Finding ways of solution for teaching learning issues.

भानु नगर स्तरीय रनिङ्ग शिल्डमा होरालोको ह्याट्रिक


 तनहुँ भानु, ६ चैत्र २०७७

भानु नगरपालिकाको आयोजनामा होमराज लोहनी शारदा शिक्षा सदनले व्यवस्थापन गरी सञ्चालन गरेको भानु नगर स्तरीय तेस्रो रनिङ्ग शिल्ड प्रतियोगिताको आज एक समारोहका विच समापन कार्यक्रम सम्पन्न भएको छ । नगरका मेयर उदयराज गौलीको अध्यक्षतामा होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन भएको कार्यक्रममा प्रतियोगितामा विभिन्न विधामा प्रथम द्वितीय र तृतीय स्थान हासिल गर्ने विभिन्न विद्यालयका खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको छ । 



प्रतियोगितामा नगरका  २५ माध्यमिक विद्यालय र १ आधारभूत विद्यालय गरी जम्मा २६ विद्यालयहरुले विभिन्न २८ ओटा विधामा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा साविक विजेता होरालो प्रारम्भबाट नै अग्र स्थानमा रहे पनि प्रतियोगिताको अन्त्य तिर पुग्दा मनोहर माध्यमिक विद्यालय र होरालो विच कडा प्रतिस्पर्धा भएको थियो । भलिवल छात्र र छात्रा दुवै विधामा होरालोले जीत निकाले सँगै एक पटक पुनः होरालो प्रथम हुन सफल भएको छ । होरालोले ८ स्वर्ण, ४ रजत र ४ कास्य गरी जम्मा १६ पदक प्राप्त गरेको छ भने ७ स्वर्ण, ६ रजत र ३ कास्य सहित जम्मा १६ पदकमा चित्त बुझाउँदै मनोहर मा.वि. द्वितीय भएको छ । ३ स्वर्ण र १ कास्य सहित जम्मा ४ पदक जितेर त्रिभुवन माध्यमिक विद्यालय तृतीय स्थान प्राप्त गर्न सफल भएको छ । 


प्रतियोगितामा २ स्वर्ण र ५ रजत सहित कालिका मा.वि. चौथो, २ स्वर्ण, ४ रजत र ५ कास्य सहित हिमालय मा.वि. पाँचौं, २ स्वर्ण र २ कास्य सहित फिस्टेल आवासिय मा.वि. छैटौं, १ स्वर्ण, २ रजत र ३ कास्य सहित आदर्श सरस्वती मा.वि. सातौं, १ स्वर्ण, १ रजत र २ कास्य सहित राष्ट्रिय मा.वि. आठौं, १ स्वर्ण, १ रजत र १ कास्य सहित चोक मा.वि. नवौं, १ स्वर्ण र १ रजत सहित सरस्वती सदन मा.वि. दशौं, २ रजत सहित जयबुद्ध आवासिय मा.वि. एघारौं, १ रजत र ४ कास्य सहित भानु संस्कृत मा.वि. बाह्रौं,  १ रजत सहित जनजागृति मा.वि. भानु ३ तेह्रौं र १/१ कास्य सहित पुर्कोट ल्याण्डस्टर आवासिय मा.वि, अरनिको मा.वि. र तनहुँ मनकामना आवासिय मा.वि. चौंधौं स्थानमा रहेका छन् । अन्य विद्यालयहरुले सहभागितामा मात्र चित्त बुझाउनु परेको छ ।


कार्यक्रमका दौरान विभिन्न तहबाट सहयोग पुर‍्‍याउनु हुने सँघ संस्थाहरुलाई भानु नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखाका प्रमुख ध्रुवराज पौडेलले धन्यवाद ज्ञापन गर्नु भएको छ ।  स्वस्थ्य सेवा का लागि ३ नं जगदल गण भानु र शहरी स्वास्थ्य संस्था भानु, सुरक्षाका लागि इलाका प्रहरी कार्यालय भानुले नगरप्रमुख उदयराज गौलीबाट मायाको चिनो प्राप्त गरेका थिए । १५ कार्टुन खानेपानी  निशुल्क उपलब्ध गराउनु हुने शीतला किराना पसल भानु २ लाई शिक्षा युवा तथा खेलकुद शाखा प्रमुखले विशेष धन्यवाद दिनु भएको थियो   कार्यक्रमको कुशल व्यवस्थापनका लागि होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय परिवार धन्यवादको भागिदार बनेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक गोविन्द भट्टराईले गरेका थिए ।प्रतियोगितामा जित संगै होरालो ले ह्याट्रिक पूरा गरी शिल्ड पचाएको छ। 


Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget