संगठनकाे क्षमता अभिवृद्धि गर्नका लागि नेतृत्वमा दृढ इच्छाशक्ति हुनुपर्ने टड्काराे आवश्यकता खड्केकाे महशुस हुन थालेकाे छ ।
काेहि कसैले संगठनकाे कार्य प्रति असन्तुष्टि पाेख्छ भने थाहा पाए हुन्छ उ संगठनलाई धेरै माया गर्छ र उन्नति भएकाे हेर्न चाहन्छ । हुनत नकारात्मक दृष्टि राखेर आलाेचना नहुने चाँहि हाेइन । तर पनि सकारात्मक या नकारात्मक त्याे छुट्याउन खासै अफ्ट्याराे पर्दैन । तसर्थ सवै असन्तुष्टिहरुलाई मथ्थर बनाएर अगाडि बढ्नु संगठनकाे हितका लागि श्रेयस्कर हुन्छ । असन्त्ष्टहरुलाई वेवास्ता गरी नेतृत्व एक्लै हिड्नु हुँदैन । विषयकाे वास्तविकतामा प्रवेश गरी सवैलाई अपनत्वकाे भावना जागृत गराउने नेतृत्वकाे प्रमुख दायित्वबाट नेतृत्व भाग्न मिल्दैन । यदि साँच्चै कमि कमजाेरी नै भएका छन् भने त्यसलाई त्यसलाई सच्याएर सवैलाई मुलधारमा ल्याउने अभियानकाे थालनी गर्ने हिम्मत नेतृत्वले राख्नु पर्दछ ।
अधिवेशनबाट पदिय जिम्मेवारी प्राप्त भइसके पछि प्रत्येक तहमा आफ्नाे कार्यावधिका लागि अनिवार्य कार्ययाेजना निर्माण गरी अगाडी बढ्नु श्रेयस्कर हुन्छ। विधानत व्यवस्था भएका सम्पूर्ण जिम्मेवारीलाई अनिवार्य पूरा गर्नु पर्ने दायित्वबाट पन्छिन हुँदैन ।
फाटेका र फाट्न लागेका मनहरुलाई उपयुक्त धागाेकाे प्रयाेग गरी बेलैमा नटाल्ने हाे भने बचेखुचेकाे संगठनात्मक स्वरुप पनि ओरालाे लाग्ने प्राय निश्चित छ । तसर्थ तपाईं हामी सवै मिलेर संगठनकाे सुदृढिकरणमा आजै बाट जुटाैं ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget