Finding ways of solution for teaching learning issues.

किस गर्दै हुनुहुन्छ विचार गर्नुहाेस्


माया व्यक्त गर्ने एक माध्यम हाे किस । याे अंग्रेजी शव्द हाे । यसकाे नेपाली रुपान्तरण चुम्वन हुन्छ । अझ 

यसलाई म्वाईं खानु भनेर बुझ्ने गरिन्छ । अधिक मायालाई पाेख्ने याे एक माध्यम हाे । 
भनिन्छ मायालाई मात्र शव्दमा कैद गर्न सकिदैंन । याे यति अथाह हुन्छ कि याे व्यक्त गर्न संसारका कुनै पनि भाषा पर्याप्त छैनन् । तसर्थ मानिस म्वाईं खाने सुम्सुम्याउने समिपमा राख्ने च्याप्ने आदि गर्ने गर्दछन् जव कुनै पनि चिज बस्तु प्रति उनीहरुकाे सामिप्यता गहिराे हुँदै जान्छ । 
 आमाले आफ्नाे नानि बाबुहरुलाई आफ्नाे माया प्रकट गर्दा प्रयाेग गर्ने प्रमुख माध्यम नै किस वा म्वाई हाे । साना साना नानी बाबुहरुलाई परिवारजन मात्र नभइ जाे काेहि समिमम पुग्नेले म्वाईं खाने गरेकाे देख्न सकिन्छ । तर म्वाईं खाँदा बच्चालाई फाइदा हुन्छ या हुन्न भन्ने विषयमा काेहि कसैले पनि साेच विचार गरेकाे पाइन्न । 
म्वाईं खानु नराम्राे कुरा हाेइन । यसले तपाईंकाे बच्चालाई तपाईकाे अपार माया  ममता पाएकाे अनुभुति हुने गर्दछ । यसले तपाई र बच्चाविचकाे सामिप्यता बढ्न गइ तपाईंकाे नानी बाबुले सुरक्षा तथा संरक्षणकाे महशुस गर्न सक्दछ । यति मात्र हाेइन झगडा गरिरहेकाे अवस्थामा पनि यसले उसलाई सान्त्वता प्रदान गरी फकाउन समेत सहयाेग गर्दछ । त्यसैले प्राय सवै आमा बाहरुले आफ्ना नानी बाबुहरुलाई बाेक्ने काखमा राख्ने नजिक राख्ने अनि किस गरेर माया व्यक्त गर्ने गर्दछन् । 

माया प्रकट गर्ने क्रममा बच्चाकाे विभिन्न अङ्गहरुमा किस गर्ने गरिन्छ । हात खुट्टा गाला निधार नाक मुख का भागहरुमा म्वाईं खाने गरिन्छ । आमाहरुले अन्यकाे तुलनामा धेरै नै आफ्ना नानीबाबुहरुलाई किस गरेकाे पाइन्छ । तर यसरी किस खाँदा एउटा कुरा चैं विचार गर्नै पर्छ । त्याे हाे  आफू कुनै पनि राेगबाट संक्रमित भएकाे अवस्थामा किस खानु हुँदैन । भरसक बच्चाकाे मुखमा किस नखानु नै राम्राे हुन्छ। मुखकाे माध्यमबाट सजिलै संक्रमण हुन सक्ने भएकाेले यसमा सावधानी अपनाउनु उपयुक्त हुन्छ ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget