Finding ways of solution for teaching learning issues.

तिहारले गरेकाे अपेक्षा


आदरणिय व्यक्तित्व तथा साथीहरु
जय नेपाल ।

सर्वप्रथमत नेपालीजनकाे दाेस्राे ठूलाे महान पर्व तिहार अर्थात् भाईटिकाकाे हार्दिक मंगलमय शुभकामना । याे अवसरले हाम्राे संगठनमा आवद्ध तपाईं हामी विचकाे सम्वन्ध अझ गाढा र प्रगाढ बनाेस् ।
हामी जननायक विपि काेइराला द्वारा प्रतिपादित प्रजातान्त्रिक समाजवादका अनुयायी राष्ट्रियता लाेकतन्त्र र समाजवादमा  प्रतिवद्ध छाैं र रहने छाैं यसमा कुनै शंका गर्ने ठाउँ नहाेला । तपाईं हामी विच सँधैं सुसम्वन्ध र हाम्राे संगठनकाे मिसनमा एैक्यवद्धता रहँदै आएकाे छ । तथापि अहिलेकाे वर्तमान अवस्थालाई नियाल्दा हाम्राे उपस्थिति राज्यका हरेक क्षेत्रमा कमजाेर बन्दै गएकाे यथार्थलाइ हामी चाहेर पनि लुकाउन सक्ने अवस्थामा छैनाैं । याे कटु सत्य जगजाहेर छ । हामी लाेकतन्त्रवादी माथि एक पछि अर्काे आक्रमण हुन थालेकाे छ । विपि विचारमा समर्पित तपाईं हामीले विभिन्न नाममा विना कारण दुख कष्ट र झन्झट वेहाेरी रहनु परेकाे छ । ठूला मुद्दामा त के हजुर साना भन्दा साना सराेकारका मुद्दाहरुमा हाम्राे सहभागितालाई निमिट्यान्न पार्ने प्रयासहरु भइरहेका छन् । 
हामी विच फुट सृजना गरेर विपक्षीले फाइदा लिँदै आएकाे वर्षाैं भइ सक्याे तर पनि हामी केहि गर्न सकिरहेका छैनाैं । हामीले अंगिकार गरेकाे आदर्श हाम्राे माटाेकाे लागि सर्वाेत्कृष्ट हाे भन्ने कुरा प्रमाणित भइसकेकाे भए पनि हामीले यसलाई जनजिविकासँग जाेड्न नसक्दा यसकाे संगठन र स‌ंवर्धन गर्न नसक्दा आज हाम्रा अग्रजहरु माथि नै धावा वाेल्दै हाम्राे आदर्श र कार्यशैली प्रति नै नकारात्मक संदेश प्रवाह गर्ने प्रयासहरु भइरहेका छन् । आफुसँग भएकाे सुगन्धकाे उपयुक्त सञ्चार गर्न नसक्दा हरक्षेत्रमा हामी पछाडि परेका छाैं र पारिएका छाैं । हजुर मेराे कुरामा सहमत हुनुहाेला या नहाेला तर घटनाक्रमले यस्तै यस्तै देखाउन थालेकाे अनुभुति हुँदैछ ।
हामी यस्ताे अवस्थामा कसरी आइपुग्याैं ? यसकाे लागि काे जिम्मेवार छ ? यी र यस्ता प्रश्न उठ्नु स्वभाविकै हाे । सरसरती हेर्दा प्रश्न नेतृत्व तिरै तेर्सिन्छ र यसकाे जिम्मेवारी लिइ नेतृत्वले सुदृधिकरणमा लाग्नु पर्ने तर्क आमरुपमा आउनु स्वभाविकै हाेला । तर यसाे भनेर आफु पानी माथिकाे ओभानाे हुनु राम्राे नहाेला । नेतृत्वले एक्लै सुदृढिकरण र सवलिकरणकाे कार्य गर्न संभव नहाेला । यसमा अलि बढि नेतृत्वकाे जिम्मेवारी हाेला तर लगभग त्यतिकै मात्रामा तपाई हाम्राे पनि कर्तव्यनिष्ठता र लगाव काे आवश्यकता पर्छ हाेला । 
संगठनले हामीलाई के दियाे भनेर प्रश्न गर्नु भन्दा पहिले हामीले हाम्राे संगठनलाई के दिन सकियाे भनेर प्रश्न गरी यसकाे जवाफ खाेज्न थालियाे भने पक्कै पनि यसले व्यक्तिलाई संगठन प्रति जवाफदेयी बनाउँहाेला । हामी प्रत्येककाे आआफ्नाे अस्तित्व छ पहिचान छ । हाम्राे याे हैसियत र पहिचानका लागि हाम्राे संगठनकाे कुनै भूमिका छैन र ?
लाेकतान्त्रिक पद्दतिमा चल्ने तपाईं हाम्राे संगठनमा गुट तथा उपगुट हरु आन्तरिक प्रतिस्पर्धाका लागि क्षणिक समयका लागि बन्नु या संगठनकाे लाेकतान्त्रिकरणका लागि बन्नु लाेकतान्त्रिक अभ्यास भित्र नै पर्ला तर बाह्य प्रतिस्पर्धामा यसकाे तुस रहनु दुर्भाग्य हाे । आन्तरिक द्वेस इर्श्या मनमुटाव तथा नकारात्मक प्रवृत्तिलाई त्यागेर हाम्राे सवलीकरणका लागि हामी एकजुट हुन जरुरी देखिन्छ । काेहि कसैकाे व्यक्तिगत सामिप्यतालाई हाइलाइट गरेर विल्ला भिराउने कार्यले संगठनलाई कमजाेर बनाउने निश्चित छ ।
मेराे विचारमा व्यक्ति कहिँ कतै कहिल्यै कसैकाे हुँदैन । यदि हुन्छ भने उ व्यक्तिगत फाइदाकाे भुमरीमा जकडिएकाे हुन्छ । व्यक्तिगत लगावलाई आकर्षण गर्ने तत्व कार्यशैली हाे । यदि हाम्राे कार्यशैली समय सापेक्ष र हाम्राे मूल आदर्श बमाेजिम भयाे भने काेहि कसैले पनि विद्राेह गर्दैन र यस्ताे वातावरण निर्माण अहिलेकाे टड्काराे आवश्कता हाे हाेला जस्ताे मलाई लागेकाे छ ।
पुरानाे पुस्ता जसले संगठनलाई जन्मायाे हुर्कायाे र हामीलाई यहाँ सम्म आइपुग्नका लागि रगत पसिना बगायाे हाम्राे सम्मानकाे भागिदार हुनुहुन्छ । वहाँहरुले संरक्षकत्वकाे भूमिका निर्वाह गरी परिवर्तित समय अनुसार कार्यशैलीमा परिमार्जन गरी नयाँ पिँडीलाई अवसर हरु प्रदान गर्दै जानु उपयुक्त हुन्छ हाेला । संगठनमा हावी हुँदै गएकाे नातावाद कृपावादलाई निस्तेज पारियाे भने पक्कै पनि संगठनकाे गरिमा कायम गर्न सकिएला । संगठनकाे गरिमा नै लाेकतान्त्रिक व्यवस्थाकाे सुनिश्चितता हाे । स‌ंगठनकाे सुदृढिकरण र सवलीकरण काे जिम्मेवारी तपाईं हाम्राे काँधमा आएकाे छ । त्यसैले काेहि कसैलाई दाेषाराेपण नगरी वर्तमानलाई स्वीकार गरी तपाईं हामी मिलेर संगठनकाे गरिमालाई बढाओैं ।
गाेविन्द भट्टराई
प्रदेश प्रतिनिधि
तनहुँ
नेपाल ट्रेड युनियन कंग्रेस
गण्डकी प्रदेश

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget