Finding ways of solution for teaching learning issues.

अस्ट्रेलियामा सन्दीपको उत्कृष्ट प्रदर्शन, लिए ३ विकेट एउटै खेलमा


काठमाडौं– नेपाली लेगस्पिनर सन्दीप लामिछानले अस्ट्रेलियामा जारी बिग बास लिग क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।
शनिवार भएको खेलमा मेलबन रेनिङगार्डसविरुद्ध सन्दीपले तीन विकेट हात पारेका हुन् । उनले ४ ओभरमा २६ रन खर्चिएर ३ विकेट हात पारे ।

पहिलो र दोस्रो ओभरमा विकेटविहीन हुँदै १९ रन खर्चिएका सन्दीपे तेस्रो र चौथो ओभरमा तीन विकेट लिएका थिए । तेस्रो ओभरमा २ विकेट हात पारेका सन्दीपले आफ्नो स्पेलको अन्तिम तथा चौथो ओभर पनि विकेट विहीन बन्नु परेन ।
चौथो ओभर लिएर सन्दीप १७ औं ओभमा आएका थिए । पहिलोदेखि तेस्रो बलसम्म एक एक रन खर्चिएका सन्दीपले चौथो र पाँचौं बल डट राखे ।
छैटौं बलमा टोम कुपरलाई आउट गर्दै व्यक्तिगत तेस्रो सफलता हात पारे । उनले चौथो ओभरमा तीन रन दिएर १ विकेट लिएका हुन् ।
सन्दीपले ४३ रन बनाएर खेलिरहेका सहुन मार्सलाई क्याच आउट गराए भने ड्यानिएल क्रिस्टियनलाई शून्य रनमै पेभिलियन फर्काए ।
१५औँ आभेरमा तेस्रो ओभर बलिङ गर्न आएका उनले मार्सलाई ओभरको तेस्रो बलमा बाउन्ड्री लाइनमा क्याच आउट गराएका हुन् ।
त्यस्तै चौँथो बलमा १ रन मात्र खर्चिएका उने पाँचौँ बलमा क्रिस्टियनलाई एलबीडब्लू धरापमा पारे। उनले अन्तिम विकट भने उनको व्यक्तिगत अन्तिम ओभरको अन्तिम बलमा टीम कुपरलाई आउट गरेका हुन् । उनले अन्तिम ओभरमा तीन रनमात्र खर्चिएर एक विकेट लिएका हुन् ।

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget