Finding ways of solution for teaching learning issues.

हाेरालाेकाे अत्यान्त जरुरी सूचना


भानु नगरपालिका वडा नं २ नारेश्वरटार तनहुँमा अवस्थित हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयकाे विद्यालय व्यवस्थापन समिति गठनकाे प्रयाेजनका लागि मिति २०७६ चैत्र ६ गतेका दिन विद्यालयमा अभिभावक भेलाकाे आयाेजना गरिएकाे छ । अघिल्लाे समितिकाे मिति २०७६ फाल्गुण ८ गते कार्य अवधी समाप्त भए सँगै नयाँ प्रकृया शुरु भएकाे हाे । 
विद्यालय स्राेतका अनुसार विद्यालयसँग सराेकार राख्ने सम्पूर्ण अभिभावक, बुद्धिजिवी, स्थानीय स्तरका राजनितिक दलका प्रमुख तथा प्रतिनिधीहरु, जनप्रतिनिधीहरु, विद्यालयका सँस्थापक, चन्दादाता, जग्गादाता, अक्षयकाेष दाता, पूर्व शिक्षक तथा विद्यार्थीहरु एवम् विद्यालयसँग सम्वन्धित सम्पूर्णमा उपस्थितिका लागि पत्राचार भइसकेकाे छ । "यदि कुनै कारणवस पत्र नपुगेकाे भए यसै सूचनालाई आधार मानेर उपस्थित भइ दिन हुन विद्यालयले हार्दिक अनुराेध गर्दछ," विद्यालयका प्रधानाध्यापक हाेमनारायण श्रेष्ठले बताउनु भएकाे छ ।
विद्यालय स्राेतका अनुसार कार्यक्रम एस.इ.इ. परीक्षाकाे समाप्ती सँगै दिनकाे ठीक ११ बजेबाट सञ्चालन हुनेछ ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget