Finding ways of solution for teaching learning issues.

सामुदायिक विद्यालयकाे वर्तमान अवस्था

शिक्षा समुन्नतीकाे आधार हाे भने शिक्षा प्रणालीलाइ चुस्त र दुरुस्त बनाइ कार्यान्वयन गर्नु जरुरी छ । शैक्षिक कार्यक्रमलाइ उदेश्य मुखि बनाइ गुणस्तरीय शिक्षाकाे प्रत्याभूती विना देशकाे विकास सम्भव नहाेला । तथापि वर्तमान सामुदायिक विद्यालयकाे अवस्था दयनिय भएकाे जग जाहेर छ । यसकाे पुष्टि विद्यालय तहकाे सिकाइ उपलब्धीले गर्दै आइरहेकाे छ । कक्षा १० काे अन्त्यमा सञ्चालन हुँदै आएकाे एस इ इ परीक्षा लाइ मात्र आधार मानेर उपलब्धीकाे लेखाजाेखा गर्ने गरेकाे पाइन्छ । तर यसकाे जगकाे बारेमा कसैकाे आँखा गएकाे पाइदैन । जग बलियाे भए घर बलियाे हुन्छ भने झै  विद्यालयकाे जग बलियाे हुनु जरुरी छ । जसका लागि तल्लाे तहका कक्षाहरुमा बढी निगरानी पुर्याउनु जरुरी छ ।
वर्तमान विद्यालयमा शिक्षाकाे माध्यमका कारणले विद्यार्थीहरु अन्याेलमा परेकाे अवस्था छ । सस्थागत विद्यालयमा अङ्ग्रेेजी माध्यमकाे सफलताकाे प्रभावका कारण धेरै जसाे सरकारी सामुदायिक विद्यालयले विना कुनै पुर्वाधार यसकाे  सिकाे गरेका कारण विद्यार्थीहरु न नेपाली न अङ्ग्रेेजीकाे अवस्थामा पुगेकाे तीताे यथार्थ हामी सामु छ ।
विद्यालयकाे व्यवस्थापनका लागि विद्यालय व्यवस्थापन समितिकाे भूमिका महत्वपूर्ण हुन्छ तर धेरै जसाे विद्यालय व्यवस्थापन समितिकाे भूमिका राजनैतिक शक्ति सञ्चय गर्ने र विद्यालयबाट फाइदा उठाउने मात्र हुने गरेकाे देखिन्छ भलै एका दुइ बाहेकमा शैक्षिक उन्नयनका लागि कुनै विचार विमर्श हुदैन । शैक्षिक व्यवस्थापन अन्तरगतकाे कक्षाकाेठा व्यवस्थापनकाे कार्यकाे जिम्मा पाएकाे शिक्षक अभिभावक सँघकाे गठन भए पनि यसकाे विरलै उपस्थिती हुने गरेकाे पाइएकाे छ । प्नाय नियमित वैठक समेत बस्न नसक्ने याे सँस्थाबाट समग्र विद्यालयकाे व्यवस्थापनकाे निगरानी प्राय असम्भव बनाइएकाे  छ ।
हरेक अभिभावक आफ्ना नानीबाबुहरुकाे पढाइका लागि सचेत हुन्छन् र हुनुपर्छ । विद्यालयका हरेक गतिविधिमा उनीहरुकाे प्रतक्ष सराेकार हुन्छ र हुनुपर्छ । तर सामुदायिक विद्यालयमा उनीहरुकाे उपस्थिती ज्यादै नै न्यून हुने गरेकाे तीताे यथार्थ हामी सामु छ । सँस्थागत विद्यालयका हरेक कार्यक्रममा अभिभावकाे उल्लेख्य उपस्थिती हुने गरेकाे भए पनि सरकारी विद्यालयमा याे अवस्था छैन ।
शिक्षण पेसा कला हाे । कलालाइ साधनाकाे आवश्यकता पर्दछ । साधनाका लागि सम्वन्धित कार्यप्रतिकाे लगाव चाहिन्छ जसका लागि शिक्षक प्राेफेसनल हुन जरुरी छ । शिक्षणप्रतिकाे चिन्तनले शिक्षकलाइ सक्षम बनउँदछ । तर अधिकाम्श शिक्षण परम्परागत रुपमा हुने गरेकाे पाइन्छ । शिक्षणमा नयाँ चिन्तन र खाेज गरी आधुनिक प्रविधिकाे प्रयाेगले सिकाइलाइ सहज र उदेश्याेन्मुख बनाउन सकिन्छ यसका लागि अत्यावश्यक पर्ने शिक्षकका सक्षमताहरुकाे सुनिस्चतता अपरिहार्य छ ।
सिकाइका लागि विद्यालयकाे सिकाइ वातावरणले मुख्य भूमिका निर्वाह गर्दछ । बालमैत्री र दण्डरहित सिकाइ वातावरणकाे निर्माणगरी शिक्षणकार्य सञ्चालन गर्न सके सिकाइलाइ प्रभावकारी बनाउन पक्कै पनि मद्धत पुग्दछ जसका लागि लगनशील शिक्षक जागरुक विद्यार्थी कुशल प्रशासक सचेत अभिभावक र चिन्तनशील व्यवस्थापक अपरिहार्य छ ।
विद्यालयप्रति सकारात्मक भावनाकाे विकासगरी कक्षाकाेठा व्यवस्थापनमा जाेड नदिने हाे भने अवस्था झनै विकराल बन्ने निश्चित छ । त्यसैले आउँनाेस् तपाइ हामी आ आफ्नाे ठाउँबाट विद्यालयिय विकासमा जुटाै ।



Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget