१२ चैत्र २०७६ भानु
भानु नगरपालिका वडा नं २ कांग्रेसले आज काेराेना भाइरसकाे सङ्क्रमणबाट बच्नका लागि सम्पूर्ण नगरवासीलाई सचेतता अपनाउन आग्रह गरेकाे छ । काेराेना भाइरसबाट उत्पन्न हुनसक्ने विकराल अवस्थाकाे मध्यनजर गरी सरकारले लागू गरेकाे लकडाउनलाई पूर्णरुपमा कार्यान्वयनमा ल्याउन र विपदकाे समयमा एक अर्कामा सहयाेग भाव राख्न आग्रह गर्दै बच्नका लागि अपनाउनु पर्ने सावधानी समेत उल्लेख गरी आफू बाँचाैं र अरुलाई बचाओै भन्दै कांग्रेस सभापति नवीनराज दाहालद्वारा हस्ताक्षरित एक विज्ञप्ति प्रकासित गरेकाे छ ।
Post a Comment