हिन्दुहरुकाे महान चाड बडा दशैं नेपालकाे परिवेशमा हिन्दुहरुका मात्र नभई सम्पूर्ण नेपालीजनकाे महान पर्व हाे भन्नु अनुपयुक्त नहाेला किनकि बडा दशैंले सम्पूर्ण नेपालीलाई एकताकाे सूत्रमा बाँध्ने कार्य गर्दै आएकाे छ ।
जीवनयापनकाे दाैरान विभिन्न पेसा अवलम्बन गरी देश विदेशका विभिन्न ठाउँमा बसाेवास गर्ने आम नेपाली दाजुभाई तथा दिदी बहिनीहरुलाई परिवारजनकाे विचमा सकभर भाैतिक रुपमा उपस्थित भएर नभए पनि फाेन भिडियाेकल आदिकाे माध्यमबाट सामिप्यता महशुस गराउने अवसर हाे दशैं ।
दुई हात मुख जाेर्न सङ्गर्षशील हातहरुकाे लागि सम्पूर्ण पीडा र दुख विर्सिएर एकक्षणका लागि भए पनि हाँसी खुसी सुखकाे अनुभूति गर्ने माध्यम हाे दशैं ।
जीवनस्तर जे जस्ताे भए पनि आ आफ्नाे गच्छे अनुसार परिवारजनमा अपनत्वकाे भावना विकासगरी पारिवारीक सम्वन्धलाई मजबुद बनाउने कसी हाे दशैं ।
असत्य माथि सत्यकाे विजयकाे सम्झना स्वरुप प्रत्येक वर्ष निधारमा राताे टिका र जमरा ग्रहण गरी जीवनका हरेक अफ्ट्यारा र असजिलालाई सहजतापूर्वक समाधान गर्दै सम्वृद्ध र सुखी जीवनकालागि ठुलाबडाकाे तर्फबाट आशिर्वाद प्राप्त गर्ने क्षण हाे दशैं ।
चाडपर्वहरु धेरै जसाे धार्मिक आस्थाकै आधारमा मनाइने गरिन्छ । दशैं एउटा धार्मिक पर्व हाे । कुनै खास धर्मावलम्वीहरुकाे मात्र हाे भनेर चर्चा परिचर्चा हुनु स्वभाविकै हाेला । तर दशैंकाे कुरा गर्दा नेपालकाे परिप्रेक्षमा भिन्नै किसिमकाे यथार्थ हामी सामु छ । विगत देखि नै नेपाली समाजमा दशैंलाई एउटा गरीमामय अवसरकाे रुपमा लिइ सम्पूर्ण नेपालीजनले गाैरवपूर्ण ढंगबाट मनाउने गरेकाे पाइन्छ । हिन्दु या गैह्र हिन्दु सबैले दशैंलाई एउटा राष्ट्रिय पर्वका रुपमा ग्रहणगरी मनाउँदै आएकाे पाइन्छ । जतिवेला दशैंले सम्पूर्ण नेपालीजनलाई समेट्न सकेकाे थियाे त्यतिवेला नेपाल हिन्दु अधिराज्यका रुपमा विश्वमा परिचित थियाे । हिन्दु राज्यकाे नाम दिइए पनि धार्मिक स्वतन्त्रता थियाे । अन्य धर्मावलम्वी र हिन्दुका विच कुनै किसिमकाे भेदभाव थिएन ।
अहिले देश धर्मनिरपेक्ष बनेकाे छ । तर पनि यहाँ धार्मिक स्वतन्त्रताका नभएकाे हाे कि भन्ने अनुभूति आम नेपालीजनमा पर्न थालेकाे अनुभूति हुँदै छ । फलस्वरुप नेपाली समाज अहिष्णु बन्दै गइरहेकाे छ । यसरी धार्मिक रुपमा समाज विभाजित हुने अवस्था आए राष्ट्रिय एकतामा नै असर पुग्ने छ ।
विभिन्न धर्मावलम्वीहरुकाे मिश्रित बसाेवास भएकाे हाम्राे जस्ताे समाजमा धार्मिक सहिष्णुता पहिलाे सर्त हाे । एक अर्काका चाडपर्व र मूल्य मान्यताकाे आदर गर्नु र तिनीहरुकाे संरक्षण र सम्बर्धन गर्नु तपाईं हामी सबैकाे कर्तव्य हाे । तसर्थ हरेक चाडपर्वलाई धर्मकाे आँखाले मात्र हेरेर तदानुरुपकाे व्यवहार मात्र गर्ने हाे भने समाज विभाजित हुन पुग्दछ र विभाजित समाजबाट सामाजिक सद्भभाव र एकताकाे कल्पना गर्न असम्भव हुन्छ ।
नेपालीजनले आ आफ्नाे धर्म र संस्कृति अनुसार मनाउने गरेका हरेक चाडपर्वहरुकाे गरीमा उत्तिकै छ । प्रत्येक चाडपर्वलाई कुनै खास धर्म भन्दा माथि उठाइ सामाजिक उत्सवका रुपमा लिने हाे भने पक्कै पनि यसले समाजमा आदर सद्भभाव र एकताकाे भावनाकाे विकास गर्दछ । जब सामाजिक एकता हुन्छ यसले राष्ट्रिय एकताकाे प्रतिविम्वन गर्दछ ।
धर्म प्राय जन्ममा आधारित हुन्छ । हुनत धर्ममा कुनै आदर्श नहुने भन्ने हाेइन । धर्म अपरिवर्तनशील छ भन्न खाेजेकाे पनि हाेइन । कुनै पनि स्थापित ज्ञानले परिवर्तित अवस्थालाइ समेट्न सकेन भने त्याे ज्ञान प्रतिकाे मानिसकाे विश्वास घट्न जान्छ र मानिस परिवर्तनकाे सङ्घारमा पुग्दछ । धर्म परिवर्तनका घटनाहरु पनि नेपाली समाजमा बाक्लै देख्न सकिन्छ । साश्वत सत्य कुनै अर्काे धार्मिक आदर्शबाट सम्भव देखेर धर्म परिवर्तन भएकाे हाेला । धर्म परिवर्तन नितान्त व्यक्तिगत कार्य भएकाले यसमा कसैले अवराेध गर्नु हुँदैन हाेला । तर धर्मकाे सारकाे अध्ययन नै नगरी अर्काे आदर्शका पछाडी दगुर्नु पनि उपयुक्त नहाेला ।
जुनसुकै धर्म अवलम्वन गरे पनि धार्मिक आदर्शलाई अहिलेकाे उत्तर आधुनिक युगमा समय सापेक्ष गराइ व्यवहारिक रुपमा प्रयाेग गर्नु उपयुक्त हुन्छ हाेला । विश्वका जति पनि धर्म छन् तिनीहरुकाे सार एउटै हाे । बाटाे अलग अलग भए पनि गन्तव्य एउटै छ । सबै धर्मले सत्कर्म र सत्बुद्दि कै वकालत गर्दछन् । तसर्थ धार्मिक स्वन्तत्रता सहित प्रत्येक धार्मिक कार्यमा सहिष्णु वनी समाजिक एकता लाइ मजबुत बनाउने कार्य तर्फ अबकाे नयाँ पिँडीले पाइला चाल्नु पर्दछ ।
गाेविन्द भट्टराई
शिक्षक
हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु २ तनहुँ
Post a Comment