Finding ways of solution for teaching learning issues.

मेराे साथीका १० कमजाेरी


साथी
न्यानाे सम्झना ।
हुन त मेराे न्यानाे सम्झनाले तिमीलाई पाेल्याे हाेला किनकी तिम्राे नजरमा मैले कहिल्यै पनि तिमीलाई न्यानाेपना र शितलता प्रदान गर्नै सकिन र सक्दिन । तिमी तिम्राे असफलताका लागि सँधै मलाई नै दाेष दिने गर्दछाै । असफलता कमजाेरीका कारण हुन्छ भन्ने कटु सत्य तिम्राे दिमागमा कहिल्यै पनि आएन । हरेक मानवका केहि कमजाेरी हुन्छन् र तिमी पनि यसबाट मुक्त छैनाै भन्ने कुरा तिमीले कहिल्यै स्वीकार गरेनाै । तिमी ठान्छाै तिमी जत्तिकाे जान्ने सुन्ने बुज्रुक अरु काेहि हुनै सक्दैन । खै के भनुँ र खै म । विचरा  म ! तिम्राे नजरकाे सँधै निकम्मा । केहि लछारपाटाे लगाउन नसक्ने एक निरिह प्राणी । 
तिम्राे नजरकाे वाहियात म एक कमजाेर व्यक्ति जसले कुनै खास केहि गर्नै सक्दैन भनेर भन्दा भन्दै आखिर किन तिमी सँधै मेराे बारेमा नै मेराे अवनतिकाे कामना गर्दै साेचिरहन्छाै ?  याे चाँहि मैले बुझ्न सकेकाे छैन । मेराे कमजाेरी के छ भनेर त्यसकाे पछाडी लागेर उछित्ताे काढ्न लालायित तिम्रा नजरहरु ले जासुसहरुकाे प्रयाेग गरेकाे पनि धेरै नै भइसक्याे । जासुसबाट उपेक्षाकृत उपलव्धि प्राप्त गर्न नसकेर रातमा निन्द्रा नपरेर छटपटाएका धेरै रातहरु मलाई भन्दा तिमीलाई नै धेरै थाहा छ । यसले तिमीलाई नै धेरै पिडा दिइराखेकाे छ तर पनि तिमी याे कठिन यात्रामा हरेस नखाइ लागि रहेका छाै । मैले तिम्राे लगनशिलताकाे कदर गर्नै पर्छ र गर्छु ल ।
साथी अर्काकाे अवनति गराएर त्यसमा रम्नु मानवता हाे र । हुन त इतिहास हेर्दा कहिँ कतै तेस्ताे हुने नगरेकाे भने हाेइन । हिटलरकाे स्वभाव तेस्ताे थियाे रे भनेर सुन्या थिएँ । आफ्नाे प्रभुत्व कायम गर्नका लागि धेरै नै क्षमतावान हरुले अकालमा ज्यान गुमाउनु परेकाे थियाे रे त्यतिबेल जर्मनी मा । त्यहि पढेर त्यसैकाे अभ्यास त गर्न लागेका हैनाै तिमी । यदि हाे भने याे उपयुक्त हाेइन साथी यसबाट अहिले आफ्नाे लक्ष प्राप्त गर्न कठिन देख्छु म । 
भ्रामक प्रचार प्रसार गरी अर्काकाे मान सम्मान र प्रतिष्ठामा आँच आउने काम गर्नु हुँदैन साथी याे आफ्नै लागि हाे । तिम्राे व्यवहारकाे प्रतक्ष अवलाेकन गरिरहेका तिम्रा सन्ततीले तिम्रै अनुसरण गरे के हाेला तिमीले कहिल्यै साेचेका छाै ?
तिमी मेराे नाम सुन्नै चाँहदैनाै । कहिँ कतै वाध्यतावस सुन्नु पर्ने हुँदा तिमीलाई छाँगा बाट खसे जस्ताे अनुभुति हुन्छ । अनि तिमी सकारात्मक कार्य भित्र नकारात्मक पक्ष र पाटाेहरुकाे खाेजिमा समय खर्चिन थाल्छाै । तेस्राे व्यक्तिले मेराे अनुपस्थितिमा मेराे कुनै कुरा उठाएमा ठाडै मेराे विराेध गर्छाै र त्याे व्यक्तिमा भएकाे म प्रतिकाे सहानुभूतिलाई निमिट्यान्न पार्न खाेज्छाै । तिमी मलाई वेवास्ता गर्छु भन्छाै तर धेरै जसाे तिम्राे दिमागमा म नै घुमि रहेकाे हुन्छु । 
साथी हामी मानवहरु खुशि चाहन्छाै । सम्वृद्धि सुख र सरल जीवनके अपेक्षा गर्छाै । यी कुराहरु आफ्नै मेहनत र लगनशीलताले प्राप्त हुने हाे न कि अर्काकाे डाह गरेर । त्यसैले तिम्राे ध्याउन्न तिम्राे आफ्नै प्रगति र उन्नतिमा हुनु पर्ने हाे । तर अफसाेच तिमीले आफ्नाे अमुल्य समय अर्काकाे अवनतिकाे कामनामा खर्चेका छाै । त्यसले मलाई हाेइन साथी तिमी आफैंलाई अफ्ट्याराे परिस्थितिमा पुर्याउँदै छ । तिमी तिम्राे मिसनमा सफल नहुँदा तिमी चिन्तामा डुब्दै जाँदै छाै । थाह छ तिमीलाई चिन्ताले मानिसलाई चितामा पुर्यउँदछ भन्ने कुरा ?
म तिमी सँधैं राम्राे भएकाे हेर्न चाहन्छु । तिम्राे प्रगति र उन्नती चाहन्छु । अझै पनि तिमी खुशी भएकाे देख्दा मलाई रमाइलाे नै लाग्छ । त्यसैले आज म याे पत्रमा तिमीलाई तिमीले कहिल्यै हेक्का नराखेकाे विषयमा बताउने प्रयास गर्दैछु । आशा छ तिम्राे चीर निन्द्रा खुल्ने छ । झर्काे नमानी पढ ल । मैले आज उठान गर्न खाेजेकाे विषय हाे तिम्राे कमजाेरी ।
कमजाेरी नं १. तिमीलाई अरु काेही हाँसेर बाेलेकाे खुशी भएकाे सफलता प्राप्त गरेकाे पटक्कै मन पर्दैन किनकि ती सवै कुरा तिमी आफैंलाई मात्र हुनु पर्दछ भन्ने ठान्छाै ।
कमजाेरी नं २. तिमी परिवर्तन स्विकार गर्न हिच्किचाउँछाै । समयलाई पछ्याउने भन्दा पनि समय तिम्राे इशारामा चल्नु पर्दछ भन्ने ठान्छाै ।
कमजाेरी नं ३.हरेक पाटा र पक्षमा सकारात्मक तथा नकारात्मक कुराहरु हुन सक्छन् । तिमी नकारात्मक कुरालाई बढाइचढाइ गर्न उद्दत छाै ।
कमजाेरी नं ४. तिमी हामी सामाजिक प्राणी हाैं अनि सामाजिक पद्दति सहयाेगमा आधारित हुन्छ । तिमी अरुले सहयाेग गराेस् भन्छाै तर आफूले कहिल्यै सहयाेग गर्ने तत्परता देखाउँदैनाै ।
कमजाेरी नं ५. स्वर्थका लागि तिमी काेरीकाे पनि पाउ माेल्न तयार हुन्छाै । अनि माैका मिल्ने वित्तिकै गाेमन सापले झै झम्टन्छाै ।
कमजाेरी नं ६. सबै क्षेत्रका ज्ञान छ भन्ठान्छाै तर यसैकाे अभावमा आफ्नै धाेती खुस्केकाे थाहा पाउँदैनाै ।
कमजाेरी नं ७. सामाजिक न्यायकाे ढ्वङ् फुक्छाै तर व्यक्तिगत स्वार्थका लागि आफ्नाे इमान बेच्न पछि पर्दैनाै ।
कमजाेरी नं ८. तिम्राे अन्धभक्तहरुलाई सहजहुँदा सम्म डाेहाेर्याउँछाै तर कुनै जटिल परिस्थिति सृजना भएमा मरेकाे लाशलाई जुम्राले छाेडे झै छाेडेर कुलेलाम ठाेक्छाै ।
कमजाेरी नं ९. तिम्रा अन्धभक्तलाई ठिकै भन्छाे तर उनीहरुकाे अनुपस्थितिमा तीनैकाे कुरा काटेर बस्छाै ।
कमजाेरी नं १०. कुनै फाइदा देखेनाै भने सर्वमान्य पद्दतिकाे पनि विराेध गर्छाै तर फाइदा हुने देख्याै भने रछानमा चुर्लुम्म डुबेकाेलाई पनि शीरमा राख्न तत्पर हुन्छाै ।
साथी यिनै हुन् मेराे विचारमा तिम्रा मुख्य कमजाेरीहरु । हरेक व्यक्ति अधिकार र स्वतन्त्र्ता चाहन्छ । प्रगति र उन्नति चाहन्छ, आफ्नाे स्वभिमानलाई जाेगाउँदै सम्मानपूर्वक बाँच्न चाहन्छ । तर यी सव अर्काकाे रिस , राग, इर्ष्या र डाह गरेर प्राप्त गर्न सकिदैन । रिसले राग रागले सर्बनाश भन्ने भनाइलाई मनन गरेर तिमीले आफुले आफूलाई सुधार्नु पर्ला कि । काेहि कसैलाई निषेध गर्न नसकिएला किनकि सबैकाे आआफ्नै अस्तित्व हुन्छ र साे जाेगाउनका लागि अन्तिम समय सम्म प्रयासरतः रहन्छ ।

उहि तिम्राे शुभचिन्तक
गाेविन्द भट्टराई
हाल तनहुँ
२०७६ फाल्गुण ५ 


Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget