Finding ways of solution for teaching learning issues.

भाेलीबाट १८ गते विहान ६ बजे सम्म नेपालभर लकडाउन



नेपाल सरकारले आज मिति २०७६ चेत्र १० गते नेपालमा एक जनामा काेराेना भाइरसकाे सङ्क्रमित एक विरामी भेटिए सँगै भाेली मिति २०७६ चैत्र ११ गते मंगलबार विहान ६ बजे देखि मिति २०७६ चैत्र १८ गते विहान ६ बजे सम्मका लागि मुलुकभर लकडाउनकाे घाेषणा गरेकाे छ । लक डाउन भनेकाे कर्फ्यु जस्तै हाे । कर्फ्युकाे समयमा घर बाहिर निस्कन पाईंदैन र निस्कनु हुँदैन । इमर्जेन्सीमा भन्दा बाहेक सबैजना आफ्नै घरमा बसेर सरकारले जारी गरेकाे आदेशकाे पालना गर्नु पर्दछ । 
काेराेना भाइरसले विश्व आक्रान्त भइरहेका बेला नेपालमा पनि यसकाे संक्रमण देखिसकिएकाे छ । काेराेना शारिरीक सम्पर्क बाट सर्ने भएकाे हुँदा लक डाउन गरिएकाे हाे । हामीले एक आपसमा ३ फिटकाे दूरी कायम राख्नु पर्दछ । सरसफाइमा ध्यान दिइ सचेत भएर नआत्तिकन कतिपनि नडराई आफ्नै घरमा बसेर हामीले काेराेनाकाे जाेखिमलाई न्यून गर्न सक्दछाैं । काेराेना भाइरस आफैं आएर हामीलाई संक्रमण हुने हाेइन । याे हाम्रै कृयाकलापका कारणबाट निम्तिन सक्छ । तसर्थ काेराेना विरुद्धकाे याे हाम्राे लडाईंमा सचेत भएर धैर्यतापूर्वक सावधानी अपनाओै । समय परिवारजनसँग घरमै विता‌ओैं । आफू बचाैं र अरुलाई पनि बचाओैं ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget