Finding ways of solution for teaching learning issues.

काेराेनाकाे कहाली


काेराेना भाइरसकाे संक्रमण विश्वव्यापीरुपमा बढ्दाे छ । दिनहुँ संक्रमितकाे संख्या बढ्दै गइरहेकाे छ । नेपाल पनि यसबाट अछुताे रहन सकेन । हामी कहाँ पनि ४ जनामा काेराेना संक्रमण भइसकेकाे छ । यसबाट स्पष्ट हुन्छ कि हामी काेराेनाकाे उच्च जाेखिममा छाैं ।
सरकारले यसबाट बच्नका लागि नेपालभर लकडाउन गरेकाे पनि आज चाैथाे दिन वितेकाे छ । धेरै नेपालीहरु अहिले आफ्नै घरमा बसेकाे अवस्था छ । काेराेना भाइरस एक अर्काकाे सम्पर्कमा सर्ने भएकाे हुँदा राज्यले लागू गरेकाे लकडाउनकाे आदेशलाई पालना गर्नु नागरिक कर्तव्य पनि हाे । यसकाे पूर्ण पालना काेराेनालाई परास्त गर्ने सजिलाे तथा हाम्राे लेवलबाट गर्न सकिने एक उपाय पनि हाे । हुनत घरमा बसेर मात्र हुने भन्न खाेजिएकाे हैन । तर बाहिर ननिस्किकन बसेमा बच्नका लागि सहज हुन्छ ।
इमर्जेन्सीमा भन्दा बाहेक भरसक घरबाट बाहिर ननिस्किनु नै बुद्धिमानी हुन्छ । साथै हामीले हरेक कृयाकलापमा सावधानी अपनाउनु पर्दछ । वाहिर कतै जानु परेमा मास्क तथा पञ्जाकाे प्रयाेग गर्ने । हरेक काम गरि सके पछि साबुन पानीले हात धुने , सेनेटाइजरकाे प्रयाेग गर्ने । ताताे पानी वा चिया कफि जस्ता पदार्थहरु बेला बेलामा सेवन गरी शरिरलाई ताताे अवस्थामा राख्ने प्रयास गर्ने । भरसक बाहिर नै नजाने । यदि जानु परेमा घरमा फर्किने वित्तिकै लगाएकाे कपडा धुनका लागि राख्ने र सकिन्छ भने भरसक नुहाउने बानी गर्नु उपयुक्त हुन्छ । व्यक्तिगत सरसफाइमा बढि ध्यान दिनु उपयुक्त हुन्छ । 
काेराेना भाइरस विश्वमा एकदमै रफ्तारमा फैलिरहेकाे छ । याे तपाईं हाम्राे ठाउँमा पनि आउँदैन भन्न सकिँदैन । हामीले व्यक्तिगत सम्पर्कलाई कम गर्नु पर्दछ । एक अर्का विच कम भेटघाट गर्ने र भेटघाटका समयमा अनिवार्य 
मास्ककाे प्रयाेगगरी एक अर्कावीच लगभग ३ फिटकाे दुरी कायम गर्ने कार्यले यसबाट बच्नका लागि सहयाेग पुग्दछ ।
डक्टरहरुका अनुसार याे भाइसरले प्रतिरक्षा प्रणालीमा आक्रमण गर्ने हुँदा हामीले हाम्राे शरीरकाे प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउनका लागि हाम्राे खाने बानीमा सुधार गर्नु पर्ने देखिन्छ । सफा सुग्घर र शरीरलाई फाइदा गर्ने खाना मा जाेड दिइ शरीरलाई हानी गर्ने किसिमका खानेकुरा खानु हुँदैन । 
आफुलाई कुनै किसिमकाे स्वास्थ्यमा गडवढि महशुस भएमा तुरुन्त नजिकैकाे स्वस्थ्य केन्द्र वा टाेल फ्रि नम्बरमा खवर गराैं । काेराेना लाग्छ भनेर धेरै त्रसित पनि नहाैं । यसबाट धेरैकाे सफल उपचार पनि भइसकेकाे छ । हाम्रै देशमा पनि संक्रमित सफल उपचार पश्चात सामान्य जीवनमा फर्केकाे कुरालाई नविर्सौं । फेरी निकाे हुने रैछ भनेर लापरवाही पनि नगरौं । तयारी अवस्थामा बसाैं। 
अहिले समाजमा काेराेनाकाे एक किसिमकाे त्रास देखिन थालेकाे छ । याे एक विपद हाे महामारी नै हाे यसले विश्वका धेरै विकसित मुलुकहरुलाई समेत हैरान पारेकाे छ । तर हामीले हाम्राे क्षमता र दक्षतालाई नजरअन्दाज गरेर आत्तिनु हुँदैन । मनाेबललाई उच्च बनाएर सावधानी अपनाइए जस्ताे सुकै संकटलाई पनि टार्न सकिने कुरामा आशावादी हुनु जरुरी छ । 
काेराेना बाट बच्नका लागि सरकारकाे तर्फबाट पनि कार्यहरु भइरहेका छन् । प्रारम्भमा स्वास्थ्य सेवाका लागि केहि अभाव देखिए पनि क्रमशः यसकाे व्यवस्थापन हुने संकेत हरु पाइएका छन् । नागरिककाे सुरक्षा र उपचार राज्यकाे दायित्व हाे र यसमा राज्यले गर्ने तदारुकता देखाएकाे छ । यसका लागि हामीले पनि नागरिक तहबाट सहयाेग गर्नु पर्दछ ।
अहिलेकाे हाम्राे शाशन प्रणालीमा हाम्राे स्थानीय स्तरमै स्थानीय सरकार छ । स्थानीय सरकारले आफूले गर्न सक्ने कार्य तत्काल शुरु गर्नु पर्दछ र शुरु पनि हुँदै छन् । तत्काल हरेक स्थानीय तहले क्वारेन्टाइन र आइसाेलेसनकाे व्यवस्था गर्नु पर्दछ जसका लागि स्थानीयस्तरमा रहेका विद्यालय तथा क्याम्पसहरुकाे प्रयाेग गर्न सकिन्छ । यसकाे व्यवस्थापनका लागि जनशक्तिकाे आवश्यकता परेमा सम्वन्धित विद्यालय तथा क्याम्पसमा अध्यापन गर्ने शिक्षक तथा प्राध्यापकहरुकाे सहयाेग लिन पनि सकिन्छ र परि आएमा हामी शिक्षक तथा प्राध्यापकहरुले सेवा गर्ने इच्छाशक्ति देखाउनु पर्दछ । काेराेना भाइरसकाे प्रकाेप हामी सबैकाे साझा समस्या हाे । यसका लागि हामी सबैले आआफ्नाे ठाउँबाट सकेकाे सहयाेग गर्नु पर्दछ ।
अहिलेकाे तत्कालीन नागरिक दायित्व लकडाउनकाे पालना नै हाे । तर गाउँघरमा लकडाउनकाे पूर्ण पालना हुन सकेकाे छैन । अहिले शहरमा बसेर जीविकाेपार्जन गर्ने या अध्ययन गर्ने धेरैजसाे गाउँघरमा आएकाे अवस्था छ । गाउँमा आउने कुरा अनाैठाे हाेइन । प्राय मानिस विपत्तिका बेला परिवार सँगै रहन चाहन्छ र आफ्नाे पीडा परिवारका साथ विसाउँछ । विदेशै भएका मानिसहरु पनि आएका छन् । आफ्नाे घर परिवारसँग सँगै हुनु पर्दछ ।  याे स्वभाविक हाे । तर विना काम काेहि पनि कतै जानु हुँदैन भन्ने कुरा मुख्य कुरा हाे । अहिले मानिसहरु भेला हुने विभिन्न खेलहरुमा सरिक हुने, एक अर्काकाेघरमा जाने, आउने कार्य गर्नु हुँदैन । याे कुनै चाडपर्वका लागि दिइएकाे सार्वजनिक विदाकाे समय हाेइन ताकि हामी आफूले चाहेकाे कार्य गर्न सकुँ । याे सावधानीका लागि सृजना गरिएकाे वाध्यात्मक अवस्था हाे । त्यसैले हामीले राज्यकाे आदेश मानेर लकडाउनलाई पूर्णरुपमा सफल बनाउनु पर्दछ ।
हुनत अहिले आफ्नै घरमा बसेर दिन विताउन गाह्राे परेकाे छ । तर यदि काेराेनाबाट संक्रमित भइयाे भने अवस्था झनै जटिल बन्ने छ । अस्पतालकाे आइसाेलेसनमा एक्लै पीडाहरुका वीच कस्ताे अनुभूति हाेला । मनमा जीवन र मरण वीचकाे त्रास अनि चिन्ताका कारण अवस्था झनै विकराल बन्न सक्छ । तसर्थ हामीले बेलैमा याे विषयमा साेच्न आवश्यक छ । हाम्राे सुरक्षाका लागि स्वस्थ्यकर्मी तथा सुरक्षाकर्मीहरु उपकरण अभावका बावजुद दिनरात खटिइरहेका छन् । उनीहरुलाई हामीले हाम्राे तहबाट सहयाेग गर्नु पर्दछ ।  हाम्राे सावधानी नै काेराेना राेकथामकाे एकमात्र उपाय हाे । यसलाई मनन गरी तदानुरुपकाे व्यवहार गराैं । आफू बचाैं र अरुलाई बचाओैं ।
गाेविन्द भट्टराई
शिक्षक 
हाेरालाे शा.शि.स. मा.वि.

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget