Finding ways of solution for teaching learning issues.

हाेरालाेकाे ६९ अौ वार्षिकाेत्सब तथा अभिभावक भेला हुँदै



भानु नगरपालिका वडा नं २ नारेश्वरटार तनहुँमा अवस्थित हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयकाे ६७ अौ वार्षिकाेत्सब तथा अभिभावक भेला यहि मिति २०७६ फाल्गुण ११ गते हुँदैछ । वि सं २००८ मा स्थापित यस विद्यालयले प्रत्येक वर्ष फाल्गुण ११ गते जन्माेत्सब मनाउँदै आएकाे छ ।
वार्षिकाेत्सब तथा अभिभावक भेला भानु नगरपालिका शिक्षा विभागका प्रमुख उपसचिव श्री डिल्लीरमण भट्टराईकाे प्रमुख आतिथ्यतामा  सञ्चालन हुँदै छ । विद्यालय स्राेतका अनुसार विद्यालयसँग सम्वद्ध सबैमा पत्राचार भइ सकेकाे छ । यदि कुनै कारणवस पत्र प्राप्त गर्न नसकेकाे भए यसै सूचनालाई आधार मानेर सम्पूर्ण विद्यालयका सराेकारवालालाई उपस्थितिका लागि अनुराेध गरिएकाे विद्यालयका प्रधानाध्यापक हाेम नारायण श्रेष्ठले बताउनु भएकाे छ । सम्पूर्ण अभिभावक, समाजसेवी, शिक्षाप्रेमी, विव्यस तथा शिअसं का पदाधिकारी ज्यूहरु पूर्व विव्यस तथा शिअसं अध्यक्ष एवम् सदस्य ज्यूहरु पूर्व शिक्षक तथा विद्यार्थीज्यूहरु स्थानिय सँघ संस्थाका प्रमुख तथा प्रतिनिधि राजनैतिक दल का प्रमख तथा प्रतिनिधि तथा सम्वद्ध सबैमा विद्यालय उक्त कार्यक्रममा हार्दिक निमन्त्रणा सहित स्वागत गर्न चाहन्छ , विद्यालयका प्रधानाध्यापकले बताउनु भएकाे छ ।
उक्त दिन प्रधानाध्यापकबाट विद्यालयकाे वार्षिक प्रतिवेदन प्रस्तुत हुनेछ । साथमा नेपाली संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम पनि सञ्चालन हुनेछ । कार्यक्रम दिनकाे ठिक १० बजेबाट सञ्चालन हुने जानकारी प्राप्त भएकाे छ ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget