Finding ways of solution for teaching learning issues.

एस.ई.ई २०७६ स्थगित परीक्षार्थीलाई घरमै बसेर अध्ययन गर्न आग्रह


सरकारले आज काेराेना भइरसकाे जाेखिम न्यूनीकरणका लागि भाेलीबाट सञ्चालन हुन गइ रहेकाे माध्यमिक शिक्षा परीक्षा स्थगित गरेकाे छ । साथै विश्वविद्यालयका चैत्र महिनामा सञ्चालन हुने सबै परीक्षाहरु समेत हाललाई स्थगित गरेकाे छ । याे निर्णय सँगै भाेलीबाट सञ्चालन हुन गइरहेकाे एस.ई.ई. परीक्षा नहुने भएकाे छ । 
सबै परीक्षा केन्द्रहरुमा परीक्षाकाे पूर्ण तयारी भइसकेकाे अवस्थामा सरकारले अन्तिम समयमा आएर परीक्षा स्थगन गरेकाे हाे । धेरै जसाे विद्यार्थीहरुले आफ्नाे परीक्षा केन्द्रमा गएर सुपरिटेण्डडेण्ट बाट आज प्रवेश पत्र समेत बुझिसकेकाे र केन्द्रहरुले स्थानीय सुरक्षा निकायमा प्रश्नपत्रकाे रुजु गरिसकेकाे अवस्थामा परीक्षा स्थगित हुँदा विद्यार्थी तथा सराेकारवालाहरुमा केहि असर पर्न गए पनि याे निर्णयलाई सकारात्मक रुपमा लिइ आफ्ना नानीबाबुहरुकाे स्वस्थ्य सम्वन्धी विषयमा विशेष ध्यान दिन हुन सम्पूर्ण अभिभावक ज्यूहरुमा हार्दिक अनुराेध छ ।
सम्पूर्ण परीक्षार्थीहरुलाई पनि आफ्नाे स्वस्थ्यकाे ख्याल गर्दै उच्च सतर्कता अपनाई आफ्नाे पढाइलाई घरमै निरन्तरता दिन हुन समेत अनुराेध गरिन्छ ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget