Finding ways of solution for teaching learning issues.

भानु नगर शिक्षक सँघद्वारा दाेस्राे प्रतिनिधि सभा सम्पन्न

गाेविन्द भट्टराई
गण्डकी प्रदेश तनहुँ जिल्ला भानु नगरपालिका नेपाल शिक्षक सँघ द्वारा भानु नगरकाे दाेस्राे वार्षिक प्रतिनिधि सभा आज मिति २०७६ माघ १८ गते भानु नगरपालिका स्थित हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयकाे सभाहलमा सम्पन्न भएकाे छ ।
शिक्षक सँघ भानु नगर सभापति श्री उपेन्द्र बहादुर विष्टकाे सभापतित्वमा नगर सचिव श्री इश्वर बाेहाेराद्वारा सञ्चालित कार्यक्रमलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक सँघ संघिय महासचिव श्री साेमनाथ गिरी विशिष्ट अतिथिहरु नेपाल शिक्षक सँघ संघिय महासचिव अर्थ श्री पुष्पकला भट्टराई शिक्षक महासँग केन्द्रिय उपमहासचिव श्री विजयराज पाैडेल प्रदेश उपमहासचिव श्री सुलाेचना पंडित  र नेपाल शिक्षक सँघ तनहुँ अध्यक्ष श्री कमलभक्त पाेख्रेल तथा छिमेकी जिल्ला लमजुङका शिक्षक सँघ अध्यक्ष श्री शिव अधिकारीले सम्वाेधन गर्नु भएकाे थियाे । जिल्ला उपाध्यक्ष श्री ‌ओझराज बगाले जिल्ला सचिव श्री पदम खनाल तथा व्यास र म्याग्दे नगर अध्यक्षहरु उपस्थित हुनु भएकाे उक्त कार्यक्रमका वक्ताहरुले सांगठनिक सवलीकरणका लागि स्थानीय निकायहरुमा नियमित छलफल र भेटघाटकाे कार्यक्रमलाई तिब्रता दिनु पर्ने कुरामा जाेड दिनु भएकाे थियाे । 
यसै कार्यक्रममा भानु नगर शिक्षक सँघले नवनियुक्त शिक्षकहरुलाई स्वागत तथा अभिनन्दन गरेकाे थियाे । यसै गरी कक्षा ८ काे परीक्षामा (२०७५) सर्वाेत्कृष्ट अंक प्राप्त गर्ने भानु नगरपालिका स्थित कालिका माध्यमिक विद्यालयका एक छात्र र एक छात्रालाई पुरस्कार वितरण पनि गरेकाे थियाे ।
अन्तरक्रिया सहित सञ्चालन भएकाे कार्यक्रममा प्रतिनिधिहरुले राखेका प्रश्नहरुकाे जवाफ दिँदै लमजुङ्ग अध्यक्ष शिव अधिकारीले स्थानीय तहबाट भएकाे अन्यायलाई चिर्दै पेसागत हितका लागि अग्रसर रहन तमाम शिक्षकहरुलाई आग्रह गर्नु भयाे । सँगठन रहे मात्र आफ्ना कुराहरु राख्ने वातावरण हुने हुँदा यसकाे सवलीकरण र सुधारमा लाग्नु पर्ने वहाँकाे तर्क थियाे । तमाम शिक्षकका हक हित र समस्याका लागि सदैव तत्पर रहेकाे बताउँदै तनहुँ अध्यक्ष कमलभक्त पाेख्रेलले शिक्षकका पिर मर्का उदृत गर्दै आवाज बुलन्द गर्नका लागि अह्वान गर्नु भएकाे थियाे । शिक्षक हित काेषले तनहुँमा शिक्षक हितका लागि काम गरिरहेकाे र यसलाई राष्ट्रव्यापी बनाउन आफू लागि परेकाे पनि वहाँले बताउनु भयाे । 
शिक्षक महासँघ केन्द्रिय उपमहासचिव विजयराज पाैडेलले शिक्षक आन्दाेलन र यसबाट प्राप्त भएकाे उपलब्धीलाई स्मरण गर्दै आगामी दिनमा यसलाई अझ सवल र प्रभावकारी बनाउनका शिक्षक महाँसँघले विशेष पहल गरिरहेकाे बताउनु भयाे । प्रदेश उपमहासचिव सुलाेचना पंडितले सांगठनिक सुदृढीकरणका लागि साथीहरू विच कार्यगत एकता हुनुपर्ने कुरामा जाेड दिनुभएको थियाे । समसामयिक विषयमा उठेका जिग्यासाहरुकाे जवाफ दिँदै वहाँले हरेक शिक्षकले राष्ट्रिय हितलाई सर्वाेपरी ठानी कार्य गर्नका लगि सुझाव दिनु भयाे । 
केन्द्रिय महासचिव अर्थ पुष्पकला भट्टराईले केन्द्रिय स्तरमा भएका कार्यहरुकाे फेहरिस्तका साथ सांगठनिक विकास र सवलीकरणका लागि सेमिनार गाेष्टी तथा प्रशिक्षणकाे कार्यक्रम सञ्चालन मा जाेड दिनु भएकाे थियाे । समसामयिक विषय एमसिसिका विषयमा छाेटाे टिप्पणी गर्दै वहाँले कुनै पनि वैदेशिक लगानी या अनुदान राष्ट्रकाे सर्वाेपरी हितका लागि हुनु पर्ने बताउनु भएकाे थियाे । 
कार्यक्रमका प्रमुख अतिथि नेपाल शिक्षक सँघ संघिय महासचिव साेमनाथ गिरीले संघिय शिक्षा एैन काे मस्याैदाका विषयमा प्रष्ट्याउनु भएकाे थियाे । शिक्षकका हेरेक समस्याकाे समाधानका लागि संघिय कार्यसमिति सदैव लागि परेकाे र सरकार सँग वार्ता चलिरहेकाे समेत बताउनु भएका वहाँले अव अधिकारकाे रक्षाका लागि  हरेक शिक्षक सँघका साथीहरुले आआफ्नाे ठाउँबाट लाग्नु पर्ने कुरामा जाेड दिनु भएकाे थियाे । शिक्षक महाँसँघ गठन प्रकृयाकाे बारेमा कुरा राख्दै मुलुकभरका सवै स्थानीय निकायहरुमा अब छिट्टै महासँघकाे विस्तार हुने र यसका लागि छलफल भइ रहेकाे वहाँकाे भनाइ थियाे । 
कार्यक्रममा आफ्नाे अमुल्य समय दिएर कार्यक्रम लाई सफल बनाउन सहयाेग गर्नु हुने प्रमुख अतिथि विशिष्ट अतिथि तथा सम्पूर्ण शिक्षक सँघमा आवद्ध शिक्षकहरुलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमका सभापति उपेन्द्र बहादुर विष्टले कार्यक्रमकाे समापन गर्नु भएकाे थियाे । 
कार्यक्रमका केहि झलकहरु






























  

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget