Finding ways of solution for teaching learning issues.

विद्यार्थी भाईबहिनीहरुमा अनुराेध


संसारभर काेराेना भाइरस काेभिड १९ काे महामारी दिनदिनै बढ्दै गइरहेकाे छ । हाल सम्म हामी नेपालीमा काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे नभए पनि हामी काेराेनाकाे उच्च जाेखिममा छाैं । त्यसैले हामीले काेराेनाकाे प्रभावलाई निस्तेज पार्नका लागि आवश्यक तयारी गर्नु आवश्यक छ । रेडियाे तथा टेलिभिजनबाट सम्भावित प्रकाेप बाट बच्नका लागि उपायहरु दिइरहेकाे छ । त्यसैले विद्यार्थी भाईबहिनीहरुले उक्त कुरा सुनेर आवश्यक सावधानी अपनाउन हुन अनुराेध गर्दछु ।
अहिले सामाजिक सञ्चालमा विभिन्न किसिमका समाचार हरु आइ रहेका छन् । नेपालमा पनि काेभिड १९ काे संक्रमण भैसक्याे  अव धेरै नै खतरा छ जस्ता खवरहरु भइरल हुन थालेका छन् । कुनै पनि खवर पत्याउनु भन्दा पहिला उक्त खवरकाे आदिकारिकता के हाे भनेर बुझ्न जरुरी छ । कतिपयले एक दमै त्रासदीपूर्ण वातावरणकाे सृजना गरिरहेकाे पनि पाइन्छ । तसर्थ उक्त कुराहरुकाे पछि नलागिकन सरकारकाे आदिकारिक रेडियाे तथा टेलिभिजनमा खवर हरु हेर्नु हाेला ।
पक्कै पनि महामारीकाे कुरा सुन्दा धेरैलाई डर लागेकाे हाेला । तर हामीले विपदकाे वेलामा सम्यमता अपनाउनु पर्दछ । सचेत भएर तदानुरुपकाे व्यवहार गरेमा हामी सजिलै यसबाट बच्न सक्छाैं । तसर्थ आफ्नाे सरसफाइमा बढि ध्यान दिन र अनिवार्य साबुन पानीले हात धुने बानीकाे विकास हामीले गर्नु पर्दछ । आवश्यक काममा बाहेक घरबाट बाहिर ननिस्किने र यदि जानु नै पर्ने भएमा मास्कहरुकाे प्रयाेग गरी एक अर्काकाे सम्पर्कमा सचेत रहनु हुन आग्रह गर्दछु ।
काेभिड १९ लागि गए पनि यसबाट मृत्यु नै हुन्छ भन्ने हाेइन । धेरै मानिसहरु सफल उपचार पश्चात सामान्य जीवन व्यतित गरेका खवरहरु पनि आएका छन् । त्यसैले हामी निराश हुनु हुँदैन । तर यसाे भनिरहँदा हामीले लापरवाही भने कदापी गर्न हुँदैन । 
आफू सचेत हाेऔ र अरुलाई पनि सचेत बनाओै ।
काेभिड १९ विरुद्ध आफू पनि लडौ र अरुलाई पनि लड्न सहयाेग गरौं ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget