Finding ways of solution for teaching learning issues.

एन आार एन र ख्याेङनाम समुह दक्षिण काेरियाकाे हाेरालाेमा भब्य स्वागत


Korea Gyeongnam Migrant Community Service Center र NRN Support Nepal Foundation South Korea का दाताहरुलाई भानु नगरपालिका वडा नं २ स्थित  हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयले आज मिति २०७६ माघ २३ गते तदानुसार ६ फेब्रुअरी २०२० का दिन एक कार्यक्रमका विच भब्य स्वागत गरेकाे छ । 


विद्यालयका शिक्षक गाेविन्द भट्टराईले सञ्चालन गरेकाे उक्त कार्यक्रमकाे सभापतित्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री कृष्ण बहादुर घिमिरेले गर्नु भएकाे थियाे । विद्यालयका प्रधानाध्यापक श्री हाेमनारायण श्रेष्ठले शुरुमै विशिष्ट पाहुनाहरुकाे स्वागतका क्रममा विद्यालयीय गतिविधिकाे जानकारी गराउँदै ख्याेङनाम सेन्टर तथा एन आर एन सपाेर्ट नेपाल फाउण्डेसन प्रति हार्दिक आभार प्रकट गर्नु भएकाे थियाे । सन् २०१८ मा काेरियन वान एक कराेड लगानीमा विद्यालय भवनकाे तस्राे तल्ला फिनिसिङकाे कार्य ख्याेङनाम सेन्टर तथा एन आर एन काेरियाले गरेकाे थियाे । 

कार्यक्रमका प्रमुख अतिथि एन आर एन काेरियाका अध्यक्ष तथा ख्याेङ्नाम सेन्टरका बाेर्ड सदस्य श्री यज्ञराज सुवेदी ज्यूले पारदर्शी ढंगबाट काम सुसम्पन्न भएकाेमा विद्यालयलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि विद्यालयीय विकासका लागि ख्याेङ्नाम र एन आर एन काे सहयाेग जारी रहने वचनवद्धता प्रकट गर्नु भयाे । वहाँले आगामी दिनमा सम्वन्धले अझ मूर्त रुपलिने कुरामा विश्वास व्यक्त गर्नु भएकाे थियाे ।

एसियन फाेरम नेपालका कार्यकारी निर्देशक श्री सिद्दिचन्द्र बरालले आफ्नाे सँस्था याे विद्यालयकाे सहयाेगका लागि सँधैं तत्पर रहेकाे र विगतमा झैं आगामी दिनमा पनि देशी तथा विदेशी सँघ संस्थाहरुसँग समन्वयकारी भूमिका निर्वाहगरी थप कार्य गर्न उत्सुक रहेकाे बताउनु भएकाे थियाे ।

सपाेर्ट नेपाल फाउन्डेसन काेरिया बाेर्ड मेम्बर श्री छे हेन्जु स्थानीय समाजसेवी नविनराज दाहाल विद्यालय व्यवस्थापन समिति पूर्व अध्यक्षहरु हरेराम रेग्मी, गणेशभक्त घिमिरे, वि व्य स सदस्यहरु गाेविन्द बहादुर अधिकारी, कल्पना विष्ट, शिक्षक अभिभावक सँघ संयाेजक शान्ता घर्ती, पूर्व विद्यार्थीहरु परशुराम रेग्मी, मदन अधिकारी, दिपक उपाध्याय लगायत स्थानीय अभिभावकहरु समेतकाे उपस्थिति भएकाे उक्त कार्यक्रममा विद्यालयका छात्र छात्राहरुले स्वागतार्थ नेपालीपन झल्कने नृत्य  प्रस्तुत गरेका थिए ।

भानु नगरपालिका वडा नं २ का वडाध्यक्ष श्री अर्जुन बहादुर केसी ले विद्यालयीय कार्यमा सहयाेग गर्न नगरपालिका तयार रहेकाे र यस्ता किसिमका विदेशी लगानीका लागि आवश्यक पर्ने स्थानीय सरकारकाे सहयाेगका लागि वडा कार्यालयकाे सँधैं सहयाेगी भूमिका रहने बताउनु भएकाे थियाे ।


विद्यालयकाे तर्फबाट ख्याेङनाम तथा एन आरएन र सपाेर्ट नेपाल फाउण्डेसन दक्षिण काेरियालाई विशेष धन्यवाद दिँदै आगामी दिनमा अझ बढि सहयाेगकाे अपेक्षा राख्दै आफ्नाे अमुल्य समय दिएर कार्यक्रम सफल बनाउन सहयाेग गर्नु हुने सम्पूर्णमा आभार प्रकट गर्दै कार्यक्रमका सभापति एवम् विद्यलाय व्यवस्थापन समितिका अध्यक्ष श्री कृष्ण बहादुर घिमिरेले कार्यक्रमकाे समापन गर्नु भएकाे थियाे । 

विद्यालय स्राेतका अनुसार कार्यक्रम फलदायी भएकाे बताइएकाे छ ।
फाेटाे ग्यालरी
















Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget