Finding ways of solution for teaching learning issues.

हाेरालाेमा हाजिरीजवाफ



होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयले विद्यालयको ६९ ओ वार्षिकोत्सब को अवसरमा आज मिति २०७६ फाल्गुण ७ गते प्रजातन्त्र दिवशको अवसर पारेर भानु नगर स्तरीय अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सञ्चालन गरेको छ । उक्त प्रतियोगितामा नगरका ५ वटा मात्र विद्यालयहरुको सहभागिता भएको थियो । किन न्यून विद्यालयीय सहभागिता भएको भनेर प्रश्न गर्दा विद्यालयका सहायक प्रधानाध्यापक दिवाकार घिमिरेले सवै विद्यालयलाई निम्ता गरिएको भए पनि नेपाल बन्दको हल्लाका कारण यस्तो भएको हुन सक्ने बताउनु भएको छ ।





फिष्टेल बोर्डिङ्ग स्कूल, मनकामना सामुदायिक विद्यालय, शान्ती आधारभूत विद्यालय, नारायणी आधारभूत विद्यालय र होमराज लोहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय सहभागी भएको प्रतिस्पर्धामा हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय प्रथम फिष्टेल आवासिय माध्यमिक विदयालय दितीय र मनकामना सामुदायिक विद्या मन्दिर तृतीय भएका छन् । विजेता विद्यलायका सहभागी प्रतियोगीहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र विद्यालयका प्रधानाध्यापक होम नारायण श्रेष्ठले प्रदान गर्नु भएको छ ।
यसै विच विद्यालयको वार्षिकोत्सबका अवसरमा प्राथमिक सेक्सनमा शिक्षक विष्णु राज दाहालको संयोजकत्वमा अन्तर कक्षा खेलकद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन भएको विद्यालयले जनाएको छ ।















Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget