Finding ways of solution for teaching learning issues.

मेक्सिकन वेभ, भाइकिङ क्लाप र नेपालको जित


  


            

२१ मंसिर, काठमाडौं । लामो समयपछि दशरथ रंगशाला दर्शकले भरियो । करिब १५ हजार दर्शकका अगाडि नेपालले माल्दिभ्सविरुद्ध पुनरागमन जित निकाल्यो ।
१३औं  दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत फुटबलको फाइनलमा पुग्न नेपाललाई माल्दिभ्सविरुद्ध जित आवश्यक थियो । तर नेपालले सुरुमै गोल खाएको थियो ।
तर दर्शकको साथ पाएको नेपाली टोली रत्तिभर डगमगाएन र २-१ को जित निकाल्न सफल भयो ।
यसअघि नेपालले भुटान र श्रीलंकाविरुद्ध खेल्दा रंगशालमा दर्शक भरिएको थिएन । दर्शकले भरिएको रंशालामा खेल्ने नेपाली खेलाडीको चाहना शनिवार आएर पूरा भयो ।
दर्शकले मेक्सिकन वेभ, भाइकिङ क्लाप अनि हुटिङमार्फत खेल अवधिभर समर्थन गरिरहे । खेल सकिएपछि खेलाडीहरुले पनि  दर्शकसँग खुसी साटेका छन् ।Onlinekhabar.com

Post a Comment

[blogger]

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget