Finding ways of solution for teaching learning issues.

नेपाली मोटरसाइकल युरोपमा पनि गुडोस् !


नेपाली मोटरसाइकल युरोपमा पनि गुडोस् !

असीम सम्भावनाको खोजीमा असीम

८ पुस, काठमाडौं । असीम पाण्डे करिव २ वर्ष अघि (डिसेम्बर २०१७) मा नेपालमै विद्युतीय मोटरसाइकल बनाउने योजना बोकेर सरकारी कार्यालय धाउँदा धेरै सरकारी अधिकारीले ओठ लेप्र्याए । ‘यस्तो गर्न त गाह्रो छ भाइ’ भने ।
तर त्यसको दुई वर्षमै उनी नेपालमै डिजाइन गरिएको पहिलो विद्युतीय मोटरसाइकल सार्वजनिक गर्न सफल भएका छन् । र, मोटरसाइकलको नाम दिएका छन्, यात्री ।

नेपाली मोटरसाइकल युरोपमा पनि गुडोस् !

असीम सम्भावनाको खोजीमा असीम

८ पुस, काठमाडौं । असीम पाण्डे करिव २ वर्ष अघि (डिसेम्बर २०१७) मा नेपालमै विद्युतीय मोटरसाइकल बनाउने योजना बोकेर सरकारी कार्यालय धाउँदा धेरै सरकारी अधिकारीले ओठ लेप्र्याए । ‘यस्तो गर्न त गाह्रो छ भाइ’ भने ।
तर त्यसको दुई वर्षमै उनी नेपालमै डिजाइन गरिएको पहिलो विद्युतीय मोटरसाइकल सार्वजनिक गर्न सफल भएका छन् । र, मोटरसाइकलको नाम दिएका छन्, यात्री ।
असीमको कम्पनी–यात्री डिजाइन्स स्टुडियोले बनाउको पहिलो मोडल ‘पी–जेरो’ बिहीबार सार्वजनिक भएको छ । यो यो विदेशमा डिजाइन भएर यहाँ एसेम्बल गरिएको मोटरसाइकल होइन । असिम र उनको टिमको पहिलो परिकल्पनाको साकार रुप हो, प्रोजेक्ट–जोरो (‘पी जेरो’) । देशका प्रतिष्ठित व्यवसायीहरुले यो मोटरसाइकल किन्न प्रि–बुकिङ लिएसँगै यो टिम उत्साहित भएको छ ।
साकार भएको एउटा सपना
युवाहरु सुनौलो भविश्यको खोजीमा विदेश भासिने दौड चलिरहेका बेला यूरोपमा रहेका असिमले २०१७ मा निर्णय लिए, ‘अब नेपाल फर्किन्छु र देशकै केही गर्छु ।’
उनले यो निर्णय सुनाउँदा परिवारका सदस्यहरुमा चिन्ता नलागेको होइन ।, तर असिमले नेपालमै ‘असिम सम्भावना’ देखिसकेका थिए । उनलाई विश्वास थियो, ‘एउटा राम्रो टिम भयो भने नेपालमै आफूले देखेको सपना पुरा गर्न सकिन्छ ।’
असिमको बाल्यकालदेखिकै सपना थियो, दामी गाडी र मोटरबाइक डिजाइन गर्ने ।
कक्षा ६–७ पढ्दादेखि नै टेलिभिजनको पर्दामा गाडी अरु डिजाइन, उत्पादन, परीक्षण गरिएको दृष्य देख्दा उनी पनि सोच्थे, म पनि एक दिन यस्तै काम गर्छु । उनले आफ्नो ‘काँचो सपना’ लाई तन्नेरी उमेरमै ‘उद्देश्य’ मा परिणत गरे । पढाइका लागि युरोप पुगे । एरोस्पेस स्ट्रक्चरमा इन्जिनियिरिङ गरे । मास्टर्स गर्दै गर्दा यूरोपको चर्चित कार निर्माता कम्पनी ‘डोंकरभूर्ट’ मा काम गर्न पाए ।
हो, त्यहीँ उनले एउटा गाडी कसरी निर्माण भएर सडकसम्म पुग्छ भन्ने उत्पादनचक्र देखे, बुझे ।
कम्पनीको डिजाइन स्टुडियोमा बस्दा बेलाबेला आफैंलाई प्रश्न गर्थे, यस्तो काम हामी नेपालमै किन गर्न सक्दैनौं ? अन्ततः यही चिन्तनले उनलाई नेपाल फर्किने निर्णयसम्म पुर्‍यायो ।
नेपाल फर्किनुअघि उनले २ वर्ष विद्युतीय सवारी निर्माता कम्पनीमा पनि काम गर्न भ्याइसकेका थिए । त्यतिबेला उनलाई लागेको थियो कि अब भविश्य विद्युतीय सवारीमै छ । किनकी युरोपमा पेट्रोल तथा डिजेल गाडीलाई विस्तारै विद्युतीयले प्रतिस्थापन गर्दैछ । विश्वब्यापी रुपमा ठूला कम्पनीहरुले पनि आफ्नो अनुसन्धान, स्रोत–साधन र जनशक्ति यसमा केन्द्रित गरेका छन् ।
सन् २०३० सम्म विश्वब्यापी हुने देखिएको विद्युतीय सवारीमा नेपालचाहिँ अछुतो रहन पक्कै नसक्ला । यही निश्कर्षले असीमले नेपाल फर्किए र विद्युतीय मोटरसाइल बनाउने ‘प्रोजेक्ट’ मा होमिए ।
यसरी जन्मियो ‘प्रोजेक्ट जिरो’
दुई थान लगेज र एक थान सपना बोकेर सन् २०१७ को नोभेम्बरमा नेपाल फर्किए असिम । डिसेम्बरसम्ममा थुपैै सरकारी अड्डा धाए, आफ्नो ‘प्रोजेक्ट जिरो’ को योजना सुनाए । तर धेरैले ‘यस्तो गर्न त गाह्रो छ भाइ’ भन्दै ओठ लेब्राए
तर उनले कम्पनी दर्ता गरिछाडे ।
त्यसपछि विराटनगरदेखि नेपालगञ्जसम्मका शहरहरुमा पुगे, शहरी क्षत्रेमा सवारीको मुख्य समस्या के हो भनेर अनुसन्धान गरे । किनकी उनलाई थाहा थियो, । अनुसन्धानविना अघि बढाइएको प्रोजेक्ट असफल हुने जोखिम धेरै हुन्छ ।
यात्राका क्रममा विद्युतीय सवारीबारे अन्तर्क्रिया गर्दा धेरैले उनलाई सुनाए, ‘विद्युतीय सवारीको ‘रेन्ज’ (एकपटक चार्ज गरेपछि तय गर्न सकिने यात्राको दूरी) नै राम्रो छैन ।’
यसबाट उनले बुझे धेरैलाई विद्युतीय सवारीबाट राम्रो पर्फर्मेन्स पाइन्छ भन्ने विश्वास छैन । त्यसको कारण थियो नेपालमा राम्रो रेन्ज दिनसक्ने विद्युतीय सवारी उपलब्ध नहुनु । अनि असिमले निश्कर्ष निकाले, ‘एकपटक चार्ज भएपछि कम्तिमा १५० मिलोमिटर गुड्ने विद्युतीय बाइक बजारलाई आवश्यक छ ।’
उनी स्टुडियोमा घोत्लिन थाले । अर्का साथी पनि प्रोजेक्टमा जोडिए, जसले एडम्स डिजाइन स्टुडियोमा काम गरेका थिए । उनीहरु दुबै जना मिलेर फेब्रुअरीसम्म ‘बाइक’ को स्केच तयार गरे, जसको न्वारन गरियो– ‘प्रोजेक्ट जिरो ।’
विद्युतीय मोटरसाइकलको आधारभूत फ्रेमवर्क तयार भयो । अनि सुरु भयो, ‘प्रोटोटाइप’ (नमूना बाइक) बनाउने काम । त्यसका लागि टिम तयार थियो, जसमा मेकानिकल इन्जिनियर (इन्डस्ट्रियल) कनिष्क सुवाल, इम्बेडेड सिस्टम इन्जिनियर सुलभलाल श्रेष्ठ, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर कृष्णप्रसाद श्रेष्ठ, मेकानिकल इन्जिनियर (टेस्टिङ) अशेष श्रेष्ठ, सफ्टवेयर डेभलपर (एप) सार्थक शर्मा पौडेल र बिजेनस डेभलपमेन्ट म्यानेजर बत्सल पाण्डे थिए ।
कानूनदेखि कामसम्म झमेला
यात्रीको मोटरसाइकलमा प्रयोग भएका झण्डै सय प्रतिशत पाट्र्सहरु यहीँ डिजाइन गरिएका हुन् । चेचिस असीम आफैंले डिजाइन गरेका हुन् भने अन्य पाट्र्सहरु उनका सहकर्मीले । तर यस्ता पार्टस् उत्पादन गर्नसक्ने कम्पनी नेपालमा छैनन् ।
त्यसैले उनीहरुले निकै दुःख गर्नुपर्‍यो । उनीहरु हरेक पार्टस्को डिजाइन तयार गरेपछि त्यसलाई विदेशमा रहेका ‘बिल्ट टू प्रिन्ट’ कम्पनीमा पठाउँथे । कम्पनीले अरु कम्पनीलाई डिजाइन अनुसारको सामान बनाउन लगाएर नेपाल पठाउँथे ।
जब विदेशमा बनेको सामान भन्सारमा आइपुग्थ्यो, त्यसपछि सुरु हुन्थ्यो एक्जिम कोड लगायतका कुरामा कागजी झमेला । सरकारी निकायले यो बुझेनन् कि असीमको टिम अहिले नै कुनै व्यवसायिक उत्पादन गर्ने गरी बाइक बनाउँदै थिएन । यो कम्पनीको काम डिजाइनिङ र अनुसन्धान थियो ।
त्यसैले भन्सारले अरु स्पेयर पाट्र्स सरह उच्च भन्सार मात्रै लगाएन, धेरै झन्झट थोपरिदियो । एकपछि अर्को गर्दै आउने समस्यालाई कहिले भन्सार विभाग त कहिले अर्थ मन्त्रालयसम्म धाएर टुंग्याउँथे असीमले । त्यतिबेला उनलाई थाहा भयो, यहाँ नयाँ काम गर्न कति गाह्रो छ । तर विचलित नभई काम गरिरहे ।
‘मैले यही काम युरोपमा गरेको भए निकै सहज हुन्थ्यो । त्यहाँ यस्ता धेरै कम्पनी छन् । नेटवर्क, मेन्टरसिप, गाइडेन्स पनि हुन्छ’ असीम भन्छन्, ‘यहाँ त अझ इन्डस्ट्रियल सपोर्ट छैन । अटोमोबिल डिजाइनिङ र इन्जिनियरिङमा कुनै कम्पनी नै छैन ।’
विदेशमा विश्वविद्यालयहरुले यस्ता कम्पनीले सहयोग गर्छन् र विद्यार्थीहरु नै अनुसन्धानमा सहभागी हुन्छन् । कतिपय कम्पनीले त विद्यार्थीलाई लगेर काम दिन्छन् । असीमले पनि नेपालमा यही गर्न खोजेका थिए । टिम विस्तारका लागि विश्वविद्यालयहरुबाट विद्यार्थी बोलाएर अन्तर्वार्ता पनि लिए ।
तर खोजेजस्तो र चाहिएजस्तो प्रतिभा भेटेनन् । ‘नेपालका कहलिएका विश्वविद्यालयबाट इन्जिनियरिङ गरेका विद्यार्थीसँग कुराकानी त भयो, तर त्यो निराशाजनक रह्यो, असीम भन्छन् । सैद्दान्तिक पक्षमा अब्बल रहेका विद्यार्थीहरु पनि व्यवहारिक पाटोमा निकै कमजोर भेटिएपछि उनले टिममा राख्न सकेनन् ।
असीमको टिमले भोगेको अर्को समस्या थियो, कानूनको अभाव । कम्पनी स्थापना गर्ने समयमा उनले आफूले गर्न खोजेको कामलाई कुन कानूनले निर्देशित गर्छ भनेर खोजे । तब थाहा भयो कि नेपालमा कुनै सवारीको डिजाइनिङदेखि इन्जिनियरिङ, टेस्टिङ, म्यानुफ्याक्चरिङ हुन्छ भनेर कल्पना नै गरिएको रहेनछ ।
‘नियमहरु हुँदाभन्दा नहुँदा गाह्रो हुनेरहेछ, गाडीको नेपालमै डिजाइन हुन्छ भनेर कानूनी परिकल्पनासम्म नहुनु दुःखद हो,’ उनी भन्छन्, ‘त्यसबेला लाग्यो, यदि प्रशिद्ध वैज्ञानिक इलोन मस्क नेपालमै जन्मिएका भएपनि गाह्रो पर्ने रहेछ ।’
नेपालको कानूनले विदेशबाट चेचिस ल्याएर गाडीको बडी बनाउने र मर्मत गर्नेबाहेक अरु कल्पना नगरेको असीम बताउँछन् । जबकी उनको टिम नेपालमै डिजाइनदेखि उत्पादनसम्म गरेका त्यो सवारीलाई विश्व बजारमा पुर्‍याउन चाहेको छ ।
‘हामीले त डिजाइनमा नै युरोपियन र अमेरिकन मापदण्डलाई पछ्यायौं, किनभने हामीलाई ग्लोबल मार्केटसम्म पुग्नुछ,’ उनी भन्छन्, ‘तर सरकारले नै आफ्नो देशमा चल्ने सवारीको सुरक्षात्मक पाटोलाई ध्यानमा राखेर निर्देशिकाहरु बनाउनुपर्छ ।’
लक्ष्य युरोपको बजार
निकै प्रसववेदनाका साथ ३ पुसमा पी–जेरोको गर्वाधान भयो । र, ५० वटा मोटरसाइकलका प्रिअर्डर खुला गरिएको छ । त्यसक्रममा पी जेरोप्रति युवाले देखाएको उत्सुकताले असीम र उनको टिम खुसी र उत्साहित पनि छ ।
आगामी मार्चसम्म यो मोटरसाइकललाई सार्वजनिक रुपमा टेस्ट राइडिङ गर्न दिने योजना छ । त्यसका लागि पूर्वाधार निर्माण पनि गरिँदैछ । त्यसपछि ग्राहकको प्रतिक्रिया लिएर ठूलो संख्यामा व्यवसायिक उत्पादन सुरु गर्ने यात्री मोटरसाइकलका संस्थापक असीम बताउँछन् । त्यसका लागि म्यानुफ्याक्चरिङ प्लान्टसहित प्रोडक्सन स्टुडियोको डिजाइन गर्ने काम भइरहेको छ ।
साथै असीमको सपना छ, यात्री मोटरसाइकललाई युरोपका सडकहरुमा कुदाउने । नेपालमा व्यवसायिक उत्पादन सुरु नगर्दै कसरी यूरोपको सपना देखे त उनले ?
भन्छन्, ‘नेपाल पछि परेको आफ्नो उत्पादनलाई युरोपसम्म पुर्‍याउने सपना नदेखेर नै हो । सुरुबाटै यो प्रोडक्ट युरोप जान्छ भनेर त्यसैअनुसार मिहिनेत गरेका छौं । हामी संसारलाई देखाइदिन चाहछौं कि नेपालमा पनि यो स्तरको उत्पादन हुन्छ ।’
यति सोच राखेर अघि नबढे कम्पनी माथि उक्सिन नसक्ने उनी बताउँछन् । ‘हामी त जे सुरु गर्छौं, एउटा खत्रा लेभलबाट सुरु गरौं भन्नेमै थियौं,’ असीम भन्छन्, ‘युरोपले पनि नेपाली बाइक चढोस्, युरोपमा पनि नेपाली बाइक चलोस् ।’
प्रविधि कति बलियो ?
सुरुमा तयार गरेर परीक्षण गर्दा यात्रीको मोटरसाइकलले १४३ किलोमिटरको रेन्ज दिएको थियो । तर, असीमले त्यसमा चित्त बुझाएनन् । परिमार्जनसहित दोस्रोपटक परीक्षण गर्दा २३० किलोमिटरको रेन्ज पाइएको छ ।
यो मोटरसाइकलमा ३० किलोवाटको मोटर छ । हाल बजारमा उपलब्ध विद्युतीय मोटरसाइकलमा सामान्यत ३ किलोवाटको मोटर हुन्छ । त्यसैले पी जेरो शक्तिशाली बाइक हो । यसमा ६ किलोवाट आवरको ब्याट्री छ, जबकी नेपाली बजारमा १.९ किलोवाट आवरको ब्याट्रीवाला स्कुटर मात्र उपलब्ध छ । २ घण्टामा ८० प्रतिशत अर्थात् २ सय किलोटिर गुड्न सक्ने गरी ब्याट्री चार्ज हुन्छ ।
कम्पनी २० मिनेटमा चार्ज हुने डिसी फास्ट चार्जिङ पनि तयार गर्दैछ, जुन विश्वमा एकदमै थोरै कम्पनीले मात्रै तयार गरेका छन् । यसलाई प्रयोगमा ल्याउनुअघि कम्पनी नेपाल विद्युत प्राधिरकणले ल्याउने डिसी फास्ट चार्जिङको प्रोटोकल कुर्दैछ । कम्पनीकाअनुसार यो मोटरसाइकलले २३० किलोमिटर कुद्ने गरी चार्ज गर्दा ७० रुपैयाँ बराबर विजुली खर्च आउँछ । जबकी यही दुरी पार गर्दा पेट्रोल प्रयोग हुने मोटरसाइकलमा ७ सय रुपैयाँमाथि खर्च आउँछ ।
यस्तै चेचिस स्टिलसहित कम्पोजिट कार्वन फाइबरबाट बनाइएको छ, भने अन्य पार्टमा कार्वन फाइबर प्रयोग गरिएको छ ।
यात्री पी जेरोको सबैभन्दा रोचक पक्ष सफ्टवेयर हो । यसमा किलेस स्टार्ट सुविधा छ । आकर्षक तवरले राखिएको ‘रि–इम्याजिन्ड युजर इन्टरफेस’ छ, जहाँ चालकले खपत भएको तथा बचत गरेको इनर्जी, स्पीड लगायतका धेरैथरि सूचना दिइन्छ । यसलाई यात्रीको मोबाइल एपमा कनेक्ट पनि गर्न सकिन्छ ।
‘प्रयोगकर्ताले मोटरसाइकलबाट यति धेरै सूचना पाउँछन् कि बाइकमा महिनाभरि गरेको खर्च, बचाएको खर्च पनि निकाल्न सकिन्छ,’ असीम भन्छन्, ‘औसत गति पनि मापन गर्न सकिने भएकाले गतिलाई नियन्त्रणमा राख्न पनि सहज हुन्छ ।’

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget