Finding ways of solution for teaching learning issues.

Articles by "Current ISSUES"

This post deals with ...................... . 

कोभिड १९ महामारीको दोस्रो वेभले अहिले देश आक्रान्त छ । विज्ञहरु तेस्रो वेभको प्रक्षेपण गर्दैछन् । महामारीको स्वरुप थप जटिल र घातक बन्दै गएको छ । महामारी विरुद्ध लडिरहेको देशको स्वास्थ्य सेवा सम्बन्धी संयन्त्र कमजोर बन्दै जाँदा स्थिति नियन्त्रण भन्दा बाहिर जाने हो कि भन्ने खतरा बढ्दो छ भने आफ्नो सामर्थ्य अनुसार सम्पूर्ण साधन र स्रोतको परिचालन गरि महामारी नियन्त्रण गर्नु पर्ने दायित्व बोकेको नागरिक सरकार चरम राजनीतिक दलदलमा फसेको छ ।

जनताले जनताको जनताका लागि गरिने शासनको उच्चतम् अवस्थामा पुगेर कार्यान्वयनको चरणमा पुग्दै गर्दा नागरिकमा भने चिन्ता, भय, सन्त्रास र वितृष्णा भरिदै गएको छ । घरघरमा सिँहदरबारहरु स्थापना त भए तर यसको अनुभूति नागरिकले गर्न सकेका छैनन् । स्वास्थ्य जस्तो अति संवेदनशील विषयमा सिंहदरबार उदाशीन बनिदिँदा आज कोभिड महामारीका विच जीवन रक्षा थप पेचिलो बन्दै गएको छ ।

हुनत कोभिड १९ यति संक्रामक भएर निस्केको छ कि यसको नियन्त्रण गर्न संसारका विकसित भनाउँदा मुलुकहरुलाई पनि हम्मे परेको छ । यस्तो अवस्थामा हाम्रो जस्तो मुलुक समस्यामा पर्नु अस्वभाभिक होइन  तथापि यसको नियन्त्रणका लागि के कस्ता योजना निर्माण र कार्यान्वयन भए भन्ने कुराले पक्कै महत्व राख्दछ ।

गत बर्षको माघ महिनामा पहिलो पटक संक्रमण देखा पर्दा परीक्षणका लागि स्वाव हङ्गकङ्ग पुर्‍याउनु परेको यथार्थले हाम्रो स्वास्थ्य सेवाको अवस्था कस्तो थियो भन्ने कुरा चित्रित गर्दछ । भलै यो अवस्थाबाट महामारीको ग्राफ बढ्दै जाँदा ल्यावहरु स्थापित भए । अस्थायी कोरोना हस्पिटलहरु स्थापित भए । देशमा लकडाउन गरियो । नागरिकहरुले तोकिएको स्वास्थ्य मापदण्डको पालना गरे । फलस्वरुप पहिलो वेभलाई हामीले परास्त गर्यौं भन्ने भन्ठान्यौं । हामीले यसो भन्दै गर्दा पश्चिमा मुलुकहरुमा कोरोनाको दोस्रो वेभ आइसकेको थियो । विज्ञहरुले दोस्रो लहर आउने चेतावनी त दिँदै थिए तर पनि पहिलो वेभमा देखापरेको संक्रमण दर र रोगको संक्रामक क्षमतालाई कमजोर आँकलन गरी दैनिक जीवन सामन्य बन्दै जान थाल्यो ।

यहि क्रममा देशमा राजनीतिक खिचातानीको शुरुवात भयो । खास गरेर सत्ताशीन पार्टी भित्रको आन्तरिक शक्ति संघर्षले उग्ररुप लिन थाले पछि संसदको पूर्णावधि नपुग्दै संसद विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गरियो । राजनीतिक दलहरु पक्ष र विपक्षमा संघर्ष गर्न थाले । को भन्दा को कम भनेर दुबै पक्षबाट जुलुस, र्‍याली, भेला लगायतका विरोधसभाहरु गर्न थालियो । महामारीका बेला राज्यको सम्पूर्ण सामर्थ्य यसको नियन्त्रणमा लगाउनु पर्ने बेलामा राजनीतिक दलहरु वीच चरम राजनीतिक ध्रुवीकरण हुन गइ सरकार नागरिक अधिकार प्रति उदशीन हुँदै अनुत्तरदायि बन्दै गयो । एक गुटले अर्को गुटलाई सिध्याउने खेलमा कार्यकर्ताका नाममा सोझासाझा नागरिकहरुको प्रयोग गर्न थालियो ।

कोभिड महामारीका कारण विश्व रोइरहँदा नेपालमा भने सत्ता र शक्ति आर्जनका लागि अन्तर संघर्ष चलिरहेको थियो । सरकारका जिम्मेवार व्यक्तिहरुबाट गैर्हजिम्मेवारपूर्ण अभिव्यक्तिहरुको बर्षा हुन थाल्यो । जसले गर्दा विपद व्यवस्थापनका लागि राज्यको तयारी पुगेन र कोभिडको दोस्रो लहरले हामीलाई थप आक्रान्त बनायो । अझ गम्भीर असर त के भयो भने देशको नेतृत्वबाट नै कोभिडलाई नजरअन्दाज गरी मनोखुशी अभिव्यक्ति दिँदा नागरिकहरुमा स्वास्थ्य सचेतना घट्यो र महामारीले उग्ररुप लिन पुग्यो ।

हुनत अब यसको उठान गरेर केहि फाइदा छैन । किनकि महामारी हामी विच काल बनेर आइसकेको छ । दोस्रो लहरले गाँज्दै गर्दा नागरिकमा सरकार प्रति अझै आशा र भरोसा टुटिसकेको थिएन । विगतको राजनीतिक खिचातानी सर्वोच्च अदालतले विघटित संसद पुर्नस्थापना गरिसके पछि सकिएको आँकलन सबैमा थियो । विपदका बेला पराईले त सहयोग गर्छन् भने आफ्नै मुलुकमा राजनीति गर्ने नेतागण विच त विपद व्यवस्थापनका लागि सहकार्य हुन्छ र देशको सम्पूर्ण शक्ति महामारीका विरुद्ध एकजुट हुन्छ भन्ने नै थियो ।

आखिर राजनीतिक खिचातानीलाई अदालतले पनि रोक्न सकेन । सरकार एकलौटी ढंगबाट अगाडी बढ्दै गयो । संसदमा प्रधानमन्त्रीको स्वेच्छिक विश्वासको मत देखि अगाडी अल्पमतको सरकार हुँदै पुनः संसद विघटन र मध्यावधि निर्वाचनमा आइपुग्दा पुनः देशमा संकट आइपरेको छ ।

नागरिकहरु अस्पतालमा वेड, अक्सिजन, आइसियु र भेन्टिलेटर नपाएर दिनदिनै मृत्युवरण गर्दैछन् । फ्रन्टलाइनमा खटेका स्वास्थ्यकर्मीहरु चौबिसै घण्टा खटिरहेका छन् । तर उनीहरुले यथेष्ट साथ र सहयोग प्राप्त गर्न सकिरहेका छैनन् । अस्पताल, वेड तथा अन्य स्वास्थ्य सामग्रीको व्यवस्थापन केवल घोषणामा सिमित हुन पुगेको छ । अहिले देशभर निषेधाज्ञा लागू गरिएको छ । नागरिकहरुले सामान्य जीवन जीउन सकेका छैनन् । खासगरी मध्यम तथा निम्न स्तरका नागरिकहरु दुई हात मुख जोर्नका लागि संघर्षशील छन् । उनीहरुलाई राज्यबाट राहतका प्याकेजको व्यवस्थापन गरिएको छैन । नागरिक स्तरबाट संचालित परोपकारी फुड बैंकहरुलाई भीडभाड बढ्ने नाममा क्रमशः निरुत्साहित गरिँदैछ ।

नागरिक रक्षाका लागि पूरा गर्नु पर्ने दायित्वबाट राज्य विमुख हुँदै गएको अनुभूति हुन थालेको छ । विश्वमा धेरै मुलुकका नागरिकहरुले कोभिढ विरुद्धको खोप लगाइ सके । खोप लगाएकाहरुलाई संक्रमण भए पनि जटिल बन्दो रहेनछ । त्यसैले संकट न्यूनीकरणका लागि सबै नागरिकहरुलाई खोपको सुनिश्चितता गर्नु अहिलेको आवश्यकता हो ।

राजनीति जनजीविकासँग जोडिनु पर्दछ । यदि राजनीतिले नागरिक आवश्यकता पूरा गर्न सकेन भने राजनीतिक व्यवस्था प्रति नै वितृष्णा पैदा हुन्छ । राजनीतिक मुद्दाहरुका कारण दलहरु विभाजित होलान्, नागरिकहरु विभाजित होलान् । संवैधानिक, असंवैधानिक कामहरु भएका होलान् । यसको छिनोफानो राजनीतिक तथा कानुनी तवरबाट हुँदै जाला । तर यो संकटको घडिमा महामारी नियन्त्रणका लागि सबै राजनीतिक दलहरुको सहकार्य अपरिहार्य छ ।

स्मरण रहोस्, नागरिक जीवन रक्षा अहिलेको टड्कारो आवश्यकता हो ।


गोविन्द भट्टराई

   तनहुँ


 



बन्दाबन्दी र यसको परिपालना
गोविन्द भट्टराई
भानु, तनहुँ, १४ वैसाख २०७७
आज नेपालमा लकडाउन यानेकी बन्दाबन्दी भएको तेत्तिसौं दिन । टेष्टिङ्ग र ट्रेसिङ्ग बढे सँगै थप नयाँ कोरोना संक्रमणका केसहरु विभिन्न जिल्लाहरुमा आइरहेको अवस्था छ । सुखद पक्ष यो छ कि संक्रमण बढे पनि थप जटिलता देखापरेको छैन र कोरोनालाई परास्त गरेर संक्रमितहरु घर फर्किन थालेका छन् । संकटको पूर्व तयारी खासै नभए पनि र स्वस्थ्य उपचार व्यवस्थापनमा प्रारम्भिक चरणमा सरकारको तर्फबाट केहि कमजोरी भए पनि अहिले सबै क्षेत्रको अवस्था सुधारोन्मुख हुनुले नागरिकमा कोरोना त्रास कम हुँदै गइरहेको छ ।

माहामारीका वीच देखा परेको चरम राजनितिक खिचातानीले थप सन्त्रास सृजना गर्न नखोजेको भने होइन । तथापि राजनितिक द्वन्दले युटर्न लिएर कोरोना कहरका लागि एकजुट हुनै पर्ने सन्देश दिए सँगै अब अर्को गल्ति पक्कै हुनेछैन भनेर नागरिकहरु आशावादी भएर कोरोना सँग लड्नका लागि क्रमशः तयार हुँदै गरेको अवस्था छ । एक दिन बढि रक्सी खाएर घरमा आएर श्रीमतीलाई अनाहकमा पिट्ने श्रीमान् पश्चातापको भुमरीमा परि केहि दिन संयम भएर बसे जस्तै सायद अब यो माहामारीमा अर्को कुनै भूल हुनेछैन आशा गरौं ।
बन्दाबन्दी रहर होइन यो वाध्यता हो । सायद आज तेत्तसौं दिनमा आइपुग्दा यसको बारेमा नबुझ्ने कोहि पनि छैन । कोरोना मानव इतिहासकै एक अदृष्य शत्रु हो र यसले जुनसुकै बेला जुनसुकै ठाउँमा आक्रमण गर्न सक्छ र जीवन हरण गर्न सक्छ । सायद यो पनि अब सबै नागरिकहरुलाई थाहा भइसकेको छ । यसको उत्पत्ति कसरी भयो भन्ने अन्योलता भए पनि यो कति विध्वङ्गसकारी छ र कति तीब्र वेगमा फैलिरहेको छ भन्ने कुरा जग जाहेर छ । मानिस बाट मानिसमा मात्र नभइ जुनसुकै चिज बस्तुबाट पनि यसको संक्रमण हुन सक्ने र यसबाट बच्नका लागि नियमित साबुनपानीले हात धुने अनि सेनेटाइजरको प्रयोग गर्ने भन्ने कुरा अब साना साना बालबालिकाले समेत सहजै भन्ने अवस्था सृजना भइसकेको छ । सामाजिक दूरी कायम गर्ने, घरमै बस्ने, अत्यावस्यकीय कामका लागि घर बाहिर जानु पर्ने भए अनिवार्य पञ्जा तथा मास्कको प्रयोग गर्ने भनेर अब भनिरहनु नपर्ने हो । तथापि बन्दाबन्दीको अवधि बढ्दै जाँदा नागरिकमा हुनु पर्ने सचेतता क्रमशः कम हुँदै गएको हो कि भन्ने भान हुन थालेको छ ।
हुनतः लामो समयसम्म घरमै बस्नु पर्दा समय कटाउन असहज पक्कै भएको छ । दिन गए रात जाँदैन अनि रात गए दिन जाँदैन । यहाँ समय व्यतित गर्न कठिनाइ त छँदै छ । अर्को तर्फ दैनिक उपभोग्य बस्तुहरु सकिँदै जाँदा र यसको व्यवस्थापनको स्रोत नहुँदा जनजीवन थप कष्टकर हुँदै गएको छ । कोरोना माहामारीले यहि अवस्था रहि रहने हो भने सायद अब भोकमारी अवश्यम्भावी छ । कोरोना संक्रमण बढ्दै गएका ठाउँहरु क्रमशः सिलहुँदै गएका छन् । त्यहाँको जनजीवन झनै कठिन बनेको छ । त्यसैले यदि तपाई हामी अहिले बसिराखेको समुदायमा पनि संक्रमण भयो भने के होला ? यसबारेमा हामीले विलम्ब नगरी सोच्ने बेला आएको छ ।
मानिसहरुमा एकातर्फ कोरोना संक्रमणको त्रास छ भने अर्को तर्फ दैनिक उपभोग्य बस्तुको अभावमा भोकै बस्नु पर्ने अवस्था सृजना हुँदै नजाला भन्न सकिन्न । यदि यस्तो अवस्था आयो भने कल्पना गर्नुहोस् त खानेकुराको अभावका वीच निस्किएको अवोध बालबालिकाको चित्कार अनि यसको व्यवस्थापन गर्न नसकेर टुलुटुलु हेरेर बस्नु पर्ने बाध्यता तपाईं हामी वीचमा आए के होला । त्यसैले यस्तो अवस्था आउन नदिनका लागि तपाईं हामी थप सचेत भएर हामीले पूर्व तयारी गर्नु पर्दछ । धनी भए पनि गरीव भए पनि आखिर हामी सबै नेपाली हौं । हामीले यस्ता किसिमका समस्या मिलेर समाधान गर्नु पर्दछ किनकि हामी जीउँदाको जन्ती र मर्दाको मलामी हौं ।
सरकारी संयन्त्र र परोपकारी सँघ संस्थाले यो कार्यमा अग्रणी भूमिका खेल्लान् र तपाईं हाम्रो यसमा हातेमालो पक्कै होला । हुनत आज सम्म खासै त्यस्तो भएको त छैन । खैर आशा अझै नमारौं । तर अहिले बन्दाबन्दी बढ्दै जाँदा तपाईं हामी अझ बढि सचेत हुनु पर्नेमा अलि बढि लापरवाही गर्न थालेका छौं जस्तो लागि रहेको छ । यसमा तत्काल हामीले पुनर्विचार गर्नु जरुरी छ ।
बन्दाबन्दी शुरुहुँदै गर्दा यसको कडाइका साथ तपाईं हामीले पालना गरेका थियौं । अत्यावस्यकीय काममा मात्र हामी बाहिर जान्थ्यौं । बाहिर जाँदा अनिवार्य मास्क लगायतका सामग्री प्रयोग गर्थ्यौं र सामाजिक दूरी कायम गर्थ्यौं  । तर अहिले हामीले खासै यो विषयमा सोचेका छैनौं । आफ्नै गाउँ टोल छरछिमेकमा त केहि हुँदैन भन्ने भावना क्रमशः बढ्दै गएको हो कि जस्तो लाग्न थालेको छ । फेरि हामी त विश्वमा कहलिएका बहादुर गोर्खा पनि हौं । कतै कतै नेपालीहरुलाई त यो कोरोनाले केहि गर्न सक्दैन भन्ने खालका कुराहरु पनि सुनिन थालेका छन् । नेपालीको स्टामिना दह्रो छ र हतपत केहि हुन्न भन्ने सुनिदैछ । हुन त कोरोना संक्रमणलाई परास्त गर्न राम्रो स्टामिना चाहिने रहेछ । तर आफू ओभर कन्फिडेण्ट भएर हामीले लापरवाही गरियो भने सायद हाम्रो स्टामिनाले नथेग्ला कि । फेरि हामीमा कति स्टामिना छ र यो कोरोनालाई परास्त गर्नका लागि पर्याप्त हो होइन पनि हामीलाई थाहा छैन । त्यसैले यस्ता किसिमका हल्लाका पछि लाग्नु हुँदैन ।
समाजका विद्वत वर्गबाट या अगुवाहरुबाट सामाजिक दूरी कायम गर्ने कुरामा या व्यक्तिगत सुरक्षा कवज अवलम्बन गर्ने कुरामा सावधानीका कुरामा केहि सल्लाह सुझाब दिँदा र अनुरोध गर्दा समेत खासै गम्भीर नबनेका घटनाहरु पनि सुनिन थालेको छ । सावधानी तपाईं या मेरा लागि मात्र होइन । हाम्रो सावधानी हामी सबैको लागि हो । यदि म मा संक्रमण भयो भने तपाईं सुरक्षित हुन कठिन छ र यदि तपाईंमा संक्रमण भयो भने म सुरक्षित हुन कठिन छ । तसर्थ हाम्रो सुरक्षा हाम्रो परिवारको सुरक्षा हो । हाम्रो परिवारको सुरक्षा हाम्रो समुदाय र समाजको सुरक्षा हो भन्ने कुरा हामीले आत्मसात गर्नु पर्दछ ।
अहिले पछिल्लो समयमा शहरबाट गाउँ गाउँमा नागरिकहरु आउने क्रम बढेको छ । शहरको जीवन कष्टकर हुँदै जाँदा यो क्रम अझ बढ्ने निश्चित छ । आपत परे पछि मानिसले आश्रय खोज्छ । अनि सहज आश्रय परिवार नै हो । आउन पाउनु पर्दछ र आउने क्रम छ । तर उनीहरुलाई अनिवार्य क्वारेन्टिनमा राख्नु पर्दछ । यसको व्यवस्थापन स्थानीय स्तरमा हुनु पर्दछ र नबआगन्तुकले यसमा बसेर कोरोना संक्रमण नियन्त्रणका लागि सहयोग गर्नु पर्दछ । साथै क्वारेन्टिनमा बसेकालाई अनिवार्य स्वाब परीक्षणको व्यवस्था समेत गरिनु पर्दछ ।
देश भित्रबाट मात्र नभइ देश बाहिर बाट पनि मानिसहरु आउने क्रम छ र यो भविष्यमा बढेर जाने देखिन्छ । यसले अब गाउँलाई थप जोखिम बनाउन सक्दछ । तसर्थ तपाईं हामी मिलेर थप क्वारेन्टिनको व्यवस्थापन मिलाउँदै जानु पर्ने बेला आएको छ । थप सतर्कता नअपनाइए समस्या जटिल बन्न सक्दछ । त्यसैले सतर्कतापूर्वक तयारीका साथ हामीले अझ केहि दिन बन्दाबन्दीको पालना गर्नु श्रेयष्कर हुनेछ ।





महामारीको मारमा मजदुर
कोरोना माहामारी रोकथामको अचुक औसधिको रुपमा प्रयोग गरिएको बन्दाबन्दीको अवधि बढ्दै जाँदा र यसको अन्त्यको विकल्प नदेखिरहँदा यसबाट जनजीवनमा परेको असर मुलुकभर विकराल बन्दै गइरहेको दृष्यहरु देखापर्न थालेका छन् । खासगरी नागरिकको सुरक्षाका लागि अबलम्बन गरिएको बन्दाबन्दीको अशर अहिले आएर ज्याला मजदुरी गरेर दुई हातमुख जोड्ने जोहो गर्नेहरुका लागि अभिसाप बन्दै गइरहेको छ ।
परिवारको सुख सम्वृद्धि र खुशीका लागि गाउँबाट सामल बोकी शहरतिर मजदुरी गर्न हानिएका आशावादी मनहरु खाद्यान्न अभावका कारण विचलित भएर जीवन जोगाउनका लागि अहिले निराश बनेर दुखले आर्जेको कुम्लोकुटुरो बोकी आफ्नो गाउँघर र परिवारसँगै दुःख साटासाट गरी जीवनको भारी विसाउनका लागि हप्तौंको पैदल यात्रा गर्न विवश छन् । एका तर्फ भोको पेट अर्को तर्फ कोरोना भाइरसको संत्रास त्यसमा पनि सुरक्षाका लागि खटिएका राष्ट्रसेवकहरुबाट बाटोमा हुने चेकजाँच अनि अनाहकको सास्तिका विच रोइरहेका मनहरु अविरल आफ्नो गन्तव्य तर्फ लागिरहेका दृष्य देशका मुख्य सडकहरुमा देखिएको धेरै भइसक्यो । साना दुधे बालक बोकी टन्टलापुर घाममा हप्तौं देखिको यात्रा अनि बाटोमा भेटिएकाहरुबाट बन्दाबन्दीको उल्लङ्घनका नाममा हुने गरेको सास्ती सायद अमानवियताको पराकाष्टा हो भन्नु अनुपयुक्त नहोला ।
चारै तिर विभिन्न तहका सरकारहरुको उपस्थितिले नागरिकको सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने हो उचित व्यवस्थापन हुनु पर्ने हो र वास्तविक पिडितले राहत प्राप्त गरेर कमसेकम बन्दाबन्दी अवधिभर आफू रहेकै ठाउँमा सुरक्षित तवरबाट बस्न पाउनु पर्ने हो । कतै सरकारी निकायहरुवीचको हानाथापका कारण नै उनीहरु पट्यारलाग्दो निरन्तरको लामो आश्रय खोज्ने यात्रामा हिड्न वाध्य भएका त होइनन् ? प्रश्न गर्नु पर्ने अवस्था आएको छ ।
दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने पनि नेपाली नागरिक नै हुन् । विश्व मै उत्कृष्ट भनिएको नेपालको संविधान २०७२ ले सायद उनीहरुलाई पनि समेटेको छ । तर अहिले यसको प्रत्याभूति गर्न पाएको अवस्था छैन । विपदको समयमा नागरिकका धेरै अधिकारहरु खुम्चिन पुग्छन् यो जोखिम न्यूनिकरणका लागि आवश्यक पनि हुन सक्ला । तर व्यक्तिको सुरक्षित बस्न र बाँच्न पाउने अधिकारमाथी कुनै पनि अवस्थामा  सम्झौता हुन सक्दैन भन्ने कुरामा राज्य तथा हामी नागरिकहरु सजग हुनु पर्दछ ।

हरेक समुदायमा कोरोनाको सन्त्रास छ । कतिपय ठाउँहरुमा त जाने मार्ग नै बन्द गरिएका छन् । एक गाउँबाट अर्को गाउँमा आउजाउ गर्न बन्द गरिएको अवस्था छ । यो सुरक्षाका लागि ठिकै होला । तर अत्यावस्यकिय कामका लागि सामाजिक दुरी कायम राखेर दैनिक गुजारा चलाउने वातावरण निर्माण तर्फ हाम्रो ध्यान जानु जरुरी देखिँदैछ । सजगताका नाममा मानिसहरु वीच विभेद हुनु हुँदैन । अफ्ट्यारोमा परेकालाई सहयोग गर्नु मानवीय धर्म हो र यो बहन गर्ने बेला आएको छ ।
चुनावका बेला कार्यकर्ताहरु ओसार पसार गर्न गाडीको लर्को लाग्ने गर्दथ्यो । तर अहिले विपदमा परेका नागरिकहरुले गन्तव्य सम्म पुग्नका लागि कुनै विकल्प पाएका छैनन् । बन्दाबन्दी भएकै कारण व्यवस्थापन मिलाउन नसकेको हो भने बाटोमा भौतारिएका नागरिकहरुलाई सुरक्षित ठाउँमा खाने बस्ने प्रवन्ध गर्नका लागि किन हामी चुकिरहेका छौं र उनीहरुलाई देखेको नदेख्यै गरिरहेका छौ ? के हाम्रो समाजमा मानवताको खोजी गर्न टुकि नै बाल्नु पर्ने अवस्था आएको हो ?
परिवारसँग छुट्टिएर बस्नु परेको पिडा गाउँमा फैलिदै गएको संक्रमण र परिवारजनको असुरक्षा अनि विहान बेलुका छाक टार्नका लागि खाद्यान्नको अभाव बस्नका लागि सुरक्षित ओतको खडेरीका वीचको जिन्दगी कस्तो होला । त्यसमा पनि चर्को घाममा बन्दाबन्दी उल्लङ्घनका नाममा पाउने सास्ती सायद यो भन्दा कारुणिक अवस्था हुँदैन होला । अनकन्टार जङ्गलको बाटो जङ्गली जनावरको त्रास अनि त्रासका वीच आफ्नै घर पुग्ने आश कहिले सकुसल पुग्ने होला गन्तव्यमा? यहि अन्यौलका वीच सरकारले लकडाउनलाई अझ कडाइ गर्ने र मानिसहरुलाई हिड्न नदिने अनि जहाँ छन् त्यहि उचित व्यवस्थापन गर्ने नीति तय गरे सँगै बाटोमा अलपत्र परेकाहरु जहाँ छन् त्यहिँ रोकिएका खवरहरु आउन थालेका छन् । उनीहरुले उचित खानपिन र बासस्थानको अवसर प्राप्त गरी सुरक्षित सँग बस्ने व्यवस्थाको सुनिश्चितता होस् ।
विपदको समयमा अलपत्र परेकालाई सहयोग गर्नु नै पहिलो प्राथमिकता हुनु पर्दछ । जति पनि विपदका घटनाहरु घट्दै गर्दा यसबाट प्रतक्ष प्रभावित हुनेलाई पहिलो प्राथमिकतामा राखेर कार्य गरिन्छ र गर्नु पर्दछ । नत्र एक विपदबाट अन्य विपदको सृजना हुन सक्दछ । यसमा सबैको ऐक्यबद्धता हुनु पर्दछ ।
सरकारी निकायबाट पहल कदमी लिने हो र यसलाई मुर्त रुप दिने कार्यमा सहयोग गर्नका लागि गैर्ह सरकारी निकायहरु तथा नागरिक समाजको हातेमालो अपरिहार्य छ । तसर्थ कोरोना भाइरस प्रकोपलाई परास्त गर्नका लागि अहिले देशका विभिन्न ठाउँमा अलपत्र परेका नागरिकहरुलाई सुरक्षित गरौं र महामारी विरुद्धको अभियानमा आआफ्नो ठाउँबाट सहयोग गरौं । देशभरका मजदुरहरुलाई सुरक्षित ठाउँमा सहजतापूर्वक जीउन सक्ने वातावरण निर्माणमा सबैको ध्यान जाओस् । कोहि कसैले दुई छाक हातमुद जोड्न नसकेर भौतारिनु नपरोस् ।
गोविन्द भट्टराई
तनहुँ
  




कोरोना संक्रमण फैलिन नदिने उपाय
२२ चैत्र २०७६
कोरोना भाइरसको संक्रमण नेपालमा पनि बढ्दै गएको छ । विदेशबाट आएकोमा मात्र संक्रमण देखिँदै आएकोमा स्थानीयहरुमा पनि संक्रमण हुन शुरु भएको छ । सुदुर पश्चिमकी एक महिलामा आज संक्रमण देखिए सँगै अवस्था थप जटिल बनेको छ । हाल सम्म संक्रमण तेस्रो देशबाट आएका हरुमा मात्र देखिएको थियो भने आज छिमेकी मुलुक भारतबाट आएका व्यक्तिमा देखिएको हो । हाल नेपालका विभिन्न भूभागमा भारतका विभिन्न भागमा बसोबास गरी लाखौं नेपाली सुदुर पश्चिम प्रदेश लगायत विभिन्न भागहरुमा आइसकेका छन् भने कति पय त अझै पनि आउने क्रममा छन् । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तीब्र गतिमा फैलिरहँदा नेपालमा थप त्रास सृजना भएको छ ।

अब के गर्ने ?
अनिवार्य सतर्कताः
कोरोना माहामारी हामी नेपालीको मात्र संकट होइन र यो हामीबाट पनि सृजित होइन । अहिले समग्र विश्व नै यसको चपेटामा नराम्ररी फँसेको छ । हामीले सवधानी अवलम्बन गरी यसलाई फैलन दिन हुँदैन । हामीले नागरिकको तर्फबाट जो कोहिले पनि सजिलै गर्न सक्ने सावधानी भनेको लकडाउनलाई पूर्णरुपमा पालना गर्नु हो । सबै नागरिकहरुले आफू आफ्नो परिवार समुदाय र राष्ट्रका लागि अनिवार्य सावधानी अपनाउनु पर्दछ ।
आवश्यक सामग्रीहरुको उपलब्धताः
अहिले धेरै ठाउँमा सावधानी  लागि प्रयोग हुने सामग्रीहरुको अभाव छ । नागरिकहरुले आवश्यक मात्रामा हातधुनका लागि साबुन मुखमा लगाउने मुखारी (masks) पञ्जा लगायतका सामग्रीहरु सहजरुपमा प्राप्त गर्न सकेका छैनन । अझ सेनेटाइजर त झनै परको कुरा भयो र धेरैलाई यो के हो थाहा छैन र  ग्रामिण क्षेत्रमा यसको उपलब्धता नै छैन । यस्तो अवस्थामा यी सामग्रीहरु उपलब्ध गराएर वितरण गर्ने कुराले प्राथमिकता पाउनु पर्दछ ।
सचेतना कार्यक्रम सञ्चालनः
विशेष गरि ग्रामिण क्षेत्रमा कोरोना के हो र कति सम्म खतरा निम्तिन सक्छ अनि यसबाट बच्नका लागि के गर्ने भन्ने विषयमा अझ पनि त्यति धेरै चासो भएको पाईंदैन । नेपालीहरु जडिवटीहरु खाएका विश्वमै कहलाएका बहादुरहरु हुन् र उनीहरुलाई यो संक्रमणले खासै भेट्न सक्दैन भनेर भन्ने गरिएको पनि सुनिन्छ । यदि यस्तो अवस्थालाई गम्मिररुपमा नलिने हो भने यसबाट थप जटिलता उत्पन्न हुन सक्ने खतरा त्यतिकै छ । त्यसैले तुरुन्त सरोकारवाला स्थानीय सरकारहरुले मातहतका होम क्वारेन्टाइनमा रहेका आफ्ना राष्ट्रसेवक कर्मचारीहरुलाई प्रत्येक पालिकाहरुमा सचेतना अभियान चलाउनका लागि पहल गर्नु पर्दछ ।
अनिवार्य क्वारेन्टिनको व्यवस्थाः
प्रत्येक पालिकाहरुले अनिवार्य क्वारेन्टाइनको व्यवस्था गर्नु पर्दछ । बाहिरबाट आएका मानिसहरु धेरै पालिकाहरुमा अहिले पनि डुलघुम गरिरहेको पाइएको छ । उनीहरुलाई तत्काल क्वारेन्टिनमा ल्याएर राख्ने व्यवस्था गर्नु पर्दछ । कतिपय पालिकाहरुले घरमै क्वरेन्टिन मा राखे पनि उनीहरुले लापरबाहि गरेका दृष्यहरु देखिन थालेका छन् । तसर्थ प्रत्येक स्थानीय तहले अनिवार्य आफ्नै क्वारेन्टाइन बनाएर आशंका भएकाहरुलाई राख्ने व्यवस्था गर्नु पर्दछ ।
अलपत्र परेका र भारतको सीमावर्ती इलाकामा क्वारेन्टिनमा भएका लाई आफ्नै क्वरेन्टिनमा ल्याउनेः
अहिले भारतमा जोखिम बढे सँगै भारतको विभिन्न भूभागमा श्रम गरेर बस्ने गरेका नेपाली नागरिकहरु नेपाल भारतको सिमामा अलपत्र अवस्थामा रहेका छन् । महाकाली नदिमा जोखिम मोलेर नेपाल आउने क्रम पनि घटेको छैन । भारतबाट रातीको समयमा भागेर आउने क्रम पनि रोकिएको छेन । त्यस्तै भारतको क्वारेन्टिनमा दुर्व्यवहार भएको र बस्नलाई सहज पनि नभएको भन्ने कराहरुपनि आइरहेका छन् । यहि अवस्था रहिरहे भोली भागेर मात्र होइन भगाएर पनि नेपाल आउनु पर्ने वाध्यता हुन सक्ने कुरालाई मननगरी तत्काल उक्त नागरिकहरुलाई नेपालको क्वारेन्टाइनमा ल्याइनु पर्दछ । यो कार्यले उनीहरु लगायत हाम्रो सुरक्षा मात्र नभइ एउटा नागरिकले आफ्नो देश आउन पाउने उसको अधिकारको पनि रक्षा हुन्छ ।
भारतबाट आएका सबैलाई अनिवार्य क्वारेन्टाइनः
कोरोनाको प्रकोप बढिरहँदा भारतको विभिन्न शहरहरुबाट लाखौं नेपाली नागरिकहरु नेपालका विभिन्न भूभागमा आइपुगेका छन् । भारतमा कोरोना संक्रमण भुसको आगो जस्तै गरि फैलिँदै छ । त्यसैले उनीहरु सबैलाई क्वारेन्टिनमा राख्ने व्यवस्था गर्न सके यो महामारीलाई थप फैलिन दिन बाट रोक्न सकिन्छ । तसर्थ सबैको निगरानी हुनु पर्दछ ।
स्वस्थ्यकर्मीलाई तत्काल सुरक्षाका सामग्रीको उपलब्धताः
केहि ठूला अस्पतालमा केहि थान सुरक्षाका सामग्रीहरु भए पनि ग्रामिण क्षेत्रका अधिकांश अस्पताल तथा स्वस्थ्य केन्द्रमा खटिएका स्वस्थ्य कर्मीमा यसको पहुँच छैन । यहि कारणले कोरोना संक्रमणको सन्त्रासका कारण सहज उपचार हुन सकेको छैन । सामान्य किसिमके फ्लू आए पनि यसको उचित उपचार हुन सकेको छैन । तसर्थ सबै स्वस्थ्य कर्मीहरुलाई सुरक्षाका सामग्री तत्काल उपलब्ध गराउनु पर्दछ ।
चेक जाँचका लागि उपकरणको व्यवस्थाः
धेरै जसो ठाउँमा सामान्य ज्वरो नाप्नका लागि प्रयोग हुने थर्मल गन को पनि व्यवस्था नहुँदा नागरिकले अड्कलेर उपचार पद्दति अवलम्बन गर्नु परेको छ । तसर्थ यसको अनिवार्य व्यवस्था हुनु पर्दछ ।
सुरक्षाकर्मीको सुरक्षाका लागि सामग्रीको उपलब्धताः
फिल्डमा खटिने सुरक्षाकर्मीका लागि आवश्यक पर्ने सम्पूर्ण किसिमका सामग्रीहरु पर्याप्त हुनु पर्दछ । उनीहरुलाई हौसला र प्रोत्साहन दिनु पर्दछ । नागरिकहरुले उनीहरुको आदेशको पालना गरि सुरक्षा अवस्थालाई चुस्त र दुरुस्त बनाउनका लागि सहयोग गर्नु पर्दछ ।

संक्रमण आशंका भएकाको द्रुततर परीक्षणः
जति पनि संक्रमणको आशंका भएकाको स्वाव परीक्षणलाई तीब्र बनाउनु पर्दछ ताकि संक्रामक सहजरुपमा पत्ता लागुन् र संक्रमण नफैलियोस् । 
 प्रत्येक स्थानीयस्तरमा विपदकोष स्थापनाः

स्थानीयस्तरमा समस्यामा परेका नागरिकहरुलाई तत्कालिन समस्या समाधानका लागि कोष स्थापनागरी राहतको कार्यलाई तीब्र बनाउनु पर्दछ । राहत वितरण वास्तविकताका आधारमा पारदर्शी ढंगले हुनु पर्दछ ।
नागरिकले वास्तविक आवश्कतामा मात्र राहतको अपेक्षा गर्नेः
यो एक विपदको समय हो । विपदमा केहि पिडा पनि हुन्छ । यसलाई नागरिकले केहि हदसम्म आफैं समाधान गर्नु पर्दछ । दुई हात मुख जोर्न नसक्नेका लागि चुलोमा आगो बाल्ने प्रयोजनका लागि राहत उपलब्ध गराउनका लागि नागरिकले साथ दिनु पर्दछ ।
समाजसेवी स्थानीय सँघसंस्थाहरुको सकृयताः
विपद व्यवस्थापन एक आफैंमा जटिल कार्य भएकोले यसलाई परास्त गर्नका लागि सबैले आआफ्नो ठाउँबाट कर्तव्य र जिम्मेवारीका साथ सहयोग गर्नु पर्दछ । स्थानीय स्तरका सँघसंस्थाहरुले तत्काल सहयोग संकलन अभियानमा जुटेर आइपर्न सक्ने विपदलाई परास्त गर्नका लागि तयारी शुरुगर्नु पर्दछ ।
अन्त्यमा सचेत हौं, हेलचेक्र्याई नगरौं अनि साबधानी अपनाओं । यो एक विपदको घडिमा संयम भएर हरेक नागरिकले आ-आफ्नो ठाउँबाट आफूले सकेको सहयोग गर्ने बेला आएको छ । हामी प्रण गरौं, हामी कोरोनालाई परास्त गर्न सक्छौं ।
गोविन्द भट्टराई
  तनहुँ










Citizen's Role against COVID 19 (Corona Viruses)
 Govinda Bhattarai, April, 3,
The face of the world has gradually been deemed into grey due to corona viruses pandemic. Even the world's giant forces with elevated medical facilities have been stretching their untiring efforts to ameliorate the prevailing deteriorating situation. The medical scientists and the experts are in their rigorous practice to discover the antidote to overcome the viruses in many countries in the World.

The virus has spread so rapidly that more than a million people in more than 200 countries in the glove have been directly affected and more than 55 thousand people have been killed so far. The rate of contamination and its transformation is rising day by day. If this trend continues, it will certainly become catastrophic to humans. Most of the countries in the world have been locked down to check it from being more serious hazards and the governments made a plea to their citizens to apply precaution seriously with patience and hope.
Crisis is always panic and hits seriously with awful unexpected effect. But, people must be well prepared and struggle to overcome it with determination and hope. It is said that every problem comes with its solution and it is supposed to be invented soon. Humans have defeated all types of forces and let's hope that a day will come when we citizens of the world fearlessly raise our heads with stretching arms towards our destination i.e. security, freedom, progress and prosperity for the pursuit of happiness in our life.
Almost all the governments in the world are struggling with all their might against covid 19 pandemic. It is the duty of citizens to support their governments to cope with the hazard. Following preventive measures like use of masks, globes, washing hands with shops regularly, use of sanitizers, keeping social distancing, sanitation, etc. should be strictly followed by all.  Doctors and security personnel have been working hard despite the lack of decent Personal protective equipment in many countries to rescue the victims. We might not help them for medication as most of us don't have adequate knowledge on it. But, one thing we certainly can do and must do is to praise them.
Obeying the emergency sanction made by the governments is obligatory.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget