Finding ways of solution for teaching learning issues.

शिक्षक सँघको स्थापना दिवशको शुभकामना

नेपाल शिक्षक सँघ प्रजातन्त्रवादी शिक्षकहरुको हक हित र संरक्षणका लागि स्थापित शिक्षकहरुको एक पेसागत फोरम हो । अर्थात् लोकतान्त्रिक विधि र पद्दतिमा विश्वास गर्ने सम्पूर्ण शिक्षकहरुको आश्रय स्थल हो नेपाल शिक्षक सँघ । यसले स्थापनाकाल देखि नै शिक्षकहरुका साझा मुद्दाहरु उठान गर्दै शिक्षकको हक हित र अधिकारको संरक्षण गर्दै शिक्षकलाई पेसागत रुपमा दक्ष र सक्षम बनाउनका लागि कार्यहरु गर्दै आएको छ । यसले शिक्षकका लागि पुर्याएको योगदानको कदर गर्दै आज यसको स्थापना दिवसको अवसरमा सम्पूर्ण शिक्षकजनमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।

आज शिक्षक सँघ को ३१ औं स्थापना दिवस मनाइरहँदा शिक्षक सँघले वास्तविकरुपमा आफ्नो गन्तव्यमा पुग्नका लागि के कसरी कार्य गरिरहेको छ भन्ने कुराको मनन गर्नु पर्दछ । लोकतान्त्रिक सँस्कार र पद्दतिलाई अंगिकार गरी विद्वत वर्गका समस्या समाधानमा सँघ कसरी कार्य गर्दै छ भन्ने कुरा मुख्य कुरा हो । राज्यद्वारा सृजना गरिएका विभिन्न किसिमका विभेदको अन्त्य गर्दै राज्यमा शिक्षकको अस्तित्व स्थापित गर्ने दिशा तर्फ अबको शिक्षक सँघ अगाडी बढ्नु पर्दछ । शिक्षकलाई एउटा मर्यदाक्रममा समेत स्थापित गर्न नसक्नु के यो हाम्रो पेसागत सँघको कमजोरी होइन र ? किन यस्तो भयो र हामी के मा चुक्यौं ? देश निर्माणका लागि मानव संशाधनको निर्माण गर्ने हामी शिक्षकहरु राज्यको मर्यदाक्रमा उल्लेख नै नहुनु दुर्भाग्यपूर्ण छ ।  त्यसैले पहिलो लडाईं अस्तित्वको हुनु पर्ने देखिन्छ ।
शिक्षण गर्नेलाई शिक्षक भनिन्छ । शिक्षण भनेको सिकाउनु हो जुन एक जटिल कार्य मानिन्छ । शिक्षण अपेक्षित उपलब्धीउन्मुख हुनु पर्दछ जसका लागि सक्षमताको आवश्यकता पर्दछ । एक शिक्षकमा शिक्षणका लागि आवश्यक सम्पूर्ण सक्षमता हुनु पर्दछ भन्ने कुरामा कुनै दुईमत छैन । शिक्षकका सम्पूर्ण कार्य आवश्यक सक्षमता उन्मूख हुनु पर्दछ । सक्षमता प्राप्त गर्न साधनाको आवश्यकता पर्दछ। तसर्थ शिक्षक एक साधक पनि हो । 
शिक्षक सँघको आधारभूत उदेश्य शिक्षकमा आवश्यक सक्षमता अभिवृद्दि गर्नु हुनु पर्दछ ताकि शिक्षकको माध्यमबाट अपेक्षित उपलब्धी विद्यार्थीको पहुँच सम्म पुर्याउन सकियोस् । तसर्थ शिक्षकको सक्षमतामा टेवा पुग्ने कार्यक्रमहरु शिक्षक सँघले गर्नु पर्दछ ।
पेसागत हक हित र अधिकारको सुनिश्चितताकालागि शिक्षक आफ्नो कर्तव्यमा अडिक रहनु पर्दछ । शिक्षणलाई मुख्य पेसा ठानी शिक्षणको धर्म निर्वाह गरेमा मात्र शिक्षकले आफ्ना हक अधिकारका विषयका आवाज उठाउने हैसियत राख्न सक्छन् भन्ने कुरा शिक्षक सँघको बटमलाईन हुनु जरुरी देखिन्छ । शिक्षकलाई शिक्षणमा समर्पित गरी सिकाइका लागि कृयाशील गराउने कार्य शिक्षक सँघले गर्नु पर्दछ ।
सक्षम शिक्षक हुनु भनेको हरेक विषम परिस्थितिका पनि शिक्षणको कार्य को निरन्तरता दिन सक्नु हो । यसका लागि आवश्यक पर्ने सम्पूर्ण सीपको विकासमा शिक्षक सँघले साथ निभाउनु पर्दछ । शिक्षकको संख्यात्मक वृद्दि संगठनको विस्तारमा होला तर शिक्षकको गुणात्मक अभिवृद्दिले पुरै संगठनको जीवन्ततामा टेवा पुग्दछ । 
अहिले शिक्षकलाई समाजले हेय को दृष्टिले हेर्ने गरेको पाइन्छ । शिक्षक वास्तवमा गुरु हो तर अहिलेको समाजले शिक्षकलाई गुरुको रुपमा मान्न छाडेको छ । हरेक प्रकारको कार्यमा पथप्रदर्शकको भूमिका निर्वाह गर्ने शिक्षक अहिले मास्टर साव हुन पुगेका छन्  शिक्षक वास्तवमा गुरु हो । तर यो यथार्थ अहिले छाँयामा पर्न थालेको छ । 
शिक्षकलाई गुरु बनाउने कार्यमा हाम्रो ध्यान जान आवश्यक देखिएको छ । देश निर्माणकालागि  मानवीय सभ्यताको विकासका लागि र मानवमा शुख शान्ति र समवृद्दिका लागि शिक्षण आवश्यक छ । 
शिक्षम सँघले एउटा असल शिक्षक भएर आफ्नो पहिचान कायम गर्दै शैक्षिक विकासका लागि सम्पूर्ण शिक्षकजनलाई समर्पित हुन प्ररणा प्रदान गरोस् । ३१ औं शिक्षक सँघ स्थापना दिवसको शुभकामना ।
गोविन्द भट्टराई
शिक्षक
होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु - २ नारेश्वरटार तनहुँ ।



Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget