अहिलेकाे विश्व परिवेशलाई नियाल्दा अंग्रेजी भाषाकाे प्रभाव दिनदिनै वढ्दै गइरहेकाे अनुभूति गर्न सकिन्छ । जीवनका हरेक पाटा र पक्षमा यसकाे प्रतक्ष प्रभाव पर्दै जाँदा यस प्रति मानिसकाे आकर्षण हुनु स्वभाविकै हाे । नवीन प्रविधिकाे माध्यम नै अंग्रजी भाषा भएकाे र संसारका जति पनि नयाँ नयाँ आविष्कारहरु यसमै मुदृत हुने हुँदा बालक देखि बुढा सम्ममा यसकाे क्रेज बढ्दै गएकाे छ । पछिल्लाे समय तीव्र विकास भएकाे सुचना तथा संचार प्रविधिमा यसकाे अत्याधिक प्रयाेग भएकाे पाइन्छ । फलस्वरुप सम्पूर्ण विश्व नै अंग्रेजीका पछाडी दाैडिरहेकाे छ भन्दा अत्युक्ति नहाेला ।
हुन त अंग्रेजीकाे साम्राज्यलाई ताेडेर आफ्नै भाषालाई महत्व दिइ यसकाे प्रभावलाई न्यूनिकरण गर्नु पर्छ भन्ने धारणा पनि सार्वजनिक हुन थालेका छन् । फ्रान्स चाइना काेरिया जापान जस्ता देशकाे उदाहरण दिएर याे कुराकाे पुष्टि गर्ने जमर्काे पनि गरेकाे पाइन्छ । तर सायद नेपाल जस्ताे मुलुकका लागि अंग्रेजीकाे विकल्प भाषाका रुपमा नेपाली भाषालाई अहिलेकै अवश्थामा स्थापित गर्न कठिन हाेला । यसका लागि हामीलाई आवश्यक पर्ने सम्पूर्ण प्रविधिमा आफ्नै भाषालाई स्थापित गराउन सक्नु पर्छ । सायद अहिले नै हामी माथि उल्लेख गरिएका देशमा जस्ताे गर्न सक्ने अवश्थामा छैनाै हाेला । तसर्थ आफ्नाे भाषालाई प्राथमिकतामा राखि तत्कालकाे आवश्यकतालाई पूरा गर्नका लागि अंग्रेजीकाे भरपूर उपयाेग गर्नु पर्छ ।
नेपालकाे शैक्षिक प्रणालीकाे अध्ययन गर्ने हाे भने अंग्रेजी भाषाकाे प्रभाव बढ्दै गएकाे पाइन्छ । यसलाई पाठ्यक्रममा मात्र समावेश गरिएकाे नभएर पछिल्लाे समय शिक्षणकाे माध्यम नै अंग्रेजी हुन थालेकाे छ । विशेष गरी संस्थागत विद्यालयहरु अंग्रेजी माध्यमबाट चल्दै आएका भए पनि अहिले आएर सरकारी विद्यालयहरुमा पनि यसकाे प्रभाव बढ्दै गएकाे छ । कक्षाहरुलाई अंग्रेजी माध्यम र नेपाली माध्यम गरी विभाजन गरेर धेरै जसाे विद्यालयहरु संचालन भइरहेका छन् । याे अहिलेकाे समयकाे माग पनि हाे ।
अंग्रेजी माध्यमले विद्यार्थीहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय परिवेशमा समायाेजित हुन का लागि सहयाेग पक्कै गर्दछ । तर यसका लागि अंग्रेजी माध्यमकाे उचित व्यवस्थापन गर्नु पर्दछ ।
अंग्रेजी माध्यमबाट यदि शिक्षण गर्ने हाे भने माध्यम भाषा पूर्ण रुपमा अंग्रेजी बनाइनु पर्दछ । अर्थात कक्षा काेठमा अध्यापन गर्दा शिक्षकले अंग्रेजी भाषाकाे प्रयाेग गर्नु पूर्व सर्त हाे । यसका लागि दक्ष शिक्षककाे व्यवस्था मिलाउन विद्यालयकाे ध्यान जान जरुरी देखिन्छ । कतिपय विद्यालयहरुमा अंग्रेजी माध्यमकाे पुुुस्तककाे प्रयाेग गरेर अत्याधिक नेपाली भाषाकाे प्रयाेग गरी अध्यापन गराउने गरेकाे पाइन्छ । यसाे भएमा विद्यार्थीहरुले विषय वस्तु बुझे पनि त्यसकाे प्रस्तुतिकरण अंग्रेजीमा गर्न सक्दैनन् र उपेक्षित उपलब्धी पूरा हुँदैन । तसर्थ प्रत्येक अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्ने विद्यालयहरुले अंग्रेजी भाषाकाे वातावरण निर्माण गर्नु पर्दछ ।
शिक्षणका लागि अत्यावश्यक कुरा भनेकाे शिक्षकले गर्ने तयारी पनि हाे । जव शिक्षकले पढाउनु पर्ने विषयवस्तुकाे गहन अध्ययन गरेर कक्षा शिक्षणमा लाग्दछन् उनीलाई अध्यापन गर्न तया विद्यार्थीहरुलाई अध्ययन गर्न सहज हुने गर्दछ । यदि साे भएन भने दुवै मा समस्या देखा पर्दछ । त्यहि माथि अंग्रेजी माध्यमबाट शिक्षण गर्न त्यति सहजता हुँदैन । तसर्थ यस विषयमा सम्वन्धित पक्ष सजग हुनु पर्दछ । कतिपय विद्यालयहरुमा अंग्रेजी माध्यम र नेपाली माध्यमका कक्षाहरु सँगसँगै संचालन गर्ने गरेकाे पनि पाइन्छ । याे अत्यान्तै घातक हुने गर्दछ । याे अवश्थामा विद्यार्थीले न अंग्रेजी सिक्न सक्छ न नेपाली नै । त्यसैले यदि यस्ताे अवस्था छ भने तत्काल छुट्याएर भिन्ना भिन्नै कक्षामा राखि अध्यापन गर्नु पर्दछ ।
विद्यालयहरुले अंग्रेजी माध्यमका लागि छुट्टै शुल्क उठाउने गरेकाे पाइन्छ । यसरी लिइएकाे शुल्कलाई अंग्रेजी कक्षा कै व्यवस्थापनका लागि प्रयाेग गर्नु पर्दछ । यसबाट आवश्यक दक्ष शिक्षककाे नियुक्ति गरी सिकाइलाइ सवल बनाउनु पर्दछ । तर यदा कदा यसाे नगरी अन्य क्षेत्रमा प्रयाेग गर्ने गरेकाे पनि पाइन्छ । यदि यसाे गरियाे भने कक्षाकाे स्तर उकास्न गाह्राे हुन्छ।
शिक्षण गर्नु भनेकाे सिकारुलाई सिकाइका लागि तयार गरी सहज बाटाे देखाइ गन्तव्यमा पुर्याउनु हाे । जव सिकारु सिकाइका लागि जागरुक हुन्छन् तव सिकाइ सहज र प्रभावकारी हुन्छ । तर यसाे नभएमा जति वल गरे पनि उद्देश्य पूरा गराउन सकिन्न । तसर्थ विद्यार्थीलाई प्रेरित गराइ वढि भन्दा वढि सिकाइमा जागरुक बनाउनका लागि शिक्षक प्रयत्नशील हुनु पर्दछ ।
शिक्षण आफैंमा एक जटिल कार्य हाे । यसमा विभिन्न किसिमका जटिलताहरु देखापर्दछन् । यस्ताे अवस्थामा एक अर्कामा समस्याकाे वारेमा छलफल गरी उचित समाधान खाेज्नका लागि शिक्षक अग्रसर हुधनु पर्दछ ।
धेरैजसाे कक्षाकाेठा बालमैत्री नभएकाे पाइन्छ । विद्यार्थीहरु स्वभावैले चञ्चल प्रवृत्तिका हुने गर्दछन् । उनीहरुबाट नियम ताेड्ने काम बेलामाैकामा हुने गर्दछ । यस्ताे अवस्थामा विद्यार्थीहरुलाई उचित परामर्शकाे माध्यमबाट सम्झाइ वुझाइ गर्नु उपयुक्त हुन्छ । यदि काेहि शिक्षकले कुनै विद्यार्थीकाे नकारात्मक कुरालाई मात्र हाइलाइट गरी सदैव गाली गर्ने कार्य मात्र गर्छन भने पक्कै पनि यसले शिक्षक र विद्यार्थी विचमा सकारात्मक सम्वन्ध स्थापिग गर्दैन । तसर्थ समस्या ग्रस्त विद्यार्थीहरुका लागि उसकाे मनाेविज्ञानकाे अध्ययन गरी उचित कार्य मार्फत सुधार्ने कार्य गर्नु शिक्षककाे कर्तव्य हाे र यसका लागि हरेक शिक्षक संवेदनशील हुनु पर्दछ ।
शिक्षण गर्दा उपयुक्त सिकाइ वातावरणकाे निर्माण गर्नु पर्दछ । तर सिकाइ वातावरण निर्माणका नाममा कक्षामा निरंकुशता लाद्नु हुँदैन । वैयक्तिक स्वतन्त्रता बालअधिकार तथा स्वसम्मानकाे रक्षा गर्दै सकारात्मक अनुशासनका माध्यमबाट उचित सिकाइ वातावरण निर्माण गर्नु पर्दछ ।
कक्षाकाेठामा भिन्न भिन्न सिकाइ क्षमता भएका विद्यार्थीहरु हुन्छन् र उनीहरुलाई भिन्ना भिन्नै तरिका अपनाएर सिकाउनु पर्छ भन्ने कुराकाे हेक्का राखि साेहि बमाेजिमका कृयाकलापकाे निर्माण गरी कक्षाकाेठमा कार्यान्वयन गर्न कन्जुस्याइ गर्न हुन्न ।
उपयुक्त विधि र कृयाकलापले मात्र पुग्दैन । बेलाबेलामा कस्ताे शिक्षण भइरहेकाे छ अपेक्षित उपलब्धीहरु प्राप्त भएका छन् कि छैनन् यसकाे मूल्याङ्कन हुनु पर्दछ र उचित पृष्ठपाेषण प्रदान गरि शिक्षणलाई उदेश्याेन्मुख बनाउनु पर्दछ । यसका लागि विद्यालय प्रशासक तथा विद्यालयकाे नियमन तथा नियन्त्रण गर्ने हैसियत राखेका निकायबाट तदारुकता देखाउनु पर्दछ ।
विद्यालयहरुले शैक्षिक उपलब्धीकाे मूल्याङ्कनका लागि अवधिक परीक्षाहरु संचालन गर्ने गरेकाे पाइन्छ । परीक्षाकाे समाप्ति सँगै नतिजा प्रकाशन गरिन्छ तर पनि यदा कदा यसकाे विश्लेषण हुने गरेकाे पाइदैन । नतिजाकाे अनिवार्य विश्लेषण गरी कमि कमजाेरीहरुकाे सुधार गरी शिक्षणलाई प्रभावकारी बनाउनु पर्दछ ।
शिक्षणका लागि निरन्तर ज्ञानकाे आवश्कता पर्दछ । विषयवस्तुकाे गहन ज्ञान र अद्यावधिक ज्ञान शिक्षकका लागि अपरिहार्य हुने हुँदा शिक्षकहरुलाई तालिम सेमिनार तथा गाेष्टीमा सहभागिताकाे अवसर सृजना गर्नु पर्दछ ।
नेपाली माध्यमबाट अध्यापन गराइरहँदा अंग्रेजी माध्यममा जानु पर्दा केहि असहज महसुस प्रारम्भिक दिनहरुमा हुने भए पनि इच्छाशक्ति भएमा याे कार्यलाई पुरा गर्न त्यति गाह्ये छैन तर यसका लागि शिक्षकहरुलाई सकारात्मक व्यवहार गरी शिक्षणका लागि उत्प्रेरित गराउनु पर्दछ ।
Post a Comment