Finding ways of solution for teaching learning issues.

कक्षा १० शैक्षिक भ्रमण २०७६ हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय


हेामराज लाेहनी शारदा िशक्षा सदन माध्यमिक विद्यालय भानु २ नारेश्वरटार तनहुँमा यस शैक्षिक वर्ष २०७६ मा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुकाे नियमित शैक्षिक अवलाेकन भ्रमण मिति २०७६ कार्तिक २९ गतेबाट शुरु भई मिति २०७६ मंसिर ३ गते विहान नारेश्वरटार आइपुगे सँगै सम्पन्न भएकाे छ । ६ जना शिक्षक र ६६ जना विद्यार्थीगरी जम्मा ७२ जनाकाे टाेली पूर्वी नेपालका विभिन्न धार्मिक पुरातात्विक र एेतिहासिक ठाउँकाे अवलाेकन गरी फर्केकाे हाे । विद्यालयका माध्यमिक तहका अंग्रेजी शिक्षक गाेविन्द भट्टराईकाे संयाेजकत्वमा माध्यमिक विज्ञान शिक्षक ऋषिराम सिग्देल आधारभूत तहका शिक्षक श्रीकृष्ण पाैडेल नवराज पंडित राधिका पाैडेल र अनुपमा बजगाईंले भ्रमणकाे व्यवस्थापन गरेका थिए । भ्रमणकाे पहिलाे दिन विहान २ वटा नारायणगढ विराटनगर र नारायणगढ काँकडभिट्टा रुटका रिजर्व गाडीमा साढे सात वजे टाेली नारेश्वरटार बाट प्रस्थान गरेकाे थियाे । करिव दिनकाे १२ वजे मकवानपुरकाे मनहरि बजारमा विहानकाे खाना खाएर भ्रमण टाेली करिव साढे तीन वजे ढल्केवर पुगेकाे थियाे । ढल्केवरमा वेलुकाकाे सुताइ व्यवस्थापन मिलाएर करिव सवा ४ बजे जनकपुर जानकी मन्दिरमा टाेली पुगेकाे थियाे । प्राचीन मिथिलाकाे नामबाट प्रख्यात तराईकाे मुख्य शहर जनकपुरमा अवस्थित जानकी मन्दिरकाे दर्शन गरी करिव साढे सात वजे ढल्केवरमा पुगेर उक्त दिनकाे भ्रमण सकिएकाे थियाे । भ्रमणकाे दाेश्राे दिन विहान ६ वजे टाेली पूर्वतिर लागेकाे थियाे । काेशी व्यारेजकाे अवलाेकन पश्चात सुनसरीकाे इटहरीमा विहानकाे खाना खाएर टाेली १ नं प्रदेशकाे राजधानी विराटनगर तर्फ लाग्याे र जाेगमनीमा गएर आवश्यक सपिङ्ग गरी टाेली पुन इटहरी फर्केकाे थियाे । इटहरीबाट पूर्व माेडिएकाे टाेलीकाे वास विर्तामाेड स्थित हाेटल ताप्लेजुङ्ग र कञ्चनजङ्गा मा एकदमै आरामदायिरुपमा भएकाे थियाे । 
भ्रमणकाे तेस्राे दिन टाेली झापाकाे चारआली हुँदै इलामकाे कन्याममा विहानकाे ९ बजे पुग्याे र चियावारीकाे भरपुर दृष्यपान गरी फेरी पूर्वी वाेर्डर काँकडभिट्टा तर्फ लाग्याे । मेची पुलमा पुग्दा एसियन हाइवे अन्तरगतकाे काम भइरहेकाे रहेछ । मेची पुलकाे अवलाेकन पश्चात टाेली करिव २ बजे तिर विर्तामाेडमा आएर खाना खाइ पश्चिम तर्फ माेडिएकाे थियाे । तराइकाे समथर फाँट र शहरहरुकाे दृष्यावलाेकन गर्दै उक्त दिन सुनसरीकाे इटहरीका २ वटा हाेटलमा बस्याे । भ्रमणकाे चाैथाे दिन विहान इटहरीबाट धरान राेड हुँदै भ्रमण टाेली धनकुटाकाे भेडेटार तर्फ लाग्याे । अग्लाे ठाउँमा अवस्थित सुन्दर भ्यू पाेइन्ट भेडेटारबाट समथर तराइ सुन्दर नगरी धरान र सुन्दर पहाडी दृष्य अविस्मरणिय रह्ये । भेडेटारमा विहानकाे खाना खाएर टाेली सुन्दर नगरी धरान तर्फ माेडियाे ।
 धरान स्थित बुढासुब्वाकाे अवलाेकन गरी दन्तकालीकाे दर्शन गरी करिव दिनकाे ३ बजे भ्रमण टाेली सुनसरीकाे चतरा तर्फ लाग्याे । चतरा स्थित कुम्भमेला लाग्ने ठाउँकाे दृष्यावलाेकन गर्दै टाेली वराहक्षेत्र स्थित काेशीकाे पुलमा पुगेकाे थियाे । काेशी पुलमुनी स्टिमरहरुकाे दृष्यावलाेकन पश्चात टाेली पुल तरेर उदयपुर जिल्ला तर्फ माडिएकाे थियाे । उदयपुर जिल्लाका गाउँहरुकाे अवलाेकन गर्दै त्रियुगा नदी तरेर सप्तरीकाे कञ्चनपुर पुगेर साँझ टाेलीले खाजा नास्ता गरेकाे थियाे । सप्तरीकाे वरमझिया र कञ्चनपुर पेडाका लागि प्रशिद्ध रहेछ । पेडा किनेर टाेली रात्रिकालिन यात्रामा निस्किएकाे थियाे ।
एउटा सवै लेडिज २ जेन्स शिक्षक सहित  र अर्का गाडीमा सवै जेन्ट  २ जेन्ट्स शिक्षक सहित  बाेकेकाे गाडी पश्चिम तर्फ लाग्दै गर्दा वेलुकीकाे खाना राैतहटकाे चन्द्रनिगाहपुरमा खाएर करिव विहान ४ बजे भानु नगरपालिका स्थित नारेश्वरटार आइपुगेकाे थियाे ।
साढे ५ बजे सवै विद्यार्थीहरुलाई उनीहरुकाे घरतर्फ जाने व्यवस्था मिलाए सँगै भ्रमणकाे समापन भएकाे थियाे ।
फाेटाे ग्यालरी

मकवानपुरकाे मनहरिमा खाना खाँदै

Nawaraj Pandit sir with students

Manahar taking meal first day

Janaki Temple Janakpur

Janaki Mandir

Glimpses of Janaki with students

Janaki Temple Janakpur

On the way somewhere in Mahendra Highway

Students having twins like dresses


Kanyam Ilam in tea state

Tea state Ilam

With students Kanyam

Students with local custom

students with local dresses

Koshi Bridge Sunsari

Bhedetar Dhankuta


Teachers
Kanyam

Kanyam

Teachers at Kanyam

Teachers at Kanyam



Kanyam

Teachers climbing up at Kanyam

Students at Kanyam

Beautiful pine trees at Kanyam

Kanyam

Kanyam

Kanyam

Kanyam

Kanyam

Kanyam

Kanyam

Team at Kanyam


Students at Kanyam


Girls at Kanyam



Kanyam with teacher

Kanyam

Teachers

Kanyam




Beautiful scenery of Tea states

Asian Highway bridge over Mechi River in Under construction

Mechi Bridge eastern border of Nepal

Boys at Jhapa

Mechi Bridge

Koshi Barrage Sunsari



Cart at Koshi Bridge

Koshi

Koshi



Ilam

Janakpur

Janakpur













Janaki Janakpur







Janaki Janakpur





















































Budha Subba Dharan



Budha Subba Dharan



Budha Subba Dharan


Dantakali Dharan





























































Thank You.

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget