Finding ways of solution for teaching learning issues.

शिक्षक र विद्यालयका कर्मचारीलाई थप सुविधाको व्यवस्था



शिक्षक र विद्यालयका कर्मचारीलाई थप सुविधाको व्यवस्था

  • प्रकाशित मिति : आइत, माघ १२, २०७६

  • 3.1K
    SHARES

    काठमाडौं । गत २५ मंसिरमा सार्वजनिक गरिएको राष्ट्रिय शिक्षा नीति २०७६ अनुसार अब सरकारले शिक्षक र विद्यालयमा कार्यरत कर्मचारीहरुलाई थप सेवा सुविधा दिने तयारी गरेको छ ।
    शिक्षा नीति अनुसार अब, दुर्गम क्षेत्रका विद्यालयमा काम गर्ने शिक्षक र कर्मचारीहरुलाई आवश्यकताका आधारमा थप दिने तयारी थालेको हो । ‘दुर्गम क्षेत्रका विद्यालयमा काम गर्ने शिक्षक तथा कर्मचारीलाई आवश्यकताका आधारमा थप सुविधा दिन सकिने व्यवस्था क्रमशः गरिनेछ ।’ भनेर शिक्षा नीतिमा प्रष्ट उल्लेख गरिएको छ । जस अनुसार अब सरकारले यो नीति कार्यान्वयन गरेको खण्डमा दुर्गम क्षेत्रका विद्यालयमा काम गर्ने शिक्षक र विद्यार्थीले आफ्नो तलव बाहेकको थप सेवा सुविधा पाउने छन् ।
    यस्तै शिक्षाका नीतिले अब, विद्यालयमा कार्यरत कर्मचारीहरुको स्थायी प्रक्रिया शुरु गरिने व्यवस्था पनि गरेको छ । विद्यालय कर्मचारीहरुको योग्यता निर्धारण गर्दै उनीहरुलाई शिक्षक सेवा आयोगको परीक्षाबाट स्थायी गरिने भएको हो ।
    सरकारले जारी गरेको राष्ट्रिय शिक्षा नीतिमा विद्यालय कर्मचारीहरुको स्थायी प्रक्रियाको व्यवस्था गरिएको हो । शिक्षा ऐनको आठौँ संशोधनमा पनि विद्यालय कर्मचारीको स्थायी प्रक्रियाको व्यवस्था भएपनि शिक्षा नियमावलीमा व्यवस्था हुन नसक्दा कार्यान्वयन हुन सकेको थिएन । अहिले सरकारले राष्ट्रिय शिक्षा नीति मार्फत त्यसलाई सम्बोधन गरेको हो ।
    विद्यालयमा अध्यापन बाहेकका सरसफाई, सूचना संप्रेषण,कार्यालय व्यवस्थापन, प्रयोगशाला व्यवस्थापन, पुस्तकालय व्यवस्थापन जस्ता कार्यको लागि आवश्यक संख्यामा कर्मचारीकोव्यवस्था गरिने र त्यस्ता कर्मचारीहरूलाई प्रचलित कानूनमा व्यवस्था भए बमोजिमको पारिश्रमिक र अन्य सुविधा उपलब्ध गराइने शिक्षा नीतिमा व्यवस्था गरिएको छ ।
    साथै, अब राष्टिय शिक्षा नीतिमा भएका यि व्यवस्था कार्यन्वयमा आएपछि दुर्गम क्षेत्रका विद्यालयमा कार्यरत शिक्षकहरुले आवश्यकताका आधारमा थप सुविधा पाउने छन् भने, कर्मचारीहरुले स्थायी हुने माकौ पाउने छन् ,सँगै थप सुविधा पनि आवश्यकताका आधारमा पाउने छन् ।

    Post a Comment

    [blogger]

    MKRdezign

    Contact Form

    Name

    Email *

    Message *

    Powered by Blogger.
    Javascript DisablePlease Enable Javascript To See All Widget