Finding ways of solution for teaching learning issues.

यमपञ्चककाे शुभकामना


आदरणिय व्यक्तित्व तथा  इष्टमित्रजन
सादर नमस्कार ।

आरामकाे शुभेक्षा सहित सुख सुस्वास्थ्य तथा सम्वृद्धिकाे कामना व्यक्त गर्न चाहन्छु । आज नेपालीजनकाे दाेस्राे ठूलाे चाड तिहारकाे अवसर पारेर तपाईं समक्ष म मा धेरै समयदेखि मानसपटलमा डेरा जमाएर बसेका भावना र चाहनाहरु पाेख्ने अनुमति चाहन्छु ।

गुनासाे छ मेराे तपाईं समक्ष किनकि तपाईं मेराे चाहाना भावना र मनाेकांक्षा तपाईं समक्ष व्यक्त गर्ने अवसर प्रदान गर्न कन्जुस्याईं गरे जस्ताे गर्नु हुन्छ । लाग्छ तपाईं समक्ष राख्न सकुँ र तपाईंमा गुज्रिरहेकाे अवश्थाकाे जानकारी प्राप्त गरी सँगै हातेमालाे गर्दै जीवनका उकाली ओराली गर्न सकुँ । तपाईं सायद साेच्नु हाेला म तपाईंकाे हाेइन र हामी विच कुनै किसिमकाे नाता छैन भनेर । तपाईंकाे यहि नै साेच हाे भने याे केहि पनि हाेइन केवल तपाईंकाे म प्रतिकाे नकारात्मक साेच मात्र हाे । तर हजुर म यसमा पनि सकारात्मक सुगन्ध प्राप्त गरिरहेकाे छु ।

तपाईंकाे आफ्नै अस्तित्व छ र मेराे पनि केहि हाेला । हामी विच धेरै समानताहरु छन् । तपाईं स्वाभिमानी हुनुहुन्छ । नैतिकवान् हुनुहुन्छ अनि अनुशासित हुनुहुन्छ । तपाईं आफ्नाे आदर्शमा अडिग रहनुहुन्छ । तपाईं त्यस्ताे व्यक्तित्व हाे जाे लाेकतन्त्र मानव अधिकार सुशासन र सामाजिक न्यायका लागि निर्भिक र निडर हुन्छ । अलाेकतान्त्रिक गतिविधिहरु तपाईं सहन गर्न सक्नु हुन्न र तुरुन्त आवाज बुलन्द गर्नु हुन्छ । यति मात्र कहाँ हाे र तपाईं आफ्नाे राष्ट्रलाई सदैव माया गरी प्राण भन्दा प्याराे ठान्ने एक सच्चा राष्ट्रवादी हुनुहुन्छ ।

नेपालकाे लाेकतान्त्रिक आन्दाेलनका क्रममा तपाईंकाे रगत पसिना बगेकाे छ । तपाईंले परिवर्तनका खातिर पुर्याएकाे याेगदान सम्झिदा तपाईंकाे मन प्रफुल्ल हुन्छ र गर्वले छाती फुल्छ र अनि तपाईं आफूलाई लाेकतन्त्रकाे एक असली सिपाही भन्न रुचाउनु हुन्छ । याे वास्तविकता पनि हाे । तपाईं आफ्नाे मुलुक लाेकतान्त्रिक पद्दतिकाे माध्यमबाट समाजवाद उन्मुख भएकाे हेर्न चाहनु हुन्छ त्याे पनि तपाईंकै पालामा । याे तपाईंकाे जीवनकाे मुख्य अभिष्ट हाे र मेराे पनि ।

अथक राजनितिक आन्दाेलन पश्चात उच्चतम् उपलब्धी प्राप्त गर्दै गर्दा तपाईंकाे मन हर्षले गदगद् भएकाे थियाे र एउटा सवल सक्षम र समृद्ध देश निर्माणकाे सपना साकार हुनेे आशा पलाएकाे थियाे । स्थायी शान्ति सद्भाव सामाजिक मेलमिलाप र राष्ट्रिय एकताकाे सूत्र बाट जीवनका हर आवश्कता पूरागरी सुखि जीवनकाे परिकल्पना गर्दै गर्दा कहिँ कतै तपाईंले देखेका सपना पूरा नहुने हुन् कि कतै हाँसिल गरेका उपलब्धीहरु लाई संस्थागत गरी स्थायी शान्ति कायम गर्न नसकिने हाे कि भनी संविधान निर्माण पश्चातका गतिविधिहरुलाई हृदयंगम गरी तपाईंकाे मनले अहिले शंका गर्न थालेकाे अनुमान सहज रुपमा गर्न सकिन्छ । शंकाले लंङ्का जलाउँछ । यसलाई झुट सावित गर्न अब ढिला नगरी तपाईं हामी एकजुट हुनुपर्ने मेराे बुझाइ छ ।

तपाईं र म विच त्यस्ताे निकट सम्वन्ध भए जस्ताे सायद तपाईंलाई नलाग्ला । न हामी विच रगतकाे नाता गाँसिएकाे छ, त्याे पनि हाेइन । हाम्राे सामाजिक आर्थिक साँस्कृतिक तथा भाैगाेलिक पहिचान एकै पनि हाेइन । तपाईं हिमाल पहाड तराई कहिँ कतैकाे हुनु हाेला र म पनि । हिमाल पहाड तराई काेइ छैन पराइ । जाे जहाँ बसे पनि जाे जे जस्ताे अवस्थाबाट गुज्रेकाे भए पनि हामी सवै नेपाली हाैं र हामी विच भातृत्वकाे प्रगाढ सम्वन्ध भएकाे यथार्थ हामीले कहिले पनि भुल्नु हुन्न । हामी सबैकाे पहिचान धर्म संस्कृति रितिरिवाज परम्परा हाम्रा साझा सम्पत्ति हुन् भन्ने यथार्थ तपाईं र मैले भुल्नु हुन्न हाेला ।

साँच्चै भनुँ ? तपाईं मेराे अझ खास हुनुहुन्छ किनकि तपाईं र मेराे जीवन पद्दती एउटै आदर्शबाट मार्गनिर्देशित छ । एउटै छातामुनी एकतावद्ध भइ जीउनका लागि सहकार्यकाे लाेकतान्त्रिक बाटाे स्थापित गराइ एउटै मूल्य मान्यता र आदर्श अवलम्वन गरी राष्ट्रकाे समुन्नतिका लागि समर्पित हुन प्रेरित गर्ने अग्रजहरु प्रति म तपाईं सहित हार्दिक नमन गर्न चाहन्छु । बाटाे एउटै गन्तव्य एउटै तर पनि हामी सँगै हिड्न सकिरहेकाे छैनाैं , किन ? के ले हामीलाई छेक्याे ? यी र यस्ता यक्ष प्रश्नकाे जवाफ काे खाेजी आज तपाईं र म मिलेर गर्नु परेकाे छ । याे नै आजकाे समयकाे आवश्यकता हाे  जस्ताे मलाई लागेकाे छ ।

भाई फुटे गवार लुटे । आज त्यहि भइरहेकाे छ । हामी विचकाे द्वन्दले समाजमा नकारात्मक सन्देश प्रवाह गरेकाे छ । हामी झनै कमजाेर हुँदै गइरहेका छाैं र सँगसँगै हाम्राे लाेकतान्त्रिक पद्दति पनि । एक पछि अर्काे अकल्पनिय घटनाहरु स्वभाविक बन्ने रेसमा छन् । लाेकतान्त्रिक मूल्य र मान्यता जसका लागि हामी लड्याै क्रमश कमजाेर बन्दै गएकाे परिदृष्य हामी टुलुटुलु हेरिरहेका छाैं । यदि तपाईं र मेराे सम्वन्ध यस्तै हालतमा रहने हाे भने के भन्न सकिन्छ र खै अहिले कमजाेर हुँदै गएकाे अवस्थाले निकट भविष्यमा मृत्यु वरण गर्दैन भनेर । 

तपाईं र म विचमा किन असामान्यजस्यता बढेर गयाे ? के ले हामीलाई  एक हुन बाट वञ्चित गर्याे ? कतै हामी व्यक्तिगत लाभ र स्वार्थ काे चंगुलमा त फसेका छैनाै ? के हामी सहि बाटाेमा हिँडिरहेका छाैं त ? अवकाे हाम्राे जिम्मेवारी के हाे ? र के हुनु पर्दछ ? यस वारेमा गहन मनन गर्न जरुरी देखिन्छ ।

मनहरु ओइलाउन लागेका छन् । आशाका किरणहरु ढल्न लागेका छन् । सपनाहरु टुट्ने अवस्थाबाट गुज्रिन लागेका छन् । हामीले हरहालमा आशाकाे दियाे निभ्न दिनु हुन्न । आपसी सहयाेग सुसम्वन्ध र एकताबाट मात्र हाम्राे लक्ष पूरा हुन सक्दछ र यसका लागि आउनाेस् तपाईं म र हामी आजैबाट एकवध्द हाेओै ।

अन्त्यमा नजिकिँदै गरेकाे नेपालीजनकाे महान चाड तिहारले तपाईं हामी विचमा भातृत्वकाे सम्वन्ध प्रगाढ बनाइ एकवद्ध भइ लाेकतान्त्रिक मूल्य मान्यताकाे संरक्षण तथा संवर्धन गर्दै संमृद्ध नेपाल निर्माणकाे महान कार्यमा आफ्नाे जिम्मेवारी सहित एकजुट हुनका लागि इच्छाशक्ति प्रदान गराेस् । शुभकामना ।




Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget