Finding ways of solution for teaching learning issues.

बाघ आक्रमणले निम्त्याएकाे संकट

उज्यालाे भइ सकेकाे थियाे तर पनि ओछ्यानमा पल्टिरहेकाे थिएँ कारण दशैं मनाएर काठमाण्डाै बाट माेटरसाइकलमा करीव १७६ कि‍ मि यात्रा गरेपश्चात अघिल्लाे दिन राती अवेर आफ्नाे काेठामा आइपुगेकाे थिएँ । धेरै थाकेकाे थिएँ अनि आँखा चिम्लिएर साेच्दै थिएँ अझ एक छिन आराम गर्छु । त्यतीकैमा हाेहल्लाकाे आवाजले मेराे तन्द्रा खुल्याे । हतार हतार बाहिर निस्के पछि थाहा लाग्याे कि आँगन मै चितुवा आएछ र त्यसलाई छिमेकीहरुले लखेटेछन् । याे त अति नै भयाे  एका विहानै घरैमा बाघ । साेधें त्यहाँ उपस्थित एक जनालाई हैन याे बाघले के गर्न लाग्याे भनेर । उनी बताउँदै थिए सर हिजाे वेलुकी साँझमा पनि यही एरीयामा बाघ आएकाे थियाे भनेर । 
हतार हतार श्रीमती लाई सम्झाएँ नानीहरुलाई बाहिर जान नदिनु भनेर अनि आफू लागें विद्यालय तर्फ । हाम्रै विद्यालय हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालयमा कक्षा नर्सरीमा अध्ययनरत एक बालककाे चितुवाकाे आक्रमणबाट मृत्यु भएकाे थियाे केहि दिन अगाडी मात्र । यहि कारणले गर्दा मैले आफ्ना नानीहरुलाई पनि विद्यालय पठाएकाे थिइन । जब शिक्षक साथीहरुसँग बाघ आएकाे घटना सुनाएँ वहाँहरुले पनि बारम्वार आ आफ्नै इलाकामा बाघ देखिएकाे घटना सुनाउनुभयाे । यसबाट म चकित भएँ । बाघ हाम्राे इलाकामा मात्र हैन सबैतिर देखिएकाे रहेछ । यसले थप सन्त्रास जन्मायाे । दिनभरीकाे आफ्नाे काम सकाएर घर फर्के । परिवारमा सचेत रहन सुझाएँ । खाजा खाएर आफ्नाे काम गर्न लागें । श्रीमती सव्जी खरीद गर्न माथितिर बजार गइछन् । म नानीहरुलाई हेरेर बसि रहेकाे थिएँ । यत्तिकैमा श्रीमती दाैडदै घर आइन् र हत्तपत्त चेनगेट लगाइन् । मैले साेधें के भयाे भनेर अनि उनले जवाफ दिइन् बाटाेमा फेरी बाघ भेटियाे । ्

हजुर याे एउटा प्रतिनिधी घटना मात्रै हाे भानु नगरपालिकामा । दशैंकाे टिकाकाे दिन ४ वर्षिय बालकाे ज्यान लिइसके पछि विषेश गरी विहान र वेलुकीकाे समयमा विभिन्न ठाउँका मानव वस्ती नजिक चितुवा देखा पर्न थालेकाे छ । जङ्गलमा कति ओटा बाघ छन् के सबै ठाउँमा देखा परेका बाघ एउटै हाे या धेरै नै बाघ छन् भन्ने विषय पेचिलाे बन्दै गइरहेकाे छ । स्थानिय सरकार बाट जसरी पनि बाघलाई नियन्त्रण गर्ने उर्दी भए बमाेजिम सुरक्षाकर्मी तथा स्थानिय सिकारीहरु बाघकाे खाेजीका लागि लागिपरेकाे खवर आइरहेकाे छ तथापी बाघलाइ अहिले सम्म नियन्त्रणमा लिन सकिएकाे छैन । गाउँ गाउँ टाेल टाेलमा झाडीहरु फँडनीकाे कार्य भइरहेकाे छ । सरकारी निकायबाट सचेतनाका लागि सञ्चारकाे प्रयाेग गरेर उच्च सतर्कता अपनाइएकाे छ । रेडियाे तथा टेलिभिजनबाट सुरक्षा सम्बन्धी सूचना प्रवाह गरिएकाे अवस्था छ । यस्ताे अवस्थामा सावधानी अपनाउनु पर्दछ ।

आखिर जङ्गलमा बस्ने बाघ किन मानव वस्तीमा प्रवेस गर्दछ ? के सवै बाघ नरभक्छि नै हुन्छन्  ? बाघकाे आक्रमणबाट कसरी बच्न सकिन्छ ? यसका उपायहरु के के हुन सक्छन् ? यसकाे अल्पकालिन र दीर्घकालिन समाधान के हुन सक्दछन् ? यस विषयमा मनन गर्न आवश्यक देखिन्छ ।

सबैतिर बाघ आक्रमणका सन्त्रास व्याप्त छ । विषेशगरी साना बालबालिकाहरु यसका सिकार भएका छन् । यस त्रासदीपूर्ण वातावरणमा सवैभन्दा असर बालबालिकालाइ नै पर्ने कुरामा हामी सचेत हुनु पर्दछ । बालबालिकामा पर्न सक्ने मनाेवैज्ञानिक असर कम गर्नु पहिलाे कार्य हाे । त्यसैले आफ्ना नानीबाबुहरुलाई यथेष्ठ जानकारी गराइ सुरक्षाका बारेमा सचेत गराउनु पर्दछ । उनीहरुलाइ साँझ विहान घरबाट बाहिर निस्कन दिनु हुँदैन । अन्य समयमा पनि उनीहरुलाई अभिभावकले साथै लिएर जानु पर्दछ । विद्यालयहरुले पनि आफ्नाे विद्यालय क्षेत्रलाई सुरक्षित बनाउनु पर्दछ । विद्यालयकाे समयमा आफ्नाे विद्यालयकाे कम्पाउण्ड राम्राे सँग बन्द गर्ने र बालबालिकाहरुलाई बाहिर जान नदिने वातावरण निर्माण गर्नु आवश्यक छ । 

आफ्नाे घरआँगन वरीपरी झाडीहरु भए त्यसलाई हटाउने कार्य गर्नु पर्दछ । बाघलाई नियन्त्रण गर्नका लागि सवैले आ आफ्नाे ठाउँबाट सकेकाे सहयाेग गर्नु पर्दछ । जङ्गलहरुका गाैंंडा गाैंडमा खाेर हरु निर्माण भएका छन् । स्थानीय सिकारीहरुकाे प्रयाेग बाट पक्कै पनि बाघ नियन्त्रण हुनेनै छ । यसमा सवैजनाले आशावादी भइ उच्चमनाेवलका साथ उक्त कार्यमा सहयाेग गर्नु अपरिहार्य भएकाे छ ।

अहिलेकाे याे समस्याकाे अल्पकालिन समाधान बाघकाे नियन्त्रण नै हाे । बाघले सायद जङ्गलमा आहारा नपाएर गाउँमा आहाराकाे खाजी गरेकाे हुन सक्दछ । घरपालुवा जनावरकाे लक्ष बनाएर आएकाे बाघले मानवलाई आक्रमण गरेकाे हुन पनि सक्दछ । तसर्थ यसकाे दीर्घकालिन समाधानका लागि हरिण लगायतका साना जङ्गली जनावरहरु स्थानिय जङ्गलमा ल्याएर छाेड्दा जङ्गलकाे बाघलाई जङ्गलमै राख्न सकिने थियाे कि । 

गाेविन्द भट्टराई
शिक्षक 
हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय
भानु २ नारेश्वरटार तनहुँ



Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget