हिन्दुहरुकाे महान चाड शिवरात्रीकाे अवसरमा भानु नगरपालिका वडा नं १ स्थित भन्सार बगैंचामा अवस्थित सन्तनिश्वर महादेव मन्दिरमा आज विहानै देखि भक्तजनहरुकाे भीँड लागेकाे छ ।
भानु नगरपालिका तथा पालुङ्गटार नगरपालिकाका विभिन्न ठाउँबाट भक्तजनहरु आउने क्रम अहिले पनि जारी छ । मन्दिर परिसरमा शिव धुनी बालिएकाे छ । आज रातभर उक्त मन्दिरमा वत्ती बालेर शिवकाे पूजा आराधना हुँदैछ ।
Post a Comment