Finding ways of solution for teaching learning issues.

लकडाउन उल्लंघन गरे जरिवाना


चैत १६ गते
भानु नगर प्रमुख उदय राज गौलीज्यूको अध्यक्षता आज  नेपाली सेना,ससस्त्र प्रहरी,नेपाल प्रहरी,स्वास्थ्य संस्था प्रमुख,जनप्रतिनिधी एवं कर्मचारीहरुको संयुक्त बैठकबाट भानु नगरपालिका भित्र कोरोना (कोभिड-१९) संक्रमण विरुद्ध आफ्ना नागरिकहरुको हित,सहजता एवं नेपाल सरकारको निर्णय कार्यान्वयन गरि विश्वव्यापी महामारीबाट मुक्त गराउन तपसिल बमोजिमको निर्णयहरु

• सबै वडाहरुमा सम्भावित क्वारेन्टाइन व्यवस्थापनका लागी स्थान र आवश्यकता पहिचान गरि वडा स्तरीय समन्वय समितिले अविलम्व पठाउने ।

• अति विपन्न श्रमिक वर्ग एवं चुल्हो नबल्ने परिवारलाई वडा समिती,सुरक्षाकर्मीको पहिचान गरि अविलम्व विवरण नगरपालिकामा पठाउने ।

• वेवारिसे परेका भानु न.पा वाहिरका नागरिकहरु समेतको विवरण संकलन गरि उद्दार र खानपानको व्यवस्था गर्ने ।
• खाधान्न संकट हुन नदिन उद्योग वाणिज्य संघ र सुरक्षा निकायको समन्वयमा सहज बनाउने व्यवस्था मिलाउने ।
• लक डाउनलाई व्यवस्थित बनाई सबै भानु वासीलाई होम क्वारेन्टाइनमा अनिवार्य बस्ने वातावरण बनाउने सबै वडा समिति सुरक्षा संयन्त्र परिचालन गरि जुवा,तास,भोज भतेर जस्ता क्रीयाकलाप नियन्त्रण गर्ने । जसका लागि निम्नानुसार दण्ड सजाय गर्ने । होम क्वारेन्टाइनमा वस्नेहरुको प्रभावकारी अनुगमन गर्ने ।
- चौतारीमा बसेर गफ गर्नेलाई  - रु. १०००
-  चिया पसल/रक्सी पसल खोल्नेलाई - रु.२०००
- जुवा/तास खेल्नेलाई - रु.५०००
- जुवा/तास खेलाउनेलाई - रु.१००००
- खाधान्न पसल नखोल्ने र लुकाउनेलाई रु.५०००
- क्यारेमबोर्ड/पोर्ट खेल्ने खेलाउनेलाई - रु.३०००
• नियमित रुपमा वजार अनुगमन गर्ने व्यवस्थापन मिलाउने ।
• माग र आपूर्तिलाई सन्तुलन कायम गर्न कृषिजन्य उत्पादनलाई बजारसम्म पुर्याई विग्रिन नदिन वाणिज्य संघ संगको समन्वयमा सदुपयोग हुने व्यवस्थाको लागि सूचना प्राप्त गर्ने व्यवस्था मिलाउने । यसका लागि वडा समितीले आ-आफ्नो वडामा भएको उत्पादनको विवरण तथा आवश्यकताको विवरण नगरपालिकामा पठाउने ।
• विदेशबाट फर्केका व्यक्तिहरुको वडा समिति,टोल विकास संस्था मार्फत पुन तथ्यांक संकलन गर्ने,खोज पड्ताल गर्ने र नियमित रुपमा निगरानी गर्ने ।
• नगरपालिकाले तत्काल १० वेडको व्यवस्थित क्वारेन्टाइनको व्यवस्थापन गर्ने ।
• सुरक्षा निकायको पेट्रोलइंगलाई थप प्रभावकारी बनाउन ससस्त्र प्रहरी,नेपाल प्रहरी तथा  श्री नं.३ जगदल गणलाई अनुरोध गरी ग्रामीण भेगमा समेत नियमित  पेट्रोलइंग गर्ने ।
• प्रत्येक वडामा १ वटा खाधान्न ढुवानीको साधनलाई खाधान्न आपूर्तिको लागि अनुमतिको व्यवस्था मिलाउने । सबै वडाका वडा समितीहरुले आ-आफ्नो वडा खाधान्नको सहज आपूर्तिको व्यवस्था गर्ने तथा सोका लागि खटिने सवारी अनुमतिका लागि नेपाल प्रहरीको प्रहरी निरीक्षक (९८५६०८०१७२) मा समन्वय गर्ने ।
• सबै वडामा लक्षणको आधारमा स्क्रिनिंग टेस्टलाई गाउँ स्तरसम्म पुर्याई व्यापक परिक्षणको तत्काल व्यवस्था मिलाउने । जसका लागि आवश्यक पर्ने जनशक्तिको रुपमा जनप्रतिनिधि,महिला स्वास्थ्य स्वयंम सेविका तथा स्वास्थ्यकर्मी एवं टोलका अगुवाहरुलाई मोबाईल अभिमुखिकारण गरि परिचालन गर्ने र क्रमश  : स्वास्थ्यकर्मी हुदै चिकित्सक सम्मको पहुँचमा पुर्याउने ।
• भानु न.पा भित्रका संक्रमण सम्बन्धी कार्यमा प्रयोग हुने गाडी तथा एम्बुलेन्स चालकको विमाको व्यवस्था मिलाउने/संकटमा खटिएका लगायतका स्वास्थ्य लगायतका कर्मचारीहरुलाई अतिरिक्त प्रोत्साहन भत्ताका व्यवस्था गर्ने साथै कोरोनाका कारणबाट मृत्यु भएमा निजको परिवारलाई उचित राहत रकम उपलब्ध गराउने ।
• स्वास्थ्यकर्मीका अतिरिक्त भानु नगरपालिकामा खटिने सुरक्षाकर्मीहरुका लागि आवश्यक प्रोटेक्टिभ सामग्रीहरु उपलब्ध गराउने ।
• मदिराको विक्री वितरण तथा सेवन निषेध गरिने । विक्री वितरण गरेको पाइएमा रु.१०००० जरिवाना गरिनेछ
• ७ सदस्सीय बजार अनुगमन समितिगठन ।
वरिष्ठ अधिकृत - १ संयोजक
स्वास्थ्य शाखा प्रमुख - १ सदस्य
तनहुँ उद्योग वाणिज्य संघ बजार इकाई - १ सदस्य
पत्रकार - १ सदस्य
सम्बन्धित वडाको वडा अध्यक्ष - १ सदस्य

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget