लज्जाले मानिसलाई सभ्य बनेर समायाेजित हुनका लागि सधैं सजग गराउँदछ । याे यस्ताे अन्तरनिहित तत्व हाे जसले हरसमय असल मानविय प्रवृत्तिकाे विकासका लागि हर मानवलाई सचेत गराई सुमार्गमा लाग्नका लागि प्रेरित गर्दछ । यसले सामाजिक न्याय समता समभाव सद्भाव र सदाचारप्रति सदैव सचेत गराउँदै व्यक्तिलाई नैतिक र कर्तव्यनिष्ठ बनाउँदछ ।
सामाजिक मूल्य मान्यता धर्म संस्कृति रितिरिवाज र आदर्शका माध्यमबाट परापूर्वकाल देखि नै जीवनयापनकाे न्यूनतम आधार तयार भइ आध्यात्मिक चिन्तन अनुरुप आचरण हुँदै आएकाेमा आज मानव उत्तर आधुनिककालमा आइपुग्दा धेरै नै भाैतिकवादी भएकाे छ जसले गर्दा मानविय आचरण विग्रँदाे छ । याे एक लज्जाकाे विषय हाे ।
विना लज्जा व्यक्ति निर्लज्ज बन्दछ । अनि निर्लज्जलाई जस्ताे सुकै कार्य गर्नका लागि कुनै शंकाेच हुँदैन । निर्लज्जता यति घातक हुन्छ कि यसले मानवता सामाजिक न्याय र कर्तव्यपरायणतालाई पाताल भसाउँदछ ।
नेपाली समाज यहि निर्लज्जताकाे शिकार बन्दै छ ।
आफ्ना भन्ट्याङ्ग भुन्टुङ्गकाे आवश्कतालाई बेवस्था गरी भट्टीमा गई साेमरस पान गरी अर्धचेत अवश्थामा घर आई श्रीमती माथि पुरुषार्थ देखाउने परिवारकाे बडाहाकिम कति निर्लज्ज । परायाकाे मूलुकमा दिनरात रगत पसिना बगाई टुमटुम गरेर पठाएकाे नगदलाई आफ्ना साथी संगी सँग ह्विस्कीकाे चुस्कीसँगै स्वाहा पारी बचेखुचेकाे धनसम्पत्तिकाे कुम्लाे कसी लालाबालालाई अलपत्र पारी परपुरुषसँग कुलेलम ठाेक्ने श्रीमती कति निर्लज्ज ।
घरमा सतिसावित्री जस्ती श्रीमतिकाे अपार माया ममता र स्नेह पाउँदा पाउँदै परस्त्री माथि आँखा लगाउँदै हिड्ने महापुरुष कति निर्लज्ज ।
फुटपातमा बसेकाे असक्त जसले दिनभरी घाम र पानी खपेर दुई पैशा आम्दानी गरी छाक गर्दछ सँग घटिघटाउ गरी सामान खरिद गर्न मनपराउने भलाद्मी । बाटाेमा अफ्ट्याराेमा परेकी बुढी आमालाई लिफ्ट दिएर सहयाेग गर्न नसक्ने सवारी धनी युवतीकाे केसमा आँफै गाडी राेकेर साेधखाेज गर्द्छन् निर्लज्ज ।
सानाे सुरुवाल (कमिज) लगाएकाे यात्रुलाई लाग्ने भन्दा बढी भाडा असुल्ने र ठूलाे सुरुवाल (पाइन्ट) लगाएका सँग भाडा माग्ने हिम्मत नै नगर्ने सहचालक कति निर्लज्ज ।
सेवाग्रहिबाट हरकाममा अनाधिकृत सेवाशुल्ककाे अपेक्षागरी काममा ढिलासुस्ती गर्ने सरकारी कर्मचारी कति निर्लज्ज । गुणस्तरहिन सामानलाई राम्राे हाे भनी बेचेर नाफा आर्जन गर्ने व्यापारी कति निर्लज्ज ।
फार्मेसीवालालाई खुशि पार्न विरामीकाे स्वस्थ्यमा खेलवाड गरी आवश्यकता भन्दा बढी ओैसधी सिफारिस गर्ने डाक्टर कति निर्लज्ज ।
एक लिटर दुध बेच्दा आधा पानी थप्ने र एक मानाे घिउ बेच्दा मिसावट गर्ने किसान कति निर्लज्ज । पर्यटकहरुबाट अलिकति भए पनि धेरै मूल्य असुल्नु पर्छ भन्ने साेच लिएकाहरुबाट पर्यटनकाे प्रवर्धन कति निर्लज्ज ।
सरकारी काम कहिले जाला घाम भन्ने आदर्शबाट देश विकास र सम्वृद्धि । पढे पढ नपढे नपढहरुबाट शैक्षिक उन्नयन । फाइदा र काइदाका लागि निर्माणकाे डिपिआर नै परिवर्तन गर्ने इन्जीनियर कति निर्लज्ज ।
आर्थिक बर्षकाे समाप्तिमा पनि प्रतिवेदन प्रकाशन नगर्ने प्रशासकहरुबाट आर्थिक पारदर्शिता कति निर्लज्ज । पुरै एक आर्थिक बर्षकाे आम्दानी र खर्च एकै पटक अनुमाेदन गर्न उद्दत संरक्षक भनिएका सम्वद्ध निकायहरु कति निर्लज्ज । भ्रष्टचार निरुपण निकायमा नै अनियमितता कति निर्लज्ज ।
अधिकारका अनुयायीहरुबाट नै अधिकारकाे हनन् कति निर्लज्ज । देशकाे नेतृत्व सम्हालेका नेतागणहरुबाट नै अनैतिक व्यवहार कति निर्लज्ज । आफ्नाकाे गन्ध पनि राम्राे र अर्काकाे सुगन्ध पनि नराम्राे हाे भनी कण्ठस्थ बनाई विपक्षी सँग जाइलाग्ने पाटिका कार्यकर्ता कति निर्लज्ज ।
आखिर हामी कता जाँदै छाैं अब प्रश्न गर्ने वेला आएकाे छ । समयमै करेक्सन नगर्ने हाे भने ढिला हुने छ । लज्जा ढाक्नलाई प्रयाेग गर्ने वस्त्र ट्रान्सपरेन्ट हुनु हुँदैन । नत्र वस्त्र सहितकाे निर्वस्त्र भइन्छ ।
गाेविन्द भट्टराई
शिक्षक त्
हाेमराज लाेहनी शारदा शिक्षा सदन माध्यमिक विद्यालय
govin2725@gmail.com
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.