Finding ways of solution for teaching learning issues.

हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयकाे ६९ अौं वार्षिकाेत्सब तथा अभिभावक समाराेह सम्पन्न


भानु नगरपालिका वडा नं २ नारेश्वरटार तनहुँमा अवस्थित हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयले आफ्नाे ६९ अौं वार्षिकाेत्सब तथा अभिभावक समाराेह आज एक भब्य कार्यक्रमका विच सम्पन्न गरेकाे छ । भानु नगरपालिका शिक्षा विभाग प्रमुख उपसचिव  डिल्लीरमण भट्टराईकाे प्रमख आतित्थ्यतामा उक्त कार्यक्रम सञ्चालन भएकाे थियाे  । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  कृष्ण बहादुर घिमेरेकाे सभापतित्वमा कार्यक्रम दिनकाे करिव १२ बजे अौपचारिकरुपमा शुरु भएकाे थियाे ।
कार्यक्रममा विद्यालयका सँस्थापक चन्दादाता अक्षयकाेष स्थापनाकर्ता विद्यालयका पूर्व विव्यस अध्यक्ष तथा सदस्यहरु शिअसंका पूर्व अध्यक्ष एवम् सदस्यहरु स्थानीय सरकारका जनप्रतिनिधीहरु पूर्व शिक्षक एवम् विद्यार्थीहरु स्थानीय शिक्षा प्रेमी तथा बुद्धिजिवीहरु छिमेकी विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधीहरु स्थानीय सँघ संस्थाका प्रमुख तथा प्रतिनिधी लगायत विद्यालयका शिक्षक स्टाफ तथा विद्यार्थीहरुकाे सहभागिता रहेकाे थियाे ।
विद्यालयका सहायक प्रधानाध्यापक  दिवाकर घिमिरेले स्वागत मन्तव्य मार्फत सम्पूर्ण अतिथिगणलाई स्वागत गर्नु भएकाे कार्यक्रममा विद्यालयका प्रधानाध्यापक  हाेमनारायण श्रेष्ठले आफ्नाे वार्षिक विद्यालय प्रतिवेदन प्रस्तुत गरिसके पछि मन्तव्यकाे कार्यक्रम शुरु भएकाे थियाे । मन्तव्यका क्रममा पहिलाे वक्ता विद्यालयका पूर्व विव्यस सदस्य सुवेदार प्रेम थापाले विद्यालयले वृहत्तर हितका लागि काम गरेकाे  र आगामी दिनमा पनि नमूना विद्यालयकाे रुपमा अगाडी बढ्ने कुरामा विश्वास व्यक्त गर्नु भयाे । यसैगरी छिमेकी विद्यालयहरुका प्रधानाध्यापकहरुकाे तर्फबाट स्थानीय देवी प्राथमिक विद्यालयका प्रधानाध्यापक चिरञ्जिवी पाैडेलले विद्यालयकाे थप प्रगतिकाे कामना गर्नु भएकाे थियाे । पूर्व प्रधानाध्यापकहरुकाे तर्फबाट आफ्नाे भनाई राख्दै विद्यालयका पूर्व प्रधानाध्यापक शिवजी पाण्डेले विगतकाे स्मरण गर्दै विद्यालयकाे समुन्नतिका लागि आफु सदैव लागिरहने कुरा व्यक्त गर्नु भयाे । कार्यक्रमका प्रमुख अतिथि भानु नगरपालिका का शिक्षा विभाग प्रमुख डिल्लीरमण भट्टराईले विद्यालयले भानु नगरकै एक लिडर भुमिका निर्वाह गरेकाे र भविश्यमा यसकाे शैक्षिक गुणस्तर पनि अझ बढेर जाने कुरामा विश्वास व्यक्त गर्नु भएकाे थियाे । कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर घिमिरेले कार्यक्रमलाई सफल बनाउन सहयाेग गर्नुहुने सम्पूर्णमा विद्यालय परिवारकाे तर्फबाट धन्यवाद ज्ञापन गर्नु भएकाे थियाे ।
कार्यक्रममा विद्यालयका विद्यार्थी कलाकारहरुले नृत्यहरु प्रस्तुत गरेर कार्यक्रममा भरपूर मनाेरञ्जन दिलाएका थिए । ६७ओै वार्षिकाेत्सबका अवसरमा विद्यालयमा आयाेजित अन्तरसदनात्मक प्रतियाेगिताका पुरस्कार तथा अक्षयकाेष छात्रवृत्ति वितरण भएकाे थियाे ।  ३ नं जगदल गणका सहायक गणपति सेनानी राम अधिकारी विशिष्ट अतिथिकाे रुपमा उपस्थित भएकाे उक्त कार्यक्रममा विद्यालयले प्रमुख अतिथि र विशिष्ट अतिथिलाई मायाकाे चिनाे उपहार दिएकाे थियाे । कार्यक्रम साँझ ५ बजे समापन भएकाे थियाे । कार्यक्रमकाे सञ्चालन विद्यालयका शिक्षक गाेविन्द भट्टराईले गर्नु भएकाे थियाे ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget