Finding ways of solution for teaching learning issues.

सम्झनामा साँघुटार


जीवन भाेगाइका अवयवहरुलाई पार गर्ने क्रममा लगभग जीवनकाे ३० भन्दा माथिकाे उमेरमा तत्कालीन मध्यमाञ्चल अहिलेकाे बागमती प्रदेश अन्तरगतकाे रामेछाप जिल्लाकाे पूर्वीभागमा लिखु नदिकाे किनारमा अवस्थित साँघुटार बजारमा जीवनकाे गाडीलाई हिमगंगा बहुमुखी क्याम्पसकाे फ्युलले दौडाउने अवसर मेराे जीवनकाे एक महत्वपूर्ण क्षण थियाे । लिखु नदिकाे किनारमा अवस्थित सानाे ऐतिहासिक बजारमा डेरा जमाइ लिखु नदिका माछाहरु सती दहमा दाैडिए झैं रामेछापकै एक प्रतिष्ठित माध्यमिक विद्यालय हिमगंगा माध्यमिक विद्यालयका कक्षाकाेठाहरुमा एउटा भाषा शिक्षकका रुपमा दौडिन पाउँदा अत्यान्तै गर्व लागेकाे थियाे मलाई । 
लिखु नदिकाे किनार, दुई जिल्लाकाे सिमाना, त्यति मात्र कहाँ हाे र दुई अञ्चल अनि दुई विकासक्षेत्र (तत्कालिन) र दुई प्रदेश बागमती र १ नं प्रदेशकाे संगम स्थलमा बसेर दुवै प्रदेशमा सेवा प्रवाह गर्न पाउनु मेरा लागि एक अवशर पनि थियाे मेराे शिक्षण क्यारियर निर्माणमा । सामाजिक मेलमिलाप र सहिष्णुता अनि साथ र सहयाेग जस्ता मानविय मुल्य र मान्यताकाे प्रतक्ष अवलाेकन गर्दै मित्रवत् वातावरणमा कार्य गर्न पाउनु सायद मेरा लागि अत्यान्तै उपयाेगी रह्ये । फलस्वरुप अहिले म याे अवस्थामा आइ पुगेकाे छु ।
प्राकृतिक सुन्दरता मात्र नभइ ऐेतिहासिक,  धार्मिक तथा पुरातात्विक दृष्टिकाेणबाट पनि साँघुटार एक महत्वपूर्ण ठाउँ हाे जस्ताे लाग्छ मलाई । लिखु पारी ओखलढुङ्गा जिल्लाकाे नर्मदेश्वरमा अवस्थित नर्मदेश्वर महादेवकाे मन्दिर जुन सताव्दी अगाडी निर्माण भएकाे थियाे, यस क्षेत्रकाे एक धार्मित गन्तव्य पनि हाे । धार्मिक रुपमा मात्र नभएर पुरातात्विकरुपमा पनि याे महत्वपूर्ण छ । बेलुकीपख चिसाे हावा खाँदै मन्दिर परिसर घुमेकाे र मन्दिरका मनमाेहक फुलहरुकाे सुगन्धसँगै रमाएकाे हिजाे जस्ताे लाग्छ मलाई । जस्ताे सुकै पीडा र अमनचैनमा पनि शितलता प्रदान गर्ने मन्दिर परिशरले अहिले पनि घच्घच्याइ रहन्छ मलाई । लाग्छ चरि झैं भुर्र उडेर पुगिहालुँ तर मानिस परिस्थितिकाे दाश रहेछ । साेचेकाे कुरा कहाँ सवै पुरा हुन्छ र । 
बजारकाे सिरानमा अवस्थित चिसाे पानीकाे धारा, गर्मीकाे बेला शितलता प्रदान गर्ने सती दह र राणाकालिन समयमा पूर्व तर्फकाे भूभागलाई जाेड्नका लागि बनाएकाे लिखु नदि माथिकाे झाेलुङ्गे पुल अहिले पनि मेराे मानसपटलमा घुमिरहन्छन् । अति नै मिलनसार साथीभाई, विभिन्न अवसरमा आयाेजना हुने साँस्कृतिक कार्यक्रम, शनिबारे हाट, अनि हाटमा पाइने लिखुकाे असली माछा र रामेछापकाे जुनार यहाँका प्रमुख विशेषताहरु हुन् । यस्ताे ठाउँमा छाेटाे समय भए पनि व्यतित गरी आफूलाई साँघुटारे हुँ भनेर भन्न पाएकाेमा म गर्व गर्दछु ।
विद्यालयका प्रधानाध्यापक झनहरि दाहाल सर, क्याम्पसका साथीहरु, हितैसी मित्र दाइहरु राजबाबु भाैकाजी, मेघराज बुढाथाेकी, दिपक याेगी लगायत मेराे शुभेक्षा राखेर साथ र सहयाेग गर्नुहुने सम्पूर्ण मान्यजन तथा साथीभाई इष्टमित्रहरु प्रति म कृतज्ञता ज्ञापन गर्न चाहन्छु । 
स्थानीय श्राेत र साधनलाई सदुपयाेग गर्दै संस्थागत हित तथा सामुदायिक हितलाई आत्मसात गरी विभिन्न सृजनात्मक कार्य गर्दै सामाजिक उत्थानमा जुट्नका  लागि अग्रसर साँघुटार समाज काठमाण्डौं साँघुटार समाज साँघुटार बजार र साँघुटार थाक्लेबेंशी यूवा क्लव साँघुटारकाे स्मरण गर्दै हिमगंगा माध्यमिक विद्यालय तथा हिमगंगा बहुमुखी क्याम्पसकाे उत्तराेत्तर प्रगतिकाे कामना गर्न चाहन्छु । बर्षै पिच्छे सञ्चालन हुने वार्षिकाेत्सब र त्यसकाे निम्ताे तर निभाउन नसक्ने वाध्यताले मन खिन्न हुने गर्दछ । याे मन भन्छ साँघुटार जाउँ तर परिस्थितिलाई खै कता पाे लैजाउँ ।
जे हाेस् हिमगंगा माध्यमिक विद्यालय हिमगंगा बहुमुखि क्याम्पस र सम्पूर्ण साँघुटारवासीकाे सधा उन्नति र प्रगति हाेस् । शुभकामना ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget