Finding ways of solution for teaching learning issues.

भानु नगरपालिका वडा नं २ का वडाध्यक्ष अर्जुन बहादुर केसीकाे अनुराेध

१० चैत्र २०७६ फुस्रेटार भानु
भानु नगरपालिका वडा नं. २ का वडाध्यक्ष श्री अर्जुन बहादुर केसीले आज भानुवासी सम्पूर्ण नागरिकहरुलाई सम्भावित काेराेना भाइरस संक्रमण न्यूनीकरणका लागि जनहितमा एक वक्तव्य जारी गरी सचेत रहनुहुन अनुराेध गर्नु भएकाे छ । वहाँकाे वक्तव्यलाई यहाँ साभार गरिएकाे छ ः


आदरणिय भानुवासी आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरु
अहिले मुलुक काेराेना भाइरस Covid 19 काे उच्च जाेखिममा रहेकाे कुरा सर्वविधितै छ । काेराेनाका कारण विश्व आक्रान्त भएका बेला हाम्राे देशमा अहिलेसम्म भाइरस प्रवेश भइनसकेकाे अवस्था हाम्राे लागि सुखद हाे । याे अवस्थामा काेराेना भाइरसकाे संक्रमण लाई राेकथाम गर्नु र हाम्राे समाजलाई सुरक्षित राख्नु नागरिक कर्तव्य हाे । तसर्थ यस विषयमा सचेत रहनु हुन सम्पूर्ण वडावासी दाजुभाई तथा दिदीबहिनीहरुमा म हार्दिक अनुराेध गर्दछु ।
अहिले हामी काेराेना भाइरस संक्रमणकाे उच्च जाेखिममा छौं । आजबाट अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाप्रदायक सरकारी निकायहरु बन्द गरिएकाे छ । नागरिकहरुलाई अत्यावस्यकिय काममा बाहेक घर बाहिर ननिस्किनका लागि नेपाल सरकारले उर्दि जारी गरेकाे अवस्था यहाँहरु सवैलाई अवगत नै छ । याे कार्य नेपालमा हुन सक्ने सम्भावित जाेखिम न्यूनीकरणका लागि भएकाे हाे र यसमा तपाईं हामी सवैकाे साथ र सहयाेग हुनु जरुरी छ । 
याे एक विपदकाे अवस्था पनि हाे र यसमा हामीले गम्भिरतापूर्वक सचेतता अपनाउनु आवश्यक छ । विभिन्न सामाजिक  सञ्जालहरुमा काेराेना सम्वन्धी भ्रम सृजना गर्ने खालका खवरहरु आउने गरेकाे पाइएकाे छ । कुनै पनि नयाँ खवर आएमा यसकाे आदिकारिकता लाई ख्याल गरेर मात्र तदानुसारकाे व्यवहार गर्नु हुन अनु्राेध  छ । यसबाट बच्नका लागि हामीले विशेष गरी व्यक्तिगत सरसफाइमा ध्यान दिनु पर्दछ । साबुनपानीले अनिवार्य हात धुने बानीकाे विकासले हामीलाई संभावित खतराबाट जाेगाउन सक्ने कुरामा हामी सचेत हुनु पर्दछ । 
अहिलेकाे परिवेशमा काेराेनाबाट बच्नका लागि सामाजिक सम्पर्क (Social Distancing) ले महत्वपूर्ण भूमिका खेल्ने हुँदा एक अर्का विचमा हुने सम्पर्कलाई घटाउनु पर्दछ । घरबाहिर जानु परेमा मास्ककाे प्रयाेग गर्नु उपयुक्त हुन्छ ।
हाम्राे नगरपालिका वडा कार्यालयबाट हामीले यस भन्दा अगाडि पनि विभिन्न  सूचना प्रवाह गर्दै आएका छाैं । कुनै  पनि सभा सम्मेलन समाराेह बैठक तथा  सार्वजनिक भेला सम्वन्धी कुनै पनि कार्य नगर्नु नगराउनु हुन पुनः अनुराेध गर्दछु ।
अहिले विद्यालय लगायत सम्पूर्ण शिक्षण सँस्थाहरु बन्द रहेकाे अवस्था छ । कतिपय परीक्षाहरु स्थगित भएका छन् । अहिले स्थगित भएका परीक्षाहरु अवस्था सुध्रिए पछि सञ्चालन हुने छन् । तसर्थ सम्पूर्ण वडावासी आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरुलाई आफ्ना नानीबाबुहरुकाे स्वस्थ्यकाे ख्याल गर्दै उनीहरुकाे पढाइलाई घरमै निरन्तरता दिने वातावरण निर्माण गरिदिन हुन आग्रह गर्दछु । 
अहिले सम्म हाम्राे देशमा संक्रमणका घटना नदेखिए पनि हामीले लापरवाही भने कदापि गर्न हुँदैन । कुनै किसिमकाे स्वास्थ्यमा गडवडी भएमा नजिकैकाे स्वस्थ्य केन्द्रमा नआत्तिकन सम्पर्क गर्नु हाेला । काेराेना का लक्षणहरु रेडियाे तथा टेलिभिजन लगायत सञ्चारका सम्पूर्ण माध्यमहरुबाट प्रसारित भइरहेकाे छ । यसलाई सुनेर सचेत भइ तदानुरुपकाे व्यवहार गर्नु गराउनु हुन अनुराेध गर्दछु ।
याे संकटकाे घडीमा सवैले एक अर्कामा सहयाेग गर्नु पर्दछ । कृतिम अभाव सृजना गरी जनजीवनलाई कष्टकर बनाउनु हुँदैन । याे विषयमा आफू पनि सचेत हाेओै र अरुलाई पनि सचेत बनाओैं ।
                                                                                              
                                                                                          अर्जुन बहादुर केसी
                                                                                                वडाध्यक्ष
    वडा नं. २ भानु नगरपालिका फुस्रेटार तनहुँ ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget