म जे हुँ, जो म
सोच्दछु अनि तपाईं तेहि हो जो म तपाईं हुनै पर्दछ भन्ने मान्यता राख्दछु । यो मेरो
भनाई हैन । म यहाँ तपाई भएको छु । म चानचुने मानिस होइन, जो तपाईं सोच्नु हुन्छ
आफूलाई र तपाईंको ब्रम्हले भन्छ म हुँ र हुनैपर्छ, अनि तपाईं वेचैनीले ग्रस्त भएर
सामल बोकेर पछि लाग्नुहुन्छ हरेक पल पलमा, क्षण क्षणमा कालो करतुतको साहरा लिएर
धुरा हान्दै मैमत्त साँढेले जस्तो । तपाईंको अलोकप्रियताको कारक म होइन जो तपाईं
हरदम दावा गर्नु हुन्छ र बेचैन भएर षडयन्त्रका तुना बुन्दै म माथि कुनै अनिष्टको
कामना गर्दै मलाई लङ्गडो बनाएर आफू सग्लो भएको दशी देखाउनका लागि लडखडाउँनु हुन्छ भेडाले
आफ्नो गन्ध थाहानपाएर अरुलाई सुँघ्दै भौतारिए जस्तै । असफलता कसैको इच्छा वा
कामनाबाट हुने भए ठाउँको ठाउँ जे भन्यो तेहि हुन्थ्यो होला श्री स्वस्थानी
व्रतकथामामान्छेको टाउको काटेर बोकाको भिराए जस्तो । सफलता वा असफलता,
संतुष्टि वा असंतुष्टि कर्ममा
आधारित हुन्छ भन्ने कुरा सायद तपाईंले बुझ्नु भएको छैन र तपाईंलाई यो मैले बुझेको
छैन भन्ने कुराको पनि हेक्का छैन ।
एउटै अभिष्ट
तपाईंको आफ्नो नाक ठाडो पार्ने सायद यो मानवीय ध्येय नै हो भन्नेमा दुईमत नहोला ।
तर सवाल आफ्नो अस्तित्व कायम गर्न अरुको अस्तित्व निमिट्यान्नै पार्नु पर्ने,
बाँदरले बारीको मकै जरैदेखि उखेले जस्तो ? आफ्नो अस्तित्व आफ्नो पहिचान हो जुन जो
कोहिलाई कायम राख्नु छ र यसका लागि हरेक प्रयत्नशील हुने गर्छन् र हुन्छन् ।
क्रियाले प्रतिकृया जन्माउँदछ । जस्तो कर्म तेस्तै फल । तीते फापर छरेर तेलहन
उत्पादन सम्भव हुन्न । नकारात्मकताबाट सकारात्मक फल लाग्न सक्दैन ।
जाइ कटक नगर्नु
झिकि कटक गर्नु,
सायद यहि नै यथार्थ होला जीवनको ।
हुङ्कारबाट
आत्मरति त मिल्ला तर सास्वत सत्य लुकाएर पनि नलुकेका कैयौ दृष्टान्तहरु जगजाहेर
छन् । सायद मानवीय मूल्य, मान्यता, आस्था, कर्तव्य र अधिकारका बारेमा समाज
सुसज्जित भइसकेको छ । अधिकारको प्रयोग गर्दा कर्तव्य विमुख नभई सबैको अस्तित्वको
सम्मान गर्दै सबै तह र तप्काका नागरिकहरुलाई एकाकार गर्नु पर्दछ भाईटिकाको मखमली
फूलको माला जस्तै । यसका लागि व्यक्तिगत लाभ र हानीबाट माथि उठ्न सक्ने नेतृत्वको
मूल फुटाउनुको विकल्प छैन ।
तनहुँ
Post a Comment