Finding ways of solution for teaching learning issues.

भानुमा चितुवाकाे आक्रमणबाट बालककाे मृत्यु

भानुमा चितुवाकाे आक्रमणबाट बालककाे मृत्यु
तनहुँकाे भानु नगरपालिका वडा नं १ मा दशैंकाे मुख्य  विजयादशमीका दिन साँझ चितुवाकाे आक्रमणले ४ वर्षे वालककाे मृत्यु भएकाे खवरले स्तव्ध बनाउनु मात्र हैन समस्त भानु वासीलाइ थप आतङ्कित बनाएकाे छ । आफ्नै आँगनमाबाट खुशी हरण भएकाे पीडा व्यक्त कसरी व्यक्त गर्न सकिन्छ र त्याे पनि विजयादशमीका दिन । मृतात्माकाे वैकुण्ठ वास तथा शाेकाकुल परिवारजनप्रति गहिराे समवेदना प्रकट गर्न चाहन्छु । 

भानुमा चितुवाकाे आक्रमण काे घटना भएकाे याे पहिलाे भने हाेइन । विगत एक वर्षमा याे घटनामा सहित ५ जनाकाे ज्यान गइसकेकाे छ भने केहि घाइते भएका छन् । आखिर किन भानुमा यस्ता किसिमका घटनाहरु बारम्बार घटिरहन्छन् ?  जङ्गल त सवै तिर छ चितुवा पनि हाेलान् । याे एक गम्भीर प्रश्न खडा भएकाे छ भानुवासीका सामु । हुनत चितुवाकाे आक्रमणबाट बच्नका लागि चितुवा नियन्त्रणका प्रयास नभएका हाेइनन् । विगतकाे घटनामा एक बालक आफ्नै घरमा मारिए पछि सुरक्षा निकाय स्थानीय सरकार सँघ संस्था तथा स्थानीयवासीहरुबाट चितुवाकाे खाेजी गरीए पनि नियन्त्रण प्रयास पटक पटक असफल भइरहेकाे थियाे । जिल्ला वन डिभिजन कार्यालयमार्फत शिकारीहरुकाे टाेली परिचालन गरी चितुवाकाे खाेजी कार्य करीब १५ दिन सम्म गर्दा पनि चितुवा नियन्त्रण गर्न सकिएकाे थिएन । दशैंकाे मुखैमा स्थानीयले बनाएकाे खाेरमा एक चितुवा परेकाे र त्यसलाइ वाहिर पठाइसकिए पश्चात स्थानीयवासिन्दामा केहि राहत महशुस भएकाे थियाे । तर दशैं मनाइरहँदा पुन एक पटक ज्यानै लिनेगरी अर्काे घटना घट्दा समुदाय त्रासदीपूर्ण वातावरणमा जीउन वाध्य भएकाे छ ।

भानुकाे जङ्गलमा आखिर कति चितुवा छन् ? यसकाे आक्रमणबाट कसरी बच्न सकिन्छ ?  यसकाे गहन छलफलहुनु जरुरी छ । 

भानु नगरपालिकाकाे वडा नं १ , २ , ३ , ४ र ५ मा धेरै नै जङ्गगलकाे भूभाग छ जुन एक आपसमा जाेडिएकाे छ। जङ्गल त्यति धेरै ठूलाे र घना नभए पनि क्षेत्रफल धेरै भएकाे हुँदा यहाँ धेरै नै संख्यामा चितुवाहरु रहेकाे अनुमान गर्न सकिन्छ । जङ्गगलमा साना जनावरहरुकाे संख्या जनसंख्या वृद्दि तथा चाेरी सिकारीका कारण घट्दाे छ । यसबाट चितुवाले आहाराकाे अभावमा मानववस्तीमा आक्रमण गरेकाे हुन सक्ने अनुमान गर्न सकिन्छ। बेलाबेलामा घरपालुवा जनावर पनि आक्रमणकाे सिकार बनेका घटनाले यसलाइ इङ्गित गर्दछ । यदि यहि नै कारण हाे भने सराेकारवालाले जङ्गली जनावरकाे संरक्षणका लागि नियमन गरी जङ्गलमा साना साना जङ्गली जनावरकाे वृद्दिका लागि कार्य गर्नु आवश्यक हुन आउँछ ।

हालसम्म घटेका आक्रमणका घटनाहरु कि त झिसमिसै  विहान कि त साँझकाे वेला घटेका छन् । दिउँसाे प्राय घटना घटेका छैनन् । त्यसैले साँझ र रातीकाे समयमा विशेष सावधानी अपनाउनु जरुरी देखिन्छ । आफ्ना नानीबाबुहरुलाइ सँगै राख्ने एक्लै घरवाहिर जान नदिने जङ्गलमा जाँदा एक्लै नजाने सम्भावित खतराकाे वारेमा जानकारी लिने दिने कार्यले यस्ता घटनालाइ न्यूनीकरण केहि हदसम्म सहयाेग गर्न सक्छ । 

याे तपाइ हाम्राे साझा समस्या हाे ।  यसकाे समाधान तपाइ हामी मिलर गर्नु पर्दछ । स्थानीय सँघ संस्था विद्यालय र समुदायले यसमा अग्रणी भूमिका निर्वाह गर्नु पर्दछ । सावधानी नै सम्भावित खतरा बाट बच्ने उपाय हाे । 
स्थानीय सरकारले वन्यजन्तु तथा जङ्गल संरक्षणका लागि नीति निर्माणगरी जङ्गल तथा वन्यजन्तुकाे संरक्षण गर्दै मानव जीवनकाे रक्षाका लागि अविलम्व कदम चालिनु पर्दछ । सरकारकाे कार्यमा सहयाेग गर्नु नागरिक दायित्व हाे । त्यसैले हामी सवै समस्याकाे समाधानका लागि एकसाथ जुटाैं ।
गाेविन्द भट्टराइ
शिक्षक
हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु २ तनहुँ ।


Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget